Saturday, December 19, 2015

Terrorism

२०७२ पौष ४ शनिबार अन्नपूर्ण पोष्टमा पकाशित कविता

आतङ्कवाद

सुवास खनाल

म जान्न चाहन्छु
आतङ्कवादको परिभाषा

जसको छायाँले डराउँछ युग
ऊ देखाउँछ औँला कमजोरहरुतिर फर्काएर र भन्छ– आतङ्कवादी

आफ्नै कर्तूतहरुसँग पिल्सिएर जब पर्दैन निद्रा
सम्झिन्छ –स्वार्थको साझेदारीमा बेमेल अनुहार
र भत्किन्छ एकपटक
भन्छ –‘साला आतङ्कवादी !’

निदाउँदै गएको सहरमा
जब शासक चुम्दै हुन्छ चौथो वा यस्तै नम्बरकी प्रेमिकाको ओठ
त्यसबखत
पड्केको हुनुपर्छ कुनै बम
हुन्छ उसको ब्युँझाइ भयानक
कामातुर आँखामा एकाएक पलाउँछ आगो
र बर्बराउँछ –
जोसँग छ विपरीत अनुहारको रङ
ऊ हो –एक नम्बर आतङ्कवादी

आतङ्कवाद
जो भएको छ रेडिमेड चस्माको व्यापार

कहाँ छ उत्तर ?
आई.एस. किन सुत्दैन रातरातभर ?
लादेन किन व्युँझिन्छ पटकपटक ?
सद्याम किन खोपाइरहन्छ अमेरिका नामको ट्याटु आफ्नो गुप्ताङ्गमा ?

ओबामाको कन्चट छेवैमा किन लागेको छ दाग ?
पुटिन किन कन्याइरहेछ औँलाको काप ?
फ्रान्स मोसो दलेको अनुहार बोकेर किन गइरहन्छ सङ्ग्राहलय ?
मोदी किन उच्च स्वरमा भट्याइरहेछ ऋचा  ?

म बुझ्न चाहन्छु आतङ्कवाद

यो कसरी हो ?
प्रतिशोधमा औलाकोे बदला टाउको माग्ने शान्तिवादी    
र टाउको छिनाली दिन नसकेर विद्रोह गर्ने
आतङ्कवादी

यो समय म बुझ्न सकिरहेको छैन आतङ्कवाद
म जान्न चाहन्छु
आतङ्कवादको परिभाषा ।                                                                                                                      

Thursday, November 26, 2015

Interview with Udaya Adhikari


(साहित्यका सचेत पाठक उदय अधिकारीसँग २०६५ सालमा लिएको अन्तरवार्ता । )

पाठकको स्वास्थ्यको लागि मात्र पनि लेखकमा अध्ययन आवश्यक छ ।
                                                        – उदय अधिकारी


जब लेखनले आफ्नो उद्देश्य अनुरुपको पाठक पाउँछ ,त्यतिबेला मात्र यसले आफ्नो जीवन प्राप्त गर्दछ । लेखन र पठनबीचको दूरी नमिलेकै बेला साहित्यको सबैभन्दा कुरुप र भद्दा आकृति देखा पर्दछ । लेखनको सही मूल्याङ्कन हुन मात्रै पनि सही पाठकको जरुरत पर्दछ । लेखनको गुणवत्ताको तस्वीर असल पाठकको आँखामा निर्माण भइरहेको हुन्छ । अहिलेको समयका लेखक र समीक्षकहरु विविध आग्रह र दुराग्रहदेखि मुक्त हुन सकेका छैनन् । सहि र सबल लेखक पहिचानका निम्ति असल पाठकहरुको सङ्ख्या निर्माण हुनु आवश्यक छ । यति व्यस्त र नाफामुखी विश्वमा असल पाठक मात्रको उपस्थिति साहित्यिक परिवृत्तको निम्ति अहोभाग्य सिद्ध छ । उदय अधिकारी त्यस्तै एउटा सचेत साहित्यिक पाठक हुन् ,जसलाई हामीले भेट्दा उनको हातमा वा झोलामा विश्व साहित्यका कम से कम एक दुई पुस्तक देख्न पाइन्छ । उनी पठनकै चिन्तामा रहेका हुन्छन् । लेखनको निम्ति अध्ययनको दोस्रो विकल्प नभएको उनी बताउँदै रहन्छन् । उनै उदय अधिकारीसँग लेखन र पठनसम्बद्ध विषयमा अक्षरहरु मार्फत वार्ता भयो । यही वार्तालाई मातृभूमिको चितवन विशेषाङ्कमा समेट्ने प्रचेष्टा गरिएको छ ।                                                                                   
                                                                              –सुवास खनाल                            

तपार्इँ एक सरल व्यक्ति हुनुहुन्छ । यो मेरो र सामान्यतया :तपार्इँसँग सङ्गत गर्ने प्रायशः सबैको अनुभव हो । स्वभावैले यस्तो हुनुहुन्थ्यो वा अध्ययन प्रभाव हो ?

तपार्इँहरुको अनुभवलाई मेरो सलाम छ । तपाईँहरुको मप्रतिको सद्भावलाई गर्वको रुपमा लिन्छु र यसलाई म अमूल्य पुँजीको रुपमा जोगाएर राख्ने छु । म सानै छँदा देखि धेरै राजनैतिक र सामाजिक उथलपुथलको साक्षी बनेको छु र मैले व्यक्तिगत यात्राको दौरानमा सरलता पराजित भएको देखेको छैन ।‘तपाईँसँग सामान्यभन्दा सामान्य मानिसले हार्दिकतापूर्वक कुरा गर्न सकोस्’ भन्ने विचारले मलाई सँधै simplicity तिर जान प्रेरित गरिरहन्छ । अब त म चाहेर पनि जटील हुन सक्दिनँ । तपाईँले गजबको प्रश्न उठाउनु भयो । मैले कतै गुलजार साबले भनेको सुनेको थिएँ –यदी उनी भाग्यवश लेखक नभएका भए मुन्सीको काम गरेर खातापाता राखिरहेका हुने थिए ।कति ठूला लेखक अनि कति ठूलो स्विकारोक्ती ?मेरो स्वभावमा अध्ययनले प्रभाव पारेको पनि हुनसक्छ । मेरो आदर्श गान्धी हुन् । ती जनताका मान्छे थिए । एउटा सादा जीवन बाँचेर ती बूढाले भारतबाट अङग्रेजलाई लखेटिदिए । तिनले सबै दबिएका मानिसहरुको भावनालाई बोलिदिए ।उनको The Story My Experiment With Truth सरलताको एउटा महागाथा हो । नेल्सन मन्डेला सरल मान्छेहरुको पक्षमा लडाईँ लड्दा २७ वर्ष Roben Island मा कैद भए ।उनको A Long Walk To Freedom  सरलताकै शक्तिको उद्गार हो ।म अलिक बहकिएँ ।हामी किताबी मान्छेहरुको चाला नै यस्तै हो ।मेरो आÇनै सीमा छ । म चाहेर पनि गान्धी र मन्डेलाको एकछेउ पनि हुन सक्दिनँ र मेरो इच्छा छ –एउटा सानो घेरामा भएपनि सरल मानिसको रुपमा मेरो परिचय बनोस् । तपाईँको प्रश्नले मलाई सही गन्तव्यतर्फ गइरहेको अनुभूति दिलाएको छ ।

सम्भवत : उदय अधिकारी साहित्यसँगको प्रेममा फस्न पुग्यो । के रहेछ र साहित्यमा विशेष जुन अरु क्षेत्रमा नपाइने ?

शायद् मसँग धेरै विकल्पहरु थिएनन् त्यतिबेला । मेरो बुवा सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । मानिसहरु जम्मा हुन्थे र परिवर्तनका ठूलाठूला कुराहरु माथि बहस हुन्थ्यो र म केटाकेटीकै रुपमा भएपनि एउटा श्रोतासम्म भइसकेको थिएँ ।बुवालाई त्यसैबेला दशैँभन्दा केही अगाडि पुलिसले आएर लग्यो । सारा गाउँलेहरु जम्मा भए ।बुवा पनि हात हल्लाउँदै जानु भयो ।दशैँ आयो तर रौनक आउन बिस्र्यो ।बुवाको जेल चलान एउटा विषाद् बनेर मेरो मनमा रहिरह्यो ।मेरो हजुरबुवा पण्डित हुनुहुन्थ्यो ।पाठ पढ्न जानुहुन्थ्यो ।जेठो नाती भएको नाताले म सिदा बोक्न जान्थेँ । बेलुका हजुरबासँगै सुत्दथेँ । म ननिदाउञ्जेलसम्म हजुरबा कथा भन्नुहुन्थ्यो ।वीरबल र अकबरका कथादेखि लिएर याज्ञवल्लभ ,नचिकेता सम्मका कथाहरु मैले त्यसैवखत सुनेको हो ।कतिपय कथाहरु त अधुरै रहे ,मेरो निन्द्राको कारण ।हलो लिएर जोत्न जाऊँ भने घरमा गोरु थिएनन् नत्र वर्खामासमा हिलोमा साहा लगाएर गोरु कुदाउने मेरो एकमात्र प्रष्ट इच्छा पूरा नहुने कुरै हुँदैनथ्यो । आमा रामायण भाका हालेर पढ्नुहुन्थ्यो । उहाँलाई कति धेरै श्लोकहरु कण्ठै थिए । पछि थाहा पाएँ –ती श्लोकहरु गौरीका रहेछन् ।राजनीतिक माहौल ,घरमा हलो नहुनु ,हजुरबुवाका धार्मिक कथाहरु ,आमाको श्लोक र आÇनो पाठ्यपुस्तक प्रतिको लगभग शून्य ज्ञानले जाँचै दिनु नपर्ने साहित्यतिर मलाई धकेलिदियो ।

लगभग जनमत सङ्ग्रह पछि म बिस्तारै फिल्म र गीतहरु तिर तानिएँ ।कुनै पनि फिल्म नछाड्ने बानीले गर्दा मेरो हिन्दी राम्रो हुन गयो र स्तरीयहरुको पछाडि लाग्दै गर्दा बिस्तारै मेरो साहित्यिक पठन पनि स्तरीय भएको हुनुपर्छ ।त्यसैताका हिन्दीका खुब जासुसी उपन्यास पढियो । जसले मेरो हिन्दी लगभग हिन्दी भाषीको जस्तै बनाइदियो । त्यसैताका रामकृष्ण घिमिरे (भिनाजु) म पढ्ने स्कुलमा हेडमास्टर हुनुहुन्थ्यो । उहाँ नवभारत टाइम्सको रेगुलर ग्राहक हुनुहुन्थ्यो । मासिक रुपमा ‘सारिका’ भन्ने साहित्यिक पत्रिका मगाउनु हुन्थ्यो । मैले पहिलो पटक स्तरीय हिन्दी साहित्य पढेको त्यसैताका हो ।  मलाई अहिले पनि संझना छ –त्यसबेला सारिकाका सम्पादक कन्हैयालाल नन्दन हुनुहुन्थ्यो ।रामकृष्ण जी अमृता पृतम ,निर्मल बर्मा र मोहन राकेशहरुको नाम लिइरहनु हुन्थ्यो ।सारिका म भिनाजुको बाट  छड्क्याएर ल्याउँथँ। खुमनारायण पौडेल (कवि) ,युवराज भुषाल र म बाँडेर पढ्थ्यौँ ।

त्यसैताका हामी नेपाली पनि कस्सिएर पढ्न थालिसकेका थियौँ । सायद् २०४१ सालतिर मैले ‘माधवी’ पढेँ र साँच्चै नै आनन्द लिएँ । अहिले आएर माधवीको आतङ्क सुन्दा मैले त्यति सानै उमेरमा कसरी माधवी पढ्न सकेँ भन्ने लाग्छ । नारायण ढकालको ‘माधवी राम्रो किताब हो तर यसलाई नेपालीमा अनुवाद गर्नुपर्छ ’ भन्ने ठट्टा खपिसकेको यस उपन्यासलाई सायद् हजुरबुवाले भन्नुभएको विश्वामित्र,जन्मेनजेय ,गौताम आदि ऋषिका रमाइला कथाहरुले मलाई माधवीभित्र प्रवेश गर्न र यसमा विचरण गर्न सघाए कि ? त्यसपछि नेपाली र हिन्दी साहित्यसँगै अङ्ग्रेजी पनि जोडिन आइपुग्यो ।त्यसैताका हामीले नेपाली र हिन्दीमा त्यसबेला खुब चलेका रसियन महान लेखकहरु दोस्तोव्यस्की ,लियो टाल्सटाय, इवान तुर्गेनेभ ,आन्तोन चेखभ ,मेक्सिम गोकीँ ,मिखाइल शोलोेखोभहरु पढियो । त्यतिबेलासम्म मेरो क्याम्पस यात्रा धिकिरधिकिर अगाडि बढ्दै गयो ।कलेज जान नपर्ने अधिकार ममा हुन्थ्यो भने म जाँदैनथेँ । मलाई नेपाली र हिन्दीमा किताब पढ्दै जाँदा अङ्ग्रेजी पढ्न नसक्ने हो भने विश्वको उत्कृष्ट साहित्यबाट म बञ्चित हुने भएँ भन्ने भावनाले अङ्ग्रेजी पढ्नैपर्ने बाध्यता बनायो । साहित्य पढ्नका लागि मैले अङ्ग्रेजी पढेँ र अहिले त्यही अङ्ग्रेजीकै कारण मेरो आनो र परिवारको जीवनप्रक्रिया सञ्चालन हुन सम्भव भएको छ । साहित्य मेरो लागि यस्तो प्रेमिका भएको छ ,जो कहिल्यै कुरुप र उमेर गएको देखिन्न । यदी साहित्य साँच्चै नै प्रेमिका भएको भए ,मजस्तो आÇना सबै काम भ्याएर फुर्सदमा साहित्य पढ्ने पाठकलाई डिभोर्स दिइसकेको हुने थिई ।

म बाँचिरहेको परिवेशभन्दा बाहिर गएर एउटा फराकिलो विश्वसँग संवाद गर्ने चाहनाले मैले साहित्यमा सेल्टर खोजेँ हुँला ।

मैले उदय सरलाई विश्व साहित्यको असल अध्येताको रुपमा पाएको छु ।यहाँको विचारमा नेपाली साहित्य विश्व साहित्यमा कहाँनिर छ ?

तपाईँले मेरो हातमा प्रायजसो विश्वबजारमा चलेका साहित्यकारहरुको पुस्तक देख्नुभएको र कहिलेकाहीँ चियाको चुस्की लिँदै मार्खेज,भि.एस.नायपाल,कामु र रुस्दीमाथि बोलेको सुनेर मेरो बारेमा धारणा बनाउनु भएको जस्तो लाग्छ । तर सुवासजी म अहिले विश्व साहित्य बजारको छाल आउने ठाउँमा त छु तर समुन्द्रमा हाम् फाल्ने आँट गर्न सकेको छैन ।युरोपियन राष्ट्रहरुसँग साहित्यको एउटा लामो परम्परा छ । शिक्षाको इतिहासले साहित्यलाई फैलिन मद्दत गरेको छ । नेपालमा यति छोटो समयमा भानुभक्तद्धारा परिष्किृत भाषा विश्वका हजारौँ वर्षको इतिहास बोकेका भाषाहरुसँग कुममा कुम मिलाएर हिँड्न सक्षम भएको छ ।भाषा जिवन्त बनाउने लेखकहरु हुन् । प्रयोगशीलताले भाषाको लचकता बढ्छ । नेपाली साहित्यमा देवकोटाको आगमनले नेपाली भाषालाई जडताबाट मुक्त गरिदियो ।

नेपाली भाषाले थोरै वर्षको इतिहासमा नै यस्ता लेखकहरु पायो जो विश्वमा चलिरहेका रचना प्रक्रियालाई नजिकबाट नियाल्न सक्षम थिए ।उनीहरुको समकालीन चेतनाले केही राम्रा पुस्तकहरु जन्मायो ,जसलाई  सगौरव सबैका अगाडि प्रस्तुत गर्न सकिन्छ ।

अहिले आएर निबन्ध विधा अलिक सुस्ताएजस्तो देखिएको छ । देवकोटाको बहाब र शङ्कर लामिछानेको चिन्तनशैलीबाट प्रभावित मजस्तो पाठकहरुको प्रासङ्गिकता नै खत्तम भएर हो कि ? कविता र आख्यान ,विशेष गरेर उपन्यासको क्षेत्रमा हामी विश्व साहित्यको एक भाग बन्न सक्षम छौँ ।

हामीले स्विकार्नै पर्छ हामी अध्ययनमा निकै पछाडि छौँ । अध्ययन लेखनको उर्जा हो । कुनै पनि लेखक विश्वका आफ्ना समकालीन प्रतिभाशाली लेखकहरु नपढिकन साहित्यलाई ऐतिहासिक मोड दिने किताब लेख्न सक्दैन ।

नेपालका प्रायजसो लेखकहरुले उदय सरलाई राम्रो पाठकको रुपमा औँल्याउने गर्छन् र त्यही रुपमा चिनेका छन् ।यहाँको निबन्ध पढेर पछिल्लो समय निस्केको मनु मञ्जिलको ‘ल्याम्पपोष्टबाट खसेको जून ’कविता सङ्ग्रहको लेखकीयमा उनले यहाँलाई कोमल निबन्धकार पनि भनेका छन् ।यहाँ साँच्चै लेखनमा कम र अध्ययनमा बढी सक्रिय किन हुनुभयो ?

मेरो क्षमताले भ्याएसम्म मैले नेपालका सबैजसो राम्रा लेखकहरुलाई अत्यन्त सम्मान र सचेतताका साथ पढेको छु । तिनै लेखकहरुको रचनात्मक यात्राबाट गुज्रेर मैले आफूलाई सकेसम्म एउटा असल पाठकका रुपमा उभ्याउने कोसिस गरिरहेको छु र मलाई खुसीका साथै गर्व पनि लाग्छ ,जब नारायण ढकालजस्ता अध्ययनशील लेखकले मस“ग समसामयिक पढ्नै पर्ने विश्व साहित्यका पुस्तकहरुका बारेमा जिज्ञासा राख्नुहुन्छ । 

मनु मञ्जिल समकालीन कविताको क्षेत्रमा टाढाबाट नै प्रष्ट देखिने एउटा अध्ययनशील र प्रतिभाशाली कविको नाम हो ।केही वर्ष अघि चितवनमा प्रकाश सायमीको सक्रियतामा कालिका एफ एमको परिसरमा नेपालका केही प्रसिद्ध कवि लेखकहरुको जमघट भएको थियो ।त्यहाँ श्रवण मुकारुङ्ग र मनु मञ्जिल पनि हुनुहुन्थ्यो । त्यसबेला देशमा सङ्घियताको बहस चलिरहेको थियो । जनजातीको मुद्दाहरु उठिरहेको थियो । हाम्रो अहिलेको पुस्ताको सर्वाधिक चर्चित कवि श्रवण मुकारुङ्गको मन चञ्चल भइरहेको थियो । सबैमा श्रवणले साम्प्रदायिक भाषा खेलाउन थालेको चिन्ता थियो ।‘बिसे नगर्चीको बयान’ लेख्ने कविले एउटा सानो घेराभित्र पस्न खोजेको दृष्य सुखद् समाचार थिएन ।श्रवणसँग धेरैपटक जम्काभेटमा परेर उसको Sense of humor  र फराकिलो बिचार प्रभावित भएको म सारा राष्ट्रको कवि एउटा सानो घेरामा कसरी अट्ला भन्ने चिन्ता लागेर बाध्यतामा लेखेको एउटा आत्मपरक संस्मरणात्मक निबन्ध मन पराएर मनुले त्यति उल्लेख गर्दिनु भएकोमा उहाँप्रति आभारी छु । तर मेरो केही इज्जत छ भने पाठक हुनुमै छ । तपाईँले यसको हिसाब बुझाउन कहीँ जानुपर्दैन र मूल्याङ्कनको कुनै ठूलो डर पनि हुन्न । त्यसैले पो मैले सजिलो पेशा रोजेँ कि ?

अरुलाई लेखनमा उक्साइरहने र किताब निकाल्न जोड गरिरहने उदय सरको भविष्यमा साहित्यको कुनै विधामा लेखिएको किताब आउने अपेक्षा हामी गर्न सक्छौँ कि सक्दैनौँ ?


म एउटा सामान्य पाठक बन्नमै रमाउने मान्छे । पढ्दै जाँदा भाग्यवश लेखकहरुको सर्कलमा छिर्न पुगेँ ।कुन पाठक चाहँदैन आफ्नो मन परेको लेखकले किताब लेखेको हेर्न ?मैले पनि त्यस्तै चाहना राखेको मात्र हो । पुस्तक लेख्न एक प्रकारको सिर्जनात्मक पागलपनको आवश्यकता छ ।आफ्ना धेरै सुविधाहरुलाई दाउमा राख्नुपर्दछ ।त्यस किसिमको पागलपन युग पाठकमा छ ,ममा छैन ।यसो बसिबियाँलो गर्दाको केही लेखकहरुसँगको संवादको सानोतिनो सङ्कलन त पुगिसकेको हो ।तर त्यो निक्लिँदा पनि मेरो नाममा एउटा किताब झुन्डिने मात्र हो ,नेपाली साहित्यमा खासै उपलब्धीचाहीँ हुने छैन ।

नेपाली साहित्यका समकालीन चर्चित लेखकहरुको पृष्ठभूमिमा उदय सर कहीँ न कहीँ गाँसिइरहनुभएको हुन्छ । लेखकहरु पनि यहाँबाट प्रेरणा पाइरहेको प्रसङ्ग कोट्याउने गर्छन् ।तपाईँले लेखकहरुलाई उत्प्रेरित गर्नुपर्छ भन्ने विषयलाई आवश्यकता वा अनिवार्यता कुन रुपमा लिनुभएको छ ?

हामी सबैले रुचिअनुसार क्षेत्र छान्ने गर्छौँ । मेरो लागि ज्ञान र मनोरञ्जनको साधन साहित्य बन्न पुग्यो । लेफ्टहरुको भाषामा भन्ने हो भने ,म बुर्जुवा प्रकृतिको मानिस हो ।कलासँग खेल्न चाहने । नेपाल सानो छ र त्यसै अनुरुप नेपालमा लेखकहरुको जमात पनि सानो छ । एउटा पिँढीमा एक दर्जन सिर्जनात्मक आवेगले भरिएका लेखकहरु भेटिनु भनेको नेपालको सन्दर्भमा एउटा उपलब्धी नै हो ।प्रत्येक प्रतिभाशाली सर्जक चाहन्छ आफ्ना सिर्जनाको उचित मूल्याङ्कन । नेपालको सन्दर्भमा त्यो आफ्ना समकालीन लेखकहरुबाट भन्दा पाठकहरुबाट प्राप्त हुने सम्भावना बढी जिउँदो रहेको म अनुभव गर्दछु । राम्रा किताबहरु पढ्दै गर्दा आफू पाठक भएको कुरा बिर्सिन्छु र आफूलाई लेखकको रुपमा कल्पना गरेर लेखकहरुसँगको संवादमा संलग्न हुन्छु ।कतिपय कुराहरु अवचेतनमै गरिएका हुन्छन् ।म कहिलेकाहीँ किताबको बारेमा टिप्पणी गर्दा झगडाको हदसम्म नै पुग्दछु । शायद् मेरो यही जिद्दीपनले केही चर्चित लेखकहरुको मायाँ मेरो भागमा परेको हो कि ? मैले देखेको संसार पुस्तकहरुको संसार हो ।हेटौँडा आउँदा ध्रुवचन्द्र गौतम सँगको संवादमा उहाँले काफ्का र कामुका पुस्तकहरुको चर्चा गर्दै गर्दा मलाई लाग्यो उहाँले मार्खेजको आत्मकथा  Living To Tell a Tale  लाई मन पराउनु हुनेछ ।मैले किताब उहाँलाई दिएँ । उहाँले केही समय पछि ‘नेपाल’मा साह्रै प्रेरणादायी पुस्तकका रुपमा यसको उल्लेख गर्नुभयो । नारायण ढकाललाई मैले Ha Jin  को Waiting भन्ने किताब दिएँ । उहाँले त्यसबाट नयाँ कुरा सिकेको बताउनुभयो ।श्यामलले Orhan Pamuk   को The Snow पढेपछि उत्तेजित बनेको साक्षी म छु । किताब उपलब्ध गराउनु खास उल्लेखयोग्य काम होइन तर पाठकहरुको स्वास्थ्यको लागि सर्जकहरुले पढिरहनु पर्दछ ।सर्जकहरुले आफ्ना सीमानाहरु फराकिलो बनाइरहनु पर्दछ । पुस्तकहरु लेखक र पाठकहरुलाई लामो यात्राको लागि उत्प्रेरित गरिरहन्छन् । मेरो सन्दर्भमा भन्नुहुन्छ भने म काँतर प्रकारको मानिस हो । म एक्लोपन देखि डराउँछु । त्यसैले म आफ्नोजस्तै रुचि भएका साथीहरुको बीचमा सुरक्षित महसुस गर्दछु । मैले केही पढ्नेहरुको सङ्गठन बलियो बनाउन आत्मिय व्यक्तिहरुलाई पुस्तक पढ्न प्रेरित गरेँ । बस् त्यति नै हो ।

‘उदयले लेखकहरुलाई लेखनमा फसाउँछ ’ केही लेखकहरुको यस्तो पनि आरोप छ । यसलाई कसरी लिनुहुन्छ ?

युग पाठकले आफ्नो उपन्यास ‘उर्गेनको घोडा’को रचना गर्भमा भनिदिनु भयो –‘मित्र उदयले मलाई फसाइदिए ।’शायद् त्यहीबेलादेखि म फसाउनेमा चर्चित भएँ ।फसाउनको लागि कोही फस्न पनि त तयार हुनुप¥यो नि ।सिर्जनाको आगो बोकेको मानिसहरुको चालढाल नै बेग्लै हुन्छ । प्रतिभाले ीबलमष्लन खोजेको हुन्छ ।तपाईँ यदि प्रतिभाशाली व्यक्तिलाई सम्मान गर्नुहुन्छ भने उसको प्रतिभाको निकासमा तपार्इँको योगदान हुनु पर्दछ । युग सक्षम हुनुहुन्थ्यो । मैले उहाँलाई You Can  भनेको मात्र हुँ । प्रत्यक व्यक्तिभित्र भएको त्बभिलत लाई महशुश गर्नको लागि Smelling Power तीक्ष्ण हुनुपर्छ । सुवास जी Be Careful,कतै तपाईँ पनि ढल्किँदै ढल्किँदै फस्न आइरहनु भएको त छैन ?

तपाईँ लेखक र लेखनमा राजनैतिक सचेतता आवश्यक छ भन्ने पक्षमा हुनुहुन्छ । त्यसको केही कारण ?


लेखकहरु सचेत वर्गमा पर्दछन् ।उनीहरु समसामयिक चेतनाका संवाहक पनि हुन् ।समाजमा भइरहेका परिवर्तनलाई साक्षीको रुपमा लेखनमा व्यक्त गरिदिने पनि उनीहरु नै हुन् ।सामाजिक परिवर्तनमा ,सामाजिक उथलपुथलहरुमा लेखकको संलग्नता प्राकृतिक देखिएकाले राजनैतिक रुपले सचेत प्राणी हो भन्ने मान्यतामा कसैको विमति हुन्छजस्तो मलाई लाग्दैन । समसामयिक चेतना नबोकेको मानिस त लेखक हुनै सक्दैन । आज पनि हामीले देवकोटा ,रिमाल ,भूपि,विपी र पारिजातहरुलाई बारम्बार उल्लेख गरिरहनुको एउटै मात्र कारण हो –उहाँहरुको लेखनमा भएको समसामयिक चेतना ।अझ म त के मान्दछु भने लेखकमा हुनुपर्ने एउटा अनिवार्य तत्व विद्रोह हो ।सामान्य मानिसहरु संझौता गरेर रमाइरहेको परिवेशमा पनि सच्चा लेखकले एकप्रकारको उकुसमुकुस-Suffocation_ अनुभव गर्दछ र उसले कुनै पर्वाह नगरी विद्रोहको घोषणा गर्दछ ।

तपाईँ विश्व साहित्य को एक राम्रो पाठक हो । यहाँको अध्ययनको क्रममा केही त्यस्ता पुस्तकहरु पनि आए होलान् ,जसले तपाईँको जीवनलाई नै टर्न दियो । पढ्ने क्रममा तपाइँलाई मन परेका केही लेखक र तिनका पुस्तकहरु साथै अहिलेका केही Promising लेखकहरु जसलाई हेरेर नेपाली साहित्यको भविष्यबारे ढुक्क हुन सकियोस् । यसबारे पनि केही बताइदिनुहोस् न ।

मेक्सिम गोर्कीको ‘आमा ’ पढेपछि मेरो जीवन र समाज हेर्ने दृष्टिकोण नै बदलियो वा काफ्काको The Trial पढेपछि मेरो सोचाइले नयाँ टर्न लियो भन्नेजस्ता घटना मेरो जीवनमा घटेन ।शायद् मेरो साहित्यप्रतिको धारणा अलिक जड थियो कि ?शायद् मैले साहित्यलाई पनि रफी र लताको गीतजस्तै गरेर श्रवण गरेँ कि ?मेरो सबै कुरालाई हलुका लिने बानीले शायद् यस मामिलामा धोका दियो ।साहित्यले मलाई पुस्तकहरुप्रति क्रेजी चाहीँ बनाइदियो ।मेरो साहित्यिक पठनको सुरुवाती दिनहरुमा नेपालीमा निक्लिएको महाभारत पढेपछि मलाई त्यसले यति प्रभावित पा¥यो कि म पछि गोरखपुर जाँदा गीता पे्रसबाट सम्पूर्ण हिन्दी अनुवादसहितको ६ भाग महाभारत ल्याएर पढेँ । लियो टाल्सटायको सानो उपन्यास  The Cossacks  पढेपछि मैले Anna Karenina, War and Peace /  Resurrection  नपढेसम्म एक प्रकारको उकुसमुकुस महशुस गरिराखेँ । टाल्सटायको आन्नाकारेनिना मेरो जीवनप्रतिको सोचाइलाई एउटा टर्न दिन सफल किताब हो । त्यसै समयमा मैले दोस्तोव्यस्कीको Crime and Punishment  The Idiot पढेँ र अद्भुत मानसिक यात्राबाट गुज्रिएँ ।किताबहरुले मलाई समाजसित जोड्दै गए । यसै समयमा हार्वर्ड फास्टको अमृत रोयद्वारा अनुदित ‘आदि विद्रोही ’भन्ने उपन्यास पढेँ र थाहा पाएँ विद्रोहको जड के रहेछ । पढ्दै जाँदा मेरो रुची फेरियो तर समाजको अध्ययन झन् गहिरो रुपमा मेरो सरोकारको विषय बन्यो । विश्व युद्ध पछिको युरोपियन समाजलाई कामुको Outsider र  The Fall र  बुझ्न सहयोग पु¥यायो ।नजिकैको भारतीय समाजको चित्र कोर्न मलाई रेणुको ‘मैला आँचल’ले सहायता ग¥यो ।केरेवियन द्विपमा भएको भारतीय समाजको चित्र मेरा लागि V.S.Naipaul को एउटा अद्भूत उपन्यास A House For Mr. Biswas  ले कोरेको हो ।कुनै पुस्तकको बारेमा धेरै चर्चा सुनेपछि पाठकको पुस्तकप्रतिको Expectation ह्वात्तै बढ्छ । चर्चा सुन्दै आएको तर पढ्न नपाएको पुस्तक मार्खेजको One Hundred Years Of Solitude  थियो । नपढ्दा फेरि जातिच्युत नै होइएलाझैँ पो अनुभव हुँदै गयो । एक दिन छातिमा मुड्कीले हानेर (कारण किताब महङ्गो थियो ) किनेर ल्याएँ ।त्यतिबेलासम्म मेरो अङ्ग्रेजी ठीकठीकै भइसकेको थियो ।शायद् यो २००१ तिरको कुरा होला ।किताब पढ्न थालेपछि मलाई ऐँठन भयो ।त्यस किताबको भाषा, शैली र विषयवस्तु मैले पढिरहेको पुस्तकभन्दा नितान्त फरक थियो ।मार्खेज (वुन्दिया) परिवारको कथा भन्दाभन्दै समाज र राष्ट्रकै कथा भन्दथे ।किताब सपना देखिरहेको जस्तो छ ।कतै केही उडिरहेको छ ।कतै लडाईँ चलिरहेको छ र कतै खाटहरु भाँच्चिने तरखरमा छन् । अर्थात् घटना सपनाजसरी घट्दछन् ।कतिपय कुरा त पहिलो पटकको पढाइमा खुल्दै खुलेनन् ।दोस्रो पटक पढ्दा नयाँ कुराहरु अगाडि आए र लगत्तै तेस्रो पटक मैले त्यो किताबलाई सपना देखेजस्तै गरेर पढेँ र मलाई लाग्यो किताब चर्चा गरेको भन्दा पनि महान रहेछ ।सुवासजी ,पुस्तकको मामलामा तपाईँको Rapport पुस्तकसँग मिल्नुपर्छ ।क्लासिक किताबहरु त धेरैलाई मन पर्छ नै ।म पनि तिनै धेरैमध्ये एक हो ।पढेपछि यो पुस्तक क्लासिक बन्छ है भनेर भन्न सक्नु एउटा राम्रो पाठक बन्नु हो कि ? बुकर पाएको केही समयपछि एकदिन थानानाथ दवाडी अरुन्धती रोयको उपन्यास Gods Of Small Things लिएर देखा पर्नुभयो। थानानाथ दवाडी Awesome Reader हुनुहुन्थ्यो ।राम्रो किताब त उहाँ सुँघेर पत्ता लगाउनु हुन्थ्यो ।मैले किताब पढ्न थालेँ । केही बुझेजस्तो र केही नबुझजस्तो मा नै सकेँ ।भाषा मेरो स्तरले धान्ने खालको थिएन तर मैले अद्भूतताको महशुस गरिसकेको थिएँ । दोस्रो र तेस्रो पटकको धक्काले उपन्यासका पात्रहरु मेरै परिवारका सदस्यजस्ता भइसकेका थिए ।राहेल ,आस्था ,चाकु अंकल ,भेलुदा ती सबैका सरल रेखामा व्यक्त गर्न नसकिने जीवनहरु ममा सरिसकेका थिए । सानासाना घटनाहरुलाई रोयले गजबसँग बुनेका छन् ।उनको भाषाले रसायनलाई अदृष्य बनाइदिएको छ ।उनले Architecture पढेको कुरा सुनेको थिएँ ।उनका भवनका नमुनाहरुसँग म बेखबर छु तर यो किताबको Architectural Design  चाहीँ बेजोड छ र मलाई लाग्छ केही समयभित्रै यसलाई क्लासिकका रुपमा पढिनेछ ।त्यसै समयतिर बिक्रम सेठको एउटा ठूलो उपन्यास ब् क्गष्तबदभि द्ययथ पढेँ ।इन्डिया स्वतन्त्र भएपछिको दशकको सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशलाई केन्द्रमा राखेर बुनिएको राजनैतिक समयभित्रको पारिवारिक कथाले ममा एउटा –‘अब साउथ एसियालाई अङ्ग्रेजी साहित्यको दह्रो खम्बाको रुपमा व्याख्या गर्नुपर्नेछ ’ भन्ने भावनाको विकास ग¥यो । यो लगभग १४०० पेजको किताबलाई मैले कहिल्यै नसिद्धिने लामो सेरियल जस्तै मानेर पढेँ ।थुप्रै किताब पढिए र धेरै किताबहरुले बिर्सनै नसक्ने स्मृति छाडेर गएका छन् ।मन पर्ने पुस्तकको मात्र पनि नाम लेख्न थालियो भने मलाई पाठकहरुले पुस्तक बिक्रेताको पगरी गुथाइदिनेछन् ।त्यसैले अब केही वर्ष यता पढेका राम्रा किताबहरु मध्येको एउटा राम्रो किताब ओर्हान पामुकको The Snow को नाम लिँदै टुङ्ग्याउँदछु ।

नेपाली र हिन्दीमा त हामी सबैका मन परेका पुस्तकहरु उस्तैउस्तै हुन्छन् । थुप्रै राम्रा पुस्तकहरु मध्ये निर्मल बर्माको ‘वे दीन’ र ‘चिडो पर चाँदनी’ ,श्रीलाल शुक्लको ‘राग दरबारी’ धर्मभीर भारतीको ‘अन्धा युद्ध’ र पछिल्लो समयतिर आएको अलका शरागावीको ‘कलिकथा वाया वाईपास’ लिँदा धेरै ठाउँ लिँदैन कि ? नेपालीमा त हामी सबैका मानक तिनै हुन् –देवकोटा,वि.पी.,पारिजात,भुपी,शङ्कर लामिछाने ।अहिले आएर आख्यानमा नारायण ढकाल र नयनराज पाण्डे ।पछि आएका Promising  युग पाठक ,र बुद्धिसागर। पछिल्लो समय श्यामलको पुस्तापछि मैले रुचिपूर्वक पढिरहेको कविताका दुईवटा प्रष्ट नाम हुन् –श्रवण मुकारुङ र मनु मञ्जिल ।

 यहाँले चितवन र मकवानपुरको साहित्यलाई नजिकबाट हेरिरहनुभएको छ । यहाँको साहित्यको सापेक्षिक तुलना र यहाँको साहित्यको भविष्य कस्तो अनुभूत गर्नुहुन्छ ?


यी दुबै जिल्लाहरुको नियति उस्तैउस्तै छ । यिनीहरु दुबै मोफसलबाट केन्द्र बन्ने तरखरमा छन् । चितवन शिक्षाको क्ष्त्रमा निकै अगाडि भएपनि साहित्यको क्षेत्रमा Commoner नै भएको साँचो हो । हरिहर खनालका केही कथाहरुले उहाँलाई एउटा भरपर्दो लेखकको रुपमा उभ्यायो । अहिलेको पुस्तामा हरिहर पौडेल एउटा प्रतिभाशाली कथाकारको नाम हो । निबन्धको क्षेत्रमा रामबाबु घिमिरे प्रष्टसँग चिनिने नाम हो र अहिलेको पुस्ताका राष्ट्रिय पहिचान भएका निबन्धकार सङ्गीत आयाम हुन् ।साहित्यमा  पछि प्रवेश गरेर पनि लघुकथामा एउटा छाप छोड्ने व्यक्तित्व एल.बी.क्षत्री हुन् । पानीको घामबाट एउटा विष्फोटक प्रतिभाको पहिचान बनाएका अमर न्यौपानेलाई देशका केही राम्रा आख्यानकारहरु मध्ये एक भन्ने दिन नजिकिँदै छ भन्ने मलाई लागेको छ । भर्खरै ‘अनन्त पाइला’ नामक उपन्यास निकालेर गजल गाउँदै हिँड्ने धनराज गिरी चितवनको साहित्यमा हास्यरस भर्दै साहित्यकारहरुलाई राम्रो लेख्न प्रेरित गर्ने चौतारी हुन् ।यात्रा संस्मरणमा केदारनाथ खनाल एउटा भरपर्दो नाम हो । मैले भर्खरै मात्र पढ्न सुरु गरेको एउटा नाम छ –रेशम विरही । कविताको क्षेत्रमा भूपिन व्याकुलको नाम छुटाएँ भने अन्याय हुन्छ तर अहिले छुटाउँछु । सरिता उर्जा भएकी कवि हुन् ।उनलाई भाषाले पनि साथ दिएको छ तर उनी हाँकका साथ अगाडि आउन अप्ठेरो मानिरहेकी छिन् । मैले चितवनको कविता एकदमै कम पढेको छु । पत्याउनै नसकिने तर कहिलेकाहीँ साह्रै राम्रो कविता लेख्ने सृजन अविरल हुन् ।  अहिलेको युवा पुस्ताको Promising  कवि सुमनराज श्रेष्ठ पनि हुन् ।

कुनै पनि ठाउँको साहित्यलाई आडभरोसा दिनका लागि केही व्यक्तिहरुको आवश्यकता पर्दछ र हेटौँडाको सन्दर्भमा आर.सी.रिजाल त्यस्तै नाम हो । युग पाठकका कारणले आख्यानमा हेटौँडाले चितवनलाई धेरै पछाडि छाडिदियो ।युगलाई आफ्नै उपन्यासले चुनौती दिइरहेको छ । आर.आर.चौँलागाईँका लघुकथाले एउटा पहिचान बनाएका छन् ।साम्ब ढकालमा एउटा गम्भीर र भावुक कवि सधैँ कविताको बारेमा चिन्तन गरिरहन्छ ।उहाँको कवितामाथि बहस सुरु हुनुपर्दछ ।तुलसी थापा गुरु गम्भीर लेखक हुन् ।उनको ‘अम्बरसिंहको खोजीमा अमरसिंह’ नाटक एउटा गजबको नाटक हो ।उनको दाना कविताको त सबै कायल छन् र सुवास तपाई एउटा Promising Writer हो । तपार्इँको कवितामा आइरहेका विज्ञानका तर्कहरुलाई झिकिदिने हो भने तपाईँका कविताहरुले उचाइको एउटा उडान भर्नेवाला छन् । मकवानपुरको साहित्यिक माहौल निर्माणमा अक्षर,मातृभूमि र झरनाजस्ता पत्रिकाहरुले योगदान पु¥याएका छन् । मैले चितवनमा भूपिनलाई हटाएजस्तै हेटौँडामा निमेषलाई छुटाएको छु किनकी यी दुबै एउटा छुट्टै प्याराग्राफका हकदार छन् ।

भूपिन व्याकुल र निमेष निखिल राष्ट्रिय पहिचान बोकेका नाम हुन् र त्यो पहिचान नै उहाँहरुको लागि गह्रुँगो भारी हुन पुगेको छ ।उहाँहरुबाट बढी आशा राखिएको छ र उहाँहरु आक्रामक तरिकाले सृजनामा नलागेर पाठकहरुलाई निराश पारिरहनु भएको छ ।भूपिनको कवितामात्र नभइकन गद्य पनि राम्रो छ । निमेष निखिलको सुन्दर गद्यले विचारको प्रष्टता पायो भने केही नयाँ चिज आउने छ साहित्यमा । अहिले यी दुबै मित्रहरु एउटा यस्तो जहाज भएका छन् ,जसले च्गलधबथ त छाडिसकेका छ तर हाइट लिन सकेको छैन ।   


                        

Monday, November 16, 2015

Poem

सौजन्य

सुवास खनाल 

सौजन्यमा प्राप्त खुसी टाँसेका रहेछौँ अनुहारमा

तिम्रो नशामा कसैले मन्द विष बगाइ दिए जस्तो लाग्दै छ
रगतको तापमान घट्दै गएको छ
सौजन्यमा प्राप्त मुखुन्डो टाँसेर मष्तिष्क अनुहारमा
तिमी सोचलाई रेडिमेड हुर्काइरहेछौ

सम्भव छ आयातित बिचौलियाहरुले देश चलाइरहेछन्
यसैले चढ्ने छैनौ तिमी
प्राप्तिको कुनै शिखर
र विवश हुनेछौ इतिहासहरुमा मात्र गर्व गर्न

जस्तो कि
आयोजित छ कार्यक्रम
सौजन्यमा प्राप्त हल छ
सौजन्यमा उपलब्ध छ ब्यानर
सौजन्यमै प्राप्त छन् माइकिङ सिस्टम
यही यथार्थको तस्वीर खिच्दै बसेको देशको नाम जोडेर बाँचिरहेछ हाम्रो नागरिकता

जबसम्म झर्ने छैन
विचारमा टाँसिएको युगीन धूलो
जबसम्म हट्ने छैन
आँखामा लागेको पराधिन जालो
तिमी आफ्नो यथार्थलाई उपहास गर्दै बाँच्नेछौ
र तिमी आफ्नो आडम्बरलाई यथार्थ सम्झिँदै बाँच्नेछौ

जस्तो कि
सौजन्यमा प्राप्त खुसीसँग घमन्ड साट्नुको
परिणति हो यो समय ।

(भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको परिवेशमा लेखिएको कविता )



Thursday, October 29, 2015

जिम्मेवार कविताहरूको कित्तामा उभिँदा ।

जिम्मेवार कविताहरूको कित्तामा उभिँदा ।

सुवास खनाल

हाम्रो स्थान सापेक्षतामा जब कुरा गछौँ ,आजको समय शोकगीतको सघन धुन सुन्नुको अभिशप्त अवस्था बाँचिरहेछ । यो शोकगीत अवशानको चाहना युग टेकेर उभिने समग्र चेतना सम्वाहकहरुले गररिहेझैँ अनुभव हुन्छ । कविता सत्तामा यो झन् अपेक्षित रहन्छ कारण कि कविता आदर्शवादी सत्ताको वकालत गर्ने विषय बढी बनेको अनुभव हुन्छ । पछिल्लो समय कवि निमेष निखिलको ‘शोकगीतको पोष्टमार्टम’ शीर्षकको कविता सङ्ग्रह बजारमा आएको छ । पोष्टमार्टम अङ्ग्रेजी शब्द हो र यसको सोझो अर्थ जीवको मृत्युपश्चात त्यसको कारणको रहस्योद्घाटनका निम्ति गरिने परीक्षण रहन्छ । शोकगीत निरन्तर चलिरहेको घडीमा शोकगीतको अन्त्य होस् र त्यसको पोष्टमार्टम हेर्न पाइयोस् भन्ने चाहनाका साथ शीर्षक निर्धारण गरेको अर्थमा यसलाई ग्रहण गर्दा सापेक्षिक देखिने बोध हुन्छ ।

यो समय जुन कविताहरू बजारमा बढी बिकिरहेछन् तिनका शब्दहरू बढी धारिला देखिन्छन् । भावमा लहडी र अदूरदर्शी लाग्छन् । उपद्रवहरूको पक्षपाती ती कविताको आयु कत्रो हुने सोचको विषय हुन् । त्यो हिसाबले हेर्दा निखिलका कविताहरू बिकाउका नलाग्न सक्छन् । तर समय असमञ्जस्ताहरू व्यवस्थापनको बाटो हुँदै जब अघि बढ्ला निखिलका कविताहरुको शक्ति तब गणना हुन सुरु हुनेछ । यसो भन्दैमा निखिलका कविताहरुले ग्राउन्ड छाडेका छन् भन्न खोजिएको होइन तर अहिलेको समय बढी अराजक भइरहँदा त्यसको पिछलग्गु हुन रुचाएका छैनन् भन्न खोजिएको हो । 

ढोङ्को पहाड् उक्लेर आफू र आफ्नाले गरेको सबै हर्कतहरु सही तर अरुले राम्रै गर्दा पनि नस्विकार्नेहरुलाई दरिलो झापड हो ‘ऐनाअगाडि’ कविता । निखिल आफैँ पनि कन्फेसनजस्तो गर्छन् यस कवितामा –

धेरै पछि ऐनाअघि उभिँदा
आफूलाई अत्यन्त कुरुप देखेँ मैले
खोपिल्टामात्र थिए आँखामा सपना थिएनन्
चाप्लुसी टाँसिएको थियो ओठको क्षितिजभरि –
मुस्कान थिएन
र त्यहाँझुन्डिएको थियो एउटा ठूलो ताल्चा
नाक त छँदै थिएन मकहाँ हुनु ?                                   पृष्ठ ९, ऐनाअगाडि


निखिलका कवितामा ऐना अगाडि, अनिद्रा ,केही कामहरु, भन राम लखन, लोदर लाग्यो काका, बन्द लगायतका कविताले सङ्ग्रहको ओजलाई बढाएको छ । केही कविताहरु उत्रो लोभ नगरेका भए हुनेझैँ लाग्ने छन् । कविले कवितालाई जसरी प्रेम गर्न सक्छ आवश्कतामा कवितामाथि उत्ति नै निर्मम हुन तयार पनि हुनु पर्छ । म हराएको सुचना ,समयको निबन्ध कविता, बिम्ब एउटा देशको लगायत कविताहरुमा भाव सघनता अपेक्षित नै देखिन्छ ।

निखिलका सद्य प्रकाशित कृतिहरुको अध्ययन अनुभवले बताउँछ ,पूर्व प्रकाशित कृतिहरुमा निराशाको पहाडले केही उचो स्थापत्य राख्थ्यो । उनको यो कृति आशाहरुको एउटा उचो पहाड नै हो । तर यो आशाको पहाडले पुरानो निराशाको पहाडलाई छेक्दै गएको छ । यो सुखद् संयोग हो । निखिललाई त्यस निम्ति धन्यवाद् भन्नु जायज देखिन्छ । पाठकका निम्ति यो सुखद् खबर पनि बन्न सक्छ ।

देशमा पछिल्लो बदलिँदो परिस्थितिले राजनैतिक, सामाजिक र र्सास्कृतिक जागरण पैदा गरेको छ । यो जागरण हुनु समाज विकासको निम्ति गुणात्मक पक्ष हो । समाजमा भएका पक्षहरुबीचको संवाद टुट्न गयो भने त्यसले कालान्तरमा ठूलो दुर्घटना निम्त्याउन सक्छ । तसर्थ यी संवाद सिर्जनाका निम्ति केही जागरुक अभियानहरु सञ्चालन हुनु जरुरी छ तर त्यसको नाममा सामाजिक विघटनहरु हुन पुग्दा पनि परिस्थिति असामान्य बन्दो रहेछ । तराईमा यो खालको समस्या देखिन्छ । यसका अवशेषहरु पहाडी र हिमाली समूदायमा पनि केहि परावर्तित हुन पुगेका हुन् । उनले तराई मधेसका यो समस्यालाई पनि कवितामा सम्बोधन गर्न सफल छन् –

मेरो कल्पनासम्ममा पनि छैन
मेरो अनुपस्थितिको तिम्रो होली र छठ
तिम्रो अनुपस्थितिको मेरो दशैँ र तिहार
तिमी नभएको मेरो छोराको बिहे
म नभएको तिम्रो छोरीको मगनी
पृष्ठ : २३, भन रामलखन !

देश सबैको सहभागिताबाट बन्ने हो । हेपिएका ,थिचोमिचोमा परेका ,सत्ताको आँखामा कहिल्यै नपरेकाहरुको आवाज बुलन्द हुँदै गएको छ । निखिलका कवितामा यो पक्षको आवाज पनि सशक्त देखिन्छ । निखिलका कविता शालीन छन् भन्ने टिप्पणी बढी सुनिन्छ र अध्ययनमा त्यो सावित पनि हुन्छ । उनी कवितामा धारे हात लगाएर कसैलाई उस्तो सत्तोसराप गरिरहेका देखिन्नन् । यसो भन्दै गर्दा साथमा यही पक्ष उनको कविता लेखनीको जोखिम पनि बनि दिन सक्छ । सबैप्रति लचिलो र नरम भएर प्रस्तुत हुँदा जसको लागि कविता लेख्दैछु भन्ने कवि सोचिरहेका हुन्छन् , उनीहरुको आवाज मलिन सुनिन बेर लाग्दैन । 

केही पुरानो समयसम्म मकवानपुर साहित्यिक हिसाबमा भीम विरागको जिल्ला भनेर परिचित रहेको अवस्थामा अब अन्य केही नामहरु थपिँदै जानु र त्यसको पङ्क्तिमा एक नाम निमेष निखिल सुहाउँदिलो देखिँदै जानुले निखिल र मकवानपुर दुबैको परिचयको आयाम बढेको प्रत्याभूति हुन्छ ।

निखिल त्यो काव्य यथार्थ भन्दा पर छैनन् कि आजको कविता सङ्कटको समयमै छ । जब देशको राजनीति सङ्क्रमणबाट गुज्रिन्छ तब राजनीति सापेक्ष चल्ने हर पक्ष उस्तै गुज्रिन पुग्छ । निखिल सफल भन्दा नि असल कविताको पक्षमा बढी हिँडिरहेको अनुभव हुन्छ । असल कविताले आफ्नो बजार आफैँ बनाउँछ भन्ने विचार सापेक्ष उनको यात्रा अविचलित रहिरहोस् । 

Friday, October 9, 2015

Gazal

गजल

सुवास खनाल

विकासको अन्तरीक्ष टेक्छु भन्थ्यौ मोदी दाजु
अन्तर्मनले टाढाटाढा देख्छु भन्थ्यौ मोदी दाजु

सबै भन्छन् बगलीमा छुरा राख्दा रै’छौ तिमी
सपनामा समेत रामराम लेख्छु भन्थ्यौ मोदी दाजु

ऋषि मन हुनु पर्छ अघि बढ्न सक्छौँ भन्थ्यौ
साथ दिन आँधीहूरी छेक्छु भन्थ्यौ मोदी दाजु

तर तिम्रो छाति रै’छ अमिवाको मुटु चल्ने
झुठ रै’छ घाउ लागे सेक्छु भन्थ्यौ मोदी दाजु ।

Tuesday, September 1, 2015

ब्रह्माण्डीय चेत आवश्यक छ ।

ब्रह्माण्डीय चेत आवश्यक छ ।

साहित्य कला हो । साहित्यले समाजलाई बुझ्छ र आम मानिसलाई पनि बुझाउने प्रयत्न गर्छ । मकवानपुरे समाजलाई पनि साहित्यले कुनै न कुनै सन्दर्भमा समाजको वास्तविकता बुझाउने प्रयत्न गरिरहेको देख्न सकिन्छ । साहित्य कला व्यक्तिको अन्तरक्षमतामा आधारित हुन्छ । व्यक्तिको साहित्य गुणलाई अभ्यासको माध्यमबाट सशक्त र विकसित गर्न सकिन्छ । मकवानपुरे साहित्यमा साहित्य संगम मकवानपुर परिचित, परिभाषित नाम हो । साहित्यको अभ्यासमा २८ बर्ष लामो इतिहास बोकेको साहित्य संगम मकवानपुरले शनिबारबाट सुवास खनालको युवा नेतृत्व पाएको छ । यसै सन्दर्भमा नवनिर्वाचित अध्यक्षसँग समृद्ध समाजले गरेको कुराकानीः 
समाजः साहित्य संगमको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । तपाईले नेतृत्व पाउनुपर्ने आधारहरु के–के मान्नुहुन्छ ?
खनालः एक त म आफू संगमको दुई कार्यकाल उपाध्यक्ष भइसकेको व्यक्ति हुँ । दोस्रो संगम युवा नेतृत्वमा जानु पर्ने आवश्यकता देखिएको थियो । त्यस आधारमा म संगमको अध्यक्ष हुनु स्वभाविक अनुभव गर्दछु ।
समाजः साहित्य संगमको नेतृत्व सम्हाल्दै गर्दा के कस्ता योजना बनाउनुभएको छ ? 
खनालः भौतिक हिसाबमा कुरा गर्दा संगम भवनको दोस्रो तल्ला थप्ने काम चलिरहेको छ । त्यसलाई पुरा गर्नु छ । साहित्यिक हिसाबले कुरा गर्दा संगममा साहित्यिक डिस्कोर्सलाई अलिक बृहत्तर बनाएर अगाडि बढ्नु छ । साथै सन्ध्या सञ्चालनको एकोहोरो निरन्तरताले मात्र संगमलाई अलिक ठूलो आयाममा नपु¥याएका कारण केही पृथक कार्यक्रमहरु जोड्दै जानुको आवश्यकता देखिन्छ र त्यसलाई जोड दिनेछौँ ।
समाजः साहित्य संगम मकवानपुरले मकवानपुरको साहित्य क्षेत्रमा कसरी, कस्तो योगदान गरिरहेको छ ? 
खनालः साहित्य संगम मकवानपुर मकवानपुरको अग्रणी साहित्यिक संस्था हो । यसले समग्र मकवानपुरको साहित्यिक प्रवर्धनलाई जोड दिएको छ । हेटौँडामा रहेर साहित्यिक सिर्जना गरिरहनुभएकाहरुको साझा प्लेटफर्म हो । मकवानपुरमा मात्र नभएर राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा परिचित भइरहनुभएका यहाँका प्राय सर्जकहरु यही प्लेटफर्म प्रयोग गरेर माथि उठ्नुभएको देखिन्छ । यसले विभिन्न व्यक्तिहरुलाई उहाँहरुको साहित्यिक योगदानको कदर गरी सम्मान अर्पण गर्दै आइ रहेको छ । यसपालि मात्रै पनि भूकम्प पिडीत साहित्य सर्जक तथा कला सर्जकहरुलाई अन्य संघ संस्थाहरुसँगै मिली सहयोग राशी उपलब्ध गराउने किसिमको सामाजिक काम पनि गरेको छ ।
समाजः यसपटकको अधिवेशनमा केही सदस्यले बहिष्कार समेत गरेका छन् । यसलाई कसरी लिनु भएको छ ? उनीहरुलाई समेट्ने योजना के छ ?
खनालः यो जुन निर्णय भयो मेरो विश्वासमा सही भएको छैन । संगमभित्र रहनु वा बाहिर रहनुले साहित्यिक सर्जकको सामाजिक उत्तरदायित्व बलियो वा कमजोर भएर जाने होइन । सबै मिलेर अघि बढ्नुपर्छ भन्नेमा मेरो पूर्ण प्रतिबद्धता छ । अधिवेशनकै अवधिमा पनि सहमतिको वातावरण बन्छ भने म आपूm पछि हट्न तयार छु भनेर सबै सामू प्रष्ट विचार व्यक्त गरिरहेको व्यक्ति हुँ । अब पनि म साथीहरुलाई सहृदयतापूर्वक साधारण सदस्यबाटै बाहिरिने निर्णयमा नपुग्न आग्रह गर्दछु । मेरो व्यक्तिगत र संस्थागत सम्मान उहाँहरुप्रति सधै रहीरहने विषय प्रष्ट्याउन चाहन्छु ।
समाजः साहित्य संगम मकवानपुरले साहित्यको अभ्यासमा फराकिलो दायरा बनाउन नसकेको जस्तो लाग्दैन ?
खनालः तपाईँले भन्नुभएको सही हो यसले अबका दिनमा दायरा फराकिलो बनाउँदै अघि बढ्नु जरुरी छ । र यो कार्यकालमा पनि त्यो प्रयत्न अघि बढ्ने यहाँलाई विश्वास दिलाउन चाहन्छु ।
समाजः साहित्यमा मकवानपुरको मौलिकता के पाउनुहुन्छ ? साहित्यमा मकवानपुरले कुन पाटोलाई कम ध्यान दिएको जस्तो देख्नुहुन्छ ? 
खनालः लेखनका हिसाबले मकवानपुरको साहित्यिक मौलिकताको कुरा गर्दा पछिल्ला समयका केही छाडेर सुसंस्कृत साहित्यिक परम्परा देख्दछु । एकदम नढाँटी भन्नु हो भने यहाँको साहित्य अलिक सीमित कोटीमा अघि बढीरहेको छ । ग्लोबल युग हो ब्रह्माण्डीय चेत आवश्यक छ ।

Tuesday, June 30, 2015

After accident

दूर्घटनापछि सुवास खनाल वा हिँडोस् समयले बजाउँदै खतराको अलार्म .......... नसकिउञ्जेल शरीरमा एक थोपा मात्र पनि रगत रहेसम्म ओठमा एक धर्को मात्र पनि मुस्कान वा च्यापुन्जेल फोक्सोले एक मुठ्ठी श्वास हामी खरानीबाट समेत उठ्नेछौँ हामी सजिलै यहाँ आइपुगेका होइनौँ र हामी सजिलै सजिलो कहीँ पुग्ने पनि छैनौँ जबसम्म फक्रिनेछन् रहरका गुराँस जबसम्म फुल्नेछन् सद्भावका सयपत्री उचालेर साहसको पाइताला हिँड्नु छ ,हिँडिरहनु छ कारणवश पसे होलान् आँखाहरुमा ओस् गाइए होलान् केही विरह गीत देखिए होलान् केही भयावह सपना एक रिल मात्र हुन् –यी जीवनगीतका जब सकिनेछन् यी सारा सुनिनेछ जीवनको आकर्षक धून फैलाएर हात नमागूँ जीवनको भिख गुमाएर साहस नहिँडूँ अधैर्यको बगरैबगर बरु हुर्काएर एक बीज सपना हिँडिरहूँ भविष्य बाटाहरुमा बरु ननिदाएरै एक रात कुरिबसूँ सुनौलो आगत ।

Saturday, June 27, 2015

Commentry

संसारलाई साढे पाँच फन्कोमा एक फन्को । सुवास खनाल पुष्कर शाह मास्टर बन्ने सपना बोकेको एउटा पात्र थियो तर कसरी यस्तो यायावर बनेर निस्किए ?
ायो । उनले आफ्ना भ्रमणका दैनिकीहरुलाई पुस्तकाकार रुप दिने प्रयत्न गरे र त्यसमा साथ लागे भुपेन्द्र खड्का र बुकहिल ,यी सम्पूर्ण पाठकीय हिसाबमा धन्यवादका पात्र हुन् ।
जब उनी यात्रामा निस्किन चाहन्थे , उनीसँग अगाडि सहज बाटो थिएन । आमाले पत्याइनन् । साथीहरुले गफ दियो सोचे । कतिले पुष्कर ठिक दिमागमा रहेन सम्म

उनी त्यस्तो यात्रामा निस्किए जसले उनलाई संसार मात्र घुमाएन यो पृथ्वी नामको कुनाहरुमा भएका भव्यता र साँघुरोपनाका यथार्थहरुलाई चिन्न सहयोग पु¥

या भन्न भ्याए । उनमा आमालाई मनाउने प्रकृया पुरा भएका बखत् पूर्ण साहस भरियो ,अब यो संसारलाई साइकलको भरमा पनि जिती दिन सक्छु ।

मैले टिम टेलिभिजनको इन्टरभ्युमा सोधे –‘साइकल नै किन रोज्नुभयो ?’


उनले उत्तर दिए –‘ मसँग साइकल बाहेक अर्को विकल्प नै थिएन । मसँग कहाँ त्यत्ति पैसा हुनसक्थ्यो र संसार घुम्न ? सबभन्दा कम खर्चिलो यही हुन सक्थ्यो , त्यसैले यो रोजेँ । ’त्यतिखेर मैले उक्त पुस्तक पढेको थिइनँ । पछि पढेँ , पुस्तकमा पनि उही स्विकारोक्ती देखेँ । उनले पैसाले संसार घुमेका होइनन् , आत्मसाहसले घुमेका हुन् ।

उनले विश्वका १५० देशहरु घुमे । यो बीचमा उनले धेरै सुखद् अनुभूतिहरु सँगाले । साथमा दुखद् पनि । चाइनाको कुनै होटलबाट त्यहाँका सुरक्षाकर्मीका कारण राति नै होटल छाडी भाग्नुपरेको प्रसङ्ग । मेक्सिको , बार्बाडोज, न्युयोर्क लगायतका ठाउँमा लुटिँदाको प्रसङ्ग दर्दनाक छन् । यो विश्वको सबैभन्दा बढी धनाढ्य भनिने देश अमेरिकाको न्युयोर्कमा उनलाई कसैले दश डलरको लागि कन्चटमा पेस्तोल तेस्र्याउँछ । यो अपत्यरिलो घटनाजस्तो पनि लाग्छ तर यो साँचो हो भन्ने पुष्टि मलाई अर्को अमेरिका नै बस्ने एक साथिले पनि पुष्टि गरिदिएका छन् । उनी पनि त्यहाँ लुटिएको प्रसङ्ग सुनेको छु त्यो पनि यस्तै सानो रकमकै लागि । यहाँ त पेस्तोलको कुरा आयो तर छुरी देखाएर बढी लुट्ने गरेको अनुभव सुन्न पाइन्छ र त्यस्तोमा बढी गाँजाको नशा लिने व्यक्तिहरु सक्रिय हुने गरेको बताइन्छ । 


शाहसँगको संवादमा उनी भन्छन् – यो संसारमा यत्ति धेरै राम्रा मान्छेहरु छन् । यत्ति धेरै सिर्जनात्मक मान्छेहरु छन् । त्यसको तुलनामा खराबहरु नगन्य छन् । यो संसारलाई यति राम्रो र भव्य ती संसारका असल मान्छेहरुले नै बनाएका हुन् तर घटनाहरुको स्मरण गरिँदा खराब विषयहरु बढी सम्झना हुँदा रहेछन् । मेक्सिकोमा लुटिँदाको घटना उनी बढी भयानक अनुभव गर्छन् र आफ्नो पुराना यात्राहरुलाई रिवाइन्ड गराउँदा त्यो घटना चित्र मष्तिष्कमा आउने बताउँछन् । उनको विचारमा त्यो दिन उनको हत्या हुँदै थियो तर उनी ती लुटेराहरुको कमजोर संयन्त्रलाई भत्काएर भाग्न सफल हुन्छन् । गुण्डा ,लुटेराहरुबाट बच्नु एक पक्ष रहन्थ्यो भने देशको सामान्य नियमकानुन नजानेर परिपालन गर्न नसक्दा हत्कडी तोडेर भाग्नु अर्को पक्ष रहन्थ्यो । उनी यो दुबै परिस्थितिहरुलाई चिर्दै अघि बढ्नुको नियतिका साथ थिए ।

यो जीवनीपरक पुस्तक पुष्करका डायरीहरुकै सम्पादित प्रकाशन हो । चार हजार पन्ध्र दिनमा उनीसँग त्यति नै सङ्ख्यामा दैनिकीहरु थिए । यो पुस्तक सम्पूर्ण अंशको प्रकाशन होइन र सम्पादित अंशको प्रकाशन हो । यसर्थ उनका कतिपय दैनिकीहरु यसमा नआएका हुन सक्छन् र कतिपय त प्रकाशन जरुरी नदेखिएको पनि हुन सक्छ । पुस्तकलाई सिलसिलेबारमात्र तर उपशीर्षकहरुमा विभाजन नगरेका भए , अध्ययनका निम्ति उति रुचिकर र सहज नलाग्न सक्थ्यो तर उपशीर्षकहरुका साथ छोटा छोटा प्रसङ्ग जोड्नुले पुस्तक अध्ययनका निम्ति सहज र सुबोध्य बनेको छ ।


अङग्रेजी भाषालाई अन्तर्राष्ट्रिय भाषा भनिन्छ किनकी यो भाषा बढीले बुझ्छन् । तर त्यो भन्दा महत्वपूर्ण भाषा इसाराको रहेको पुष्कर बताउँछन् । अङ्ग्रेजी नबुझ्ने अवस्थामा पनि यो सहज हुने उनी बताउँछन् । त्यसमै पनि फरक ठाउँका फरक रहनसहन ,चालचलन र जीवनपद्धतिले समस्या ल्याउने उनको अनुभव छ । चिनमा खाना खाने तरिका देखाउँदा चोरी औला र माझी औँलाको प्रयोग गरी मुखतिर लगेर देखाइने तर कहीँ त्यसैलाई धुमपानको सङ्केतका ंरुपमा बुझिदिने , त्यस्तै सुत्नको लागि सङ्केत गर्दा टेलिफोन गर्न खोजेको सङ्केतका रुपमा बुझ्ने समस्याहरु देखिने उनको अनुभव छ ।


पुस्तकका धेरै सकारात्मक पक्षहरु छन् । अध्ययनमा एक रसमात्र प्राप्त हुँदैन । छोटा छोटा उपशीर्षकमा रहेका र हास्यात्मक तथा कहीँ अलिक रहस्यात्मक शैलीले प्रस्तुत गरिएकाले पुस्तकले तानिरहन्छ । साथमा विश्वलाई यस पुस्तकका माध्यमले चिन्न सहज बनाउँछ । विश्व परिदृश्यका धेरै पक्षहरुको जानकारी मिल्छ । त्यहाँको विकास अवस्थिति , प्राकृतिक सौन्दर्य , खानपान र संस्कृतिका झिल्काहरु देखा पर्दछन् । 


यति धेरै सकारात्मक पक्षहरु हुँदाहुँदै पनि यस पुस्तकले केही जोखिमहरु पनि सँगसँगै बोकेको छ । पुष्कर शाह साना साना बालबालिकादेखि ठुला सबैका लगि एक किसिमको आइकन हुन् । तर यो पुस्तकले उनलाई विश्व साइकल यात्रीका साथसाथै एक रक्स्याहाको परिचय पनि दिएको छ । किताबमा बढी यौनिक प्रसङ्गलाई जोड दिनाले उनको नियतमाथि पनि प्रश्न उठ्न सक्छ । यी प्रसङ्ग आउनै नहुने भन्ने यस पङ्क्तिकारको पनि मान्यता होइन तर त्यसलाई एउटा पाटो मान्न सकिन्छ तर बढी जसो यौन प्रसङ्ग र रक्सीका प्रसङ्ग जोड्नुले पुस्तकलाई बिकाउ त बनायो होला तर यसलाई सँगसँगै आलोचनाको भागी पनि बनाएको छ ।


उनले यत्तिका देशको भ्रमण गरेका छन् । उनले वैयक्तिकीलाई बढी प्रकाशन गरेका छन् । त्यहाँका समस्या , त्यहाँका मानिसले गरिरहेका सङ्घर्ष ,त्यहाँ आएका सामाजिक विचलन आदिको उत्नि साह्रो वर्णन देखिन्न । यसैले कुनै पनि पक्षको उत्ति साह्रो सूक्ष्म विश्लेषण देखिन्न । यसमा सम्पादक वा लेखन सहयोगीको पनि कमजोरी देखिन्छ । पुस्तक बजारमा आउनु त्यसमाथि पनि अलिक विशिष्ट मान्छेको त्यसमा पाठकीय अपेक्षाहरु पनि उस्तैसँग गाँसिएका हुन्छन् । त्यो अपेक्षा पुस्तकले पुरा गर्न नसक्दा पुस्तक प्रकाशक, प्रकाशन सहयोगी र प्रकाशन पूर्व विषयवस्तुका अध्येता र विश्लेषकहरुको कमजोरी ठहर्न पुग्छ । पुष्कर शाहको विषयमा पनि त्यो कुरा लागू हुन्छ । भविष्यमा अर्को कुनै जीवनीपरक पुस्तक प्रकाशन हुँदा यी कुरामा ध्यान पुग्नु जरुरी छ ।


पुष्कर शाहले बताएका छन् –यो बीचमा उनको आमाको परिचय फेरिएको छ । अहिले उनकी आमा पुष्कर शाहकी आमा भनेर सबैले चिन्छन् जुन परिचय पुष्करको प्रशिद्दि अगाडि थिएन । उनले कमाएको मूल सम्पत्ति यही हो भनी उनी सम्झिन्छन् । अनि अर्को पक्ष उनले संसारका थुप्रै सुन्दर र विकसित देशहरु घुमे । तर उनी भन्छन् –‘नेपाल जति सुन्दर देश कुनै छैन । हामीले हामीलाई चिन्न सकिरहेका छैनौँ । हामी सँग व्यवस्थापन कमजोर भयो । सही नेतृत्वको विकास हुन सकेन । हामी हीरामाथि बसेर हीरा खोजिरहेका छौँ । ’


पुष्कर शाहका पुस्तकका केही शक्ति र सीमा अवस्य छन् । उनी व्यक्तिगत हिसाबमा भने निकै सरल र मिजासिलो छन् । उनको भविष्यको जीवन सुखमय बितोस् । उनको प्रसिद्दिको प्रकाशले देशलाई आलोकित तुल्याओस् शुभकामना ।


Friday, May 15, 2015

राहत

|| सुवास खनाल ||
कविता बढ्ता आदर्शको भर्‍याङ चढेको मलाई मन पर्दैन । जीवनको कुनाकाप्चामा भएका यथार्थको प्रकटीकरण कवितामा आउनु नै पर्छ भनी सोची बस्छु । कविता बढ्ता शाश्वत हुनपर्छ भन्दै आफ्नो युग र युगसापेक्ष समय बिर्सनेले कवितामाथि उत्ति साह्रो न्याय गर्न सकेकोझैं मलाई लाग्दैन ।

अहिले केही समालोचक कविता यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भन्दै कवितालाई कुनै ज्यामितिमा र खोरमा लगेर थुन्ने दुष्प्रयत्नमा देखिन्छन्, यो ढोङबाहेक केही होइन । कविता समयले कस्तो माग गर्छ, त्यस्तै लेखिने हो । कविता नियोजन सम्भव छैन । वा, कवितालाई कसैले यो शोरुममा सुहाउँछ वा यो खोरमा बन्द गरिदिन्छु भन्दैमा कविता बन्द हुने वा सजिएरमात्र बस्ने चिज होइन ।

कविता शब्दमा बोलिनुभन्दाअघि यो अनाम चित्रझैं मस्तिष्कमा हमला गर्ने शक्तिको स्रोत हो । यसलाई कुशल शब्दले सही आकार दिन्छ । शब्द आफैंमा रसमय हुन्छन् भन्ने कुराको म पक्षपाती हुनै सकिनँ । शब्दको शक्ति हुन्छ तर सही ठाउँमा प्रकट भएमा ।

‘राहत’ कविता लेखन सन्दर्भमा कुरा गर्दा वि.सं. २०७२ वैशाख १२ मा (हालसालै) गएको भूकम्पको राहत वितरणमा देखिएको विसङ्गतिलाई बढी प्रभावमूलक ढङ्गले व्यक्त गर्ने प्रयत्न गरेको हुँ । तर, यसलाई अन्य प्रकोपसँग पनि सामान्यीकरण गर्ने चेष्टा राखें । कविहरू प्रश्नमात्र गर्छन् कि ? यो पनि फेरि प्रश्न रहला । यो भूकम्पबाट प्रभावित व्यक्तिलाई म र मेरो परिवारबाट यथाशक्य राहतनिम्ति सहयोग उपलब्ध गराएका छौं ।
यो राहतको सन्दर्भमा कुरा गर्दा अन्तर्राष्ट्रिय तथा सबै राष्ट्रिय निकायबाट पर्याप्त आर्थिक सहयोग आएको छ । तिनलाई नियमन गर्नसके देशलाई ‘रिकन्स्ट्रक्ट’ गर्ने एक सु–अवसर पनि हो तर त्यो सत्प्रयत्नको प्रयास नहुने सङ्केत देखेपछि लेखिएको कविता हो, ‘राहत’ । रचनागर्भले कविताको शक्ति कमजोर बनाउँछ कि भन्ने कुरा पनि चर्चा गरिन्छ । तर, मलाई रचनागर्भले कवितालाई थप स्पष्ट पार्छ र कविताको महत्वलाई बढाउँछ भन्ने लाग्छ ।

राहत

हेलिकोप्टर चढेर आइपुगे गाउँ–
केही थान त्रिपाल
केही बोरा चामल
केही बन्डल बिस्कुट
केही कार्टुन चाउचाउ
केही थान सेकेन्ड ह्यान्ड लुगा
र, चप्पल ।

प्रकोपमा छोरो गुमेको
हस्त तामाङले पाए एक थान चप्पल
घर लडेको सन्त परियारले
पाए केही पोका चाउचाउ
चन्द्र बाजेले
आफ्नो नाममा लेखाए त्रिपाल
बाबुआमा बितेका केटाकेटीले भेटे केही पोका बिस्कुट

पाडो मर्ने मधु बस्नेत
खेत पुरिने हरि चम्लगाईं
गोठ लड्ने शेरबहादुर बिकलाई
भाग पुग्यो हेलिकोप्टर उड्दाकोे हावा ।

यता सँगसँगै–
राहत संयोजक बुद्धिजीवि हरिशरणले
छोरीलाई किनिदिए सुनको औंठी
थपे बैङ्क खातामा केही रकम
उपसंयोजक हीरादेवीले
जोडिन् छड्के तिलहरी ।

रेडियोमा समाचार बज्यो–
लहरे गाउँमा राहत वितरण भो ।

Friday, April 24, 2015

Pushkar Shah

संसारलाई साढे पाँच फन्कोमा एक फन्को ।
सुवास खनाल

पुष्कर शाह मास्टर बन्ने सपना बोकेको एउटा पात्र थियो तर कसरी यस्तो यायावर बनेर निस्किए ?


उनी त्यस्तो यात्रामा निस्किए जसले उनलाई संसार मात्र घुमाएन यो पृथ्वी नामको कुनाहरुमा भएका भव्यता र साँघुरोपनाका यथार्थहरुलाई चिन्न सहयोग पु¥यायो । उनले आफ्ना भ्रमणका दैनिकीहरुलाई पुस्तकाकार रुप दिने प्रयत्न गरे र त्यसमा साथ लागे भुपेन्द्र खड्का र बुकहिल ,यी सम्पूर्ण पाठकीय हिसाबमा धन्यवादका पात्र हुन् ।
जब उनी यात्रामा निस्किन चाहन्थे , उनीसँग अगाडि सहज बाटो थिएन । आमाले पत्याइनन् । साथीहरुले गफ दियो सोचे । कतिले पुष्कर ठिक दिमागमा रहेन सम्म भन्न भ्याए । उनमा आमालाई मनाउने प्रकृया पुरा भएका बखत् पूर्ण साहस भरियो ,अब यो संसारलाई साइकलको भरमा पनि जिती दिन सक्छु ।


मैले टिम टेलिभिजनको इन्टरभ्युमा सोधे –‘साइकल नै किन रोज्नुभयो ?’
उनले उत्तर दिए –‘ मसँग साइकल बाहेक अर्को विकल्प नै थिएन । मसँग कहाँ त्यत्ति पैसा हुनसक्थ्यो र संसार घुम्न ? सबभन्दा कम खर्चिलो यही हुन सक्थ्यो , त्यसैले यो रोजेँ । ’त्यतिखेर मैले उक्त पुस्तक पढेको थिइनँ । पछि पढेँ , पुस्तकमा पनि उही स्विकारोक्ती देखेँ । उनले पैसाले संसार घुमेका होइनन् , आत्मसाहसले घुमेका हुन् । उनले विश्वका १५० देशहरु घुमे । यो बीचमा उनले धेरै सुखद् अनुभूतिहरु सँगाले । साथमा दुखद् पनि । चाइनाको कुनै होटलबाट त्यहाँका सुरक्षाकर्मीका कारण राति नै होटल छाडी भाग्नुपरेको प्रसङ्ग । मेक्सिको , बार्बाडोज, न्युयोर्क लगायतका ठाउँमा लुटिँदाको प्रसङ्ग दर्दनाक छन् । यो विश्वको सबैभन्दा बढी धनाढ्य भनिने देश अमेरिकाको न्युयोर्कमा उनलाई कसैले दश डलरको लागि कन्चटमा पेस्तोल तेस्र्याउँछ । यो अपत्यरिलो घटनाजस्तो पनि लाग्छ तर यो साँचो हो भन्ने पुष्टि मलाई अर्को अमेरिका नै बस्ने एक साथिले पनि पुष्टि गरिदिएका छन् । उनी पनि त्यहाँ लुटिएको प्रसङ्ग सुनेको छु त्यो पनि यस्तै सानो रकमकै लागि । यहाँ त पेस्तोलको कुरा आयो तर छुरी देखाएर बढी लुट्ने गरेको अनुभव सुन्न पाइन्छ र त्यस्तोमा बढी गाँजाको नशा लिने व्यक्तिहरु सक्रिय हुने गरेको बताइन्छ ।
शाहसँगको संवादमा उनी भन्छन् – यो संसारमा यत्ति धेरै राम्रा मान्छेहरु छन् । यत्ति धेरै सिर्जनात्मक मान्छेहरु छन् । त्यसको तुलनामा खराबहरु नगन्य छन् । यो संसारलाई यति राम्रो र भव्य ती संसारका असल मान्छेहरुले नै बनाएका हुन् तर घटनाहरुको स्मरण गरिँदा खराब विषयहरु बढी सम्झना हुँदा रहेछन् । मेक्सिकोमा लुटिँदाको घटना उनी बढी भयानक अनुभव गर्छन् र आफ्नो पुराना यात्राहरुलाई रिवाइन्ड गराउँदा त्यो घटना चित्र मष्तिष्कमा आउने बताउँछन् । उनको विचारमा त्यो दिन उनको हत्या हुँदै थियो तर उनी ती लुटेराहरुको कमजोर संयन्त्रलाई भत्काएर भाग्न सफल हुन्छन् । गुण्डा ,लुटेराहरुबाट बच्नु एक पक्ष रहन्थ्यो भने देशको सामान्य नियमकानुन नजानेर परिपालन गर्न नसक्दा हत्कडी तोडेर भाग्नु अर्को पक्ष रहन्थ्यो । उनी यो दुबै परिस्थितिहरुलाई चिर्दै अघि बढ्नुको नियतिका साथ थिए ।
यो जीवनीपरक पुस्तक पुष्करका डायरीहरुकै सम्पादित प्रकाशन हो । चार हजार पन्ध्र दिनमा उनीसँग त्यति नै सङ्ख्यामा दैनिकीहरु थिए । यो पुस्तक सम्पूर्ण अंशको प्रकाशन होइन र सम्पादित अंशको प्रकाशन हो । यसर्थ उनका कतिपय दैनिकीहरु यसमा नआएका हुन सक्छन् र कतिपय त प्रकाशन जरुरी नदेखिएको पनि हुन सक्छ । पुस्तकलाई सिलसिलेबारमात्र तर उपशीर्षकहरुमा विभाजन नगरेका भए , अध्ययनका निम्ति उति रुचिकर र सहज नलाग्न सक्थ्यो तर उपशीर्षकहरुका साथ छोटा छोटा प्रसङ्ग जोड्नुले पुस्तक अध्ययनका निम्ति सहज र सुबोध्य बनेको छ ।
अङग्रेजी भाषालाई अन्तर्राष्ट्रिय भाषा भनिन्छ किनकी यो भाषा बढीले बुझ्छन् । तर त्यो भन्दा महत्वपूर्ण भाषा इसाराको रहेको पुष्कर बताउँछन् । अङ्ग्रेजी नबुझ्ने अवस्थामा पनि यो सहज हुने उनी बताउँछन् । त्यसमै पनि फरक ठाउँका फरक रहनसहन ,चालचलन र जीवनपद्धतिले समस्या ल्याउने उनको अनुभव छ । चिनमा खाना खाने तरिका देखाउँदा चोरी औला र माझी औँलाको प्रयोग गरी मुखतिर लगेर देखाइने तर कहीँ त्यसैलाई धुमपानको सङ्केतका ंरुपमा बुझिदिने , त्यस्तै सुत्नको लागि सङ्केत गर्दा टेलिफोन गर्न खोजेको सङ्केतका रुपमा बुझ्ने समस्याहरु देखिने उनको अनुभव छ । पुस्तकका धेरै सकारात्मक पक्षहरु छन् । अध्ययनमा एक रसमात्र प्राप्त हुँदैन । छोटा छोटा उपशीर्षकमा रहेका र हास्यात्मक तथा कहीँ अलिक रहस्यात्मक शैलीले प्रस्तुत गरिएकाले पुस्तकले तानिरहन्छ । साथमा विश्वलाई यस पुस्तकका माध्यमले चिन्न सहज बनाउँछ । विश्व परिदृश्यका धेरै पक्षहरुको जानकारी मिल्छ । त्यहाँको विकास अवस्थिति , प्राकृतिक सौन्दर्य , खानपान र संस्कृतिका झिल्काहरु देखा पर्दछन् । 
यति धेरै सकारात्मक पक्षहरु हुँदाहुँदै पनि यस पुस्तकले केही जोखिमहरु पनि सँगसँगै बोकेको छ । पुष्कर शाह साना साना बालबालिकादेखि ठुला सबैका लगि एक किसिमको आइकन हुन् । तर यो पुस्तकले उनलाई विश्व साइकल यात्रीका साथसाथै एक रक्स्याहाको परिचय पनि दिएको छ । किताबमा बढी यौनिक प्रसङ्गलाई जोड दिनाले उनको नियतमाथि पनि प्रश्न उठ्न सक्छ । यी प्रसङ्ग आउनै नहुने भन्ने यस पङ्क्तिकारको पनि मान्यता होइन तर त्यसलाई एउटा पाटो मान्न सकिन्छ तर बढी जसो यौन प्रसङ्ग र रक्सीका प्रसङ्ग जोड्नुले पुस्तकलाई बिकाउ त बनायो होला तर यसलाई सँगसँगै आलोचनाको भागी पनि बनाएको छ ।
उनले यत्तिका देशको भ्रमण गरेका छन् । उनले वैयक्तिकीलाई बढी प्रकाशन गरेका छन् । त्यहाँका समस्या , त्यहाँका मानिसले गरिरहेका सङ्घर्ष ,त्यहाँ आएका सामाजिक विचलन आदिको उत्नि साह्रो वर्णन देखिन्न । यसैले कुनै पनि पक्षको उत्ति साह्रो सूक्ष्म विश्लेषण देखिन्न । यसमा सम्पादक वा लेखन सहयोगीको पनि कमजोरी देखिन्छ । पुस्तक बजारमा आउनु त्यसमाथि पनि अलिक विशिष्ट मान्छेको त्यसमा पाठकीय अपेक्षाहरु पनि उस्तैसँग गाँसिएका हुन्छन् । त्यो अपेक्षा पुस्तकले पुरा गर्न नसक्दा पुस्तक प्रकाशक, प्रकाशन सहयोगी र प्रकाशन पूर्व विषयवस्तुका अध्येता र विश्लेषकहरुको कमजोरी ठहर्न पुग्छ । पुष्कर शाहको विषयमा पनि त्यो कुरा लागू हुन्छ । भविष्यमा अर्को कुनै जीवनीपरक पुस्तक प्रकाशन हुँदा यी कुरामा ध्यान पुग्नु जरुरी छ ।
पुष्कर शाहले बताएका छन् –यो बीचमा उनको आमाको परिचय फेरिएको छ । अहिले उनकी आमा पुष्कर शाहकी आमा भनेर सबैले चिन्छन् जुन परिचय पुष्करको प्रशिद्दि अगाडि थिएन । उनले कमाएको मूल सम्पत्ति यही हो भनी उनी सम्झिन्छन् । अनि अर्को पक्ष उनले संसारका थुप्रै सुन्दर र विकसित देशहरु घुमे । तर उनी भन्छन् –‘नेपाल जति सुन्दर देश कुनै छैन । हामीले हामीलाई चिन्न सकिरहेका छैनौँ । हामी सँग व्यवस्थापन कमजोर भयो । सही नेतृत्वको विकास हुन सकेन । हामी हीरामाथि बसेर हीरा खोजिरहेका छौँ । ’
पुष्कर शाहका पुस्तकका केही शक्ति र सीमा अवस्य छन् । उनी व्यक्तिगत हिसाबमा भने निकै सरल र मिजासिलो छन् । उनको भविष्यको जीवन सुखमय बितोस् । उनको प्रसिद्दिको प्रकाशले देशलाई आलोकित तुल्याओस् शुभकामना ।


Wednesday, April 22, 2015

जाजरकोट


जाजरकोट

सुवास खनाल

तस्वीर खिच पत्रकार
हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान्
तिम्रा बिकाउका सामान बन्नेछन्

सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ –
......तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ .....

रेडियो नेपाल
तिमी केही हिन्दी गीत सङ्गीत
र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ
नेपाल टेलिभिजन
तिमी फिल्मी काउन्टडाउन र पप भिडियोहरु बजाउँदै बस

बिबिसी
तिमी चिप्लो स्वरमा
कुनै दिवङ्गत प्रधानमन्त्रीको जीवनगाथा प्रस्तुत गर
भन्दै बस –
उहाँ देशका प्रधानमन्त्री ,तिमीहरु जाबो नागरिक
उहाँ सिङ्गो नेपाल, तिमीहरु नाथे जाजरकोट

केन्द्रीय बुद्धिजीवी
तिमी चिया गिलासमा देशको संविधान बनाऊ
बेलुका दारु महलमा पसिना पुछ : डा. केसीको दिमाग ठीक छैन

सरकार
राहतको नाममा
केही मिति गुज्रिएको औषधी पठाऊ
कसले पढ्लान् र चिप्लेकीरा जस्ता अक्षरहरु ?

बरु नफैलियोस्  
यो महामारी सिंहदरबार ,
संसदभवन वा राष्ट्रपति कक्षमा
र नतर्साउन् प्रेतहरुले सपनामा

हामी जाजरकोट
हाम्रै जीवनसँग अभ्यस्त छौँ
बरु तिम्रा दैनिकीहरुलाई बाधा पुग्ला
तिमी आफ्नै बारे सोच ।

Saturday, April 11, 2015

http://edukhabar.com/index.php?option=com_content&view=article&id=1288&catid=9&Itemid=108

मकवानपुरको छतिवनमा जन्मेका सुवास खनाल युवा पुस्तामा रुचाइएका कवि हुन् । हेटौंडावासी कवि खनाल शिक्षण पेशामा संलग्न छन् । ‘विचारको उल्टो नदी’ उनको केही महिना अघि छापिएको पहिलो कविता कृति हो । यसपटक ‘विचारको उल्टो नदी’बाट ‘कलेज एक यातना–शिविर’ कविता पाठक माझ प्रस्तुत छ । सं
- सुवास खनाल /

मलाई
कलेजको भित्ता भरिभरि
यातना–शिविर लेख्नुको रहर छ

म कलेज अध्ययन खप्न गइरहेछु

हरेक प्रोफेसर
पोडियम अघि उभिन्छ
र बाँड्छ स्लिपिङ ट्याबलेट
यो कस्तो दुर्दशा
पेसाप्रति घृणा सिक्न
म कलेज जाने गर्छु
“नपढेर हली बन्छौै ?”
प्रोफेसर एक
“पढ्दैनौ भने गोठालो बन्छौ ?”
प्रोफेसर दुई
“सिपाही बन्नु हो तिम्रो उद्देश्य ?”
प्रोफेसर तीन
“राजनीति, यो हो यौन दुव्र्यसन”
प्रोफेसर चार
“खेलाडी बन्ने हो भने किन आउनु कलेज ?”
प्रोफेसर पाँच
“यो पढाउने काम झन् ठिक छैन”
प्रोफेसर छ

प्रोफेसर सात
प्रोफेसर आठ
... ... ...

आदि आदि
प्यारा गुरुहरु !
मलाई हली बन्न सिकाइदेऊ !
मलाई गोठालो बन्न सिकाइदेऊ !
मलाई सिपाही बन्न सिकाइदेऊ !
मलाई राजनीति गर्न सिकाइदेऊ !
मलाई खेलाडी बन्न सिकाइदेऊ !
वा
मलाई अध्यापन गर्न सिकाइदेऊ !

मलाई पेसाप्रति
प्रेम जगाइदेऊ !

हामी जीवनसँग टाढिएर
ज्ञान लिन सक्दैनौँ ।

Monday, March 23, 2015

विचारको उल्टो नदीबारे

विचारको उल्टो नदीबारे मसान उपासकको टिप्पणी, जुन कान्तिपुर अनलाइनमा प्रकाशित भएको थियो ।उनलाई धन्यवादसहित  ।

विसङ्गतिको विपक्षमा उल्टो नदी ।


मसान उपासक


अभाव
एउटा सर्वव्यापक घटना
जसको आँखामा
उदाइरहन्छ सम्भाव्य सपनाहरुको लस्कर ।
            अभाव –५९

जीवनको सौन्दर्यहरुका माझ अभावलाई जीवन उन्नयनको एउटा कारकझैँ मान्ने सुवास खनाल जीवनका सबै सुरुप र कुरुप पक्षहरु अभावको क्षतिपूर्तिहरु मात्र देख्दछन् । अभाव थिएन त सम्भवत : उनी हुने थिएनन् , हामी हुने थिएनौँ र जीवनका यी गोलचक्करहरु चल्ने थिएन । उनको भनाइ त्यही छ । यसरी भनिरहँदा अहिलेको सापेक्षिक विसङ्गतिहरु प्नि अभावका पूर्तिहरु हुन् ? उनलाई गजबको प्रश्न रहन्छ । र यी विसङ्गतिहरुको समाप्तिको बाटो फेरि अभावले खोजिदिन्छ ? अभावको परिपूर्तिको प्रथम माध्यम त मानवीय क्रियाकलाप रहला नि  ? उनी मानवीय क्रियाकलाप निरपक्ष अभावसँग सन्तुष्ट छन् ।

खनालले कविताभित्र कयौँ सवाल र पात्रहरु उठाएका छन् ती समाजसापेक्ष र समयसापेक्ष छन् । उनी जीवनका मूल धारहरुमा नै यात्रारत हुन चाहन्छन् । यस्तो हुँदा कविको भोगाइका सवालहरु पाठक समानान्तर भइदिन्छन् । त्यसकारण सुवासका भोगाइहरुमा पाठकहरुले समेत निजत्वको अनुभव गर्न सक्छन् । उनी कवितामा प्रेम पोख्छन्, घृणा पोख्छन् , सुखदुखका कुरा गर्छन् । साथमा कला र संस्कृतिको सुन्दर संसारको चित्रणबाट समाजलाई मीठो सपना देखाउन भुल्दैनन् । देशमा भइरहेको ढिलासुस्तीमाथि उस्तै प्रहार गरिरहेका भेटिन्छन् ।

युगयुगदेखि
यो वस्ती कुरिरहेछ
उसले खामबन्दी गरेर पठाएको
सपनाको जवाफ ।         आदिम हावाको कथा –३२

भावको वेग भेटिने सुवासका कवितामा भाषाको शक्ति, सौन्दर्यपूर्ण शैली र विचारको संयोजन आकर्षक लाग्दछ । थोरै शब्दमा धेरै भन्न सक्ने क्षमता थोरै कविमा हुन्छ । ती थोरै कविको कीत्तामा सुवास पनि उभिइरहेको अनुभव हुन्छ । कविता धेरै लेखिने र कम पढिने भनेर हाम्रोमा मात्र होइन पश्चिमा जगतमा पनि उत्तिकै  टिप्पणी भएको सुनिन्छ । कविता पढ्नु एउटा किसिमको विषय रहन्छ र यसको रहस्यको गर्तमा हराउनु वा यसको चुरो फेला पार्नु अर्को कुरा हो । तर कविताले पाठकलाई बाँध्यो भने कविताको शक्ति त्यहीँ प्रदर्शन हुन सुरु गर्दछ । यस अर्थमा सुवासका कविताहरु अर्थयुक्त अनुभव हुन पुगेका हुनसक्छन् ।

उनी कवितामा शिक्षामा जीवनवादी चेत प्रस्तुत हुन नसकेकामा आक्रोशको अवाज उराल्छन् –

मलाई
कलेजको भित्ताभरिभरि
यातनाशिविर लेख्नुको रहर छ ।
                कलेज एक यातना शिविर –६८

शिक्षा जीवनवादी हुनुपर्ने पाओलो फ्रेरेको आदर्शको नजिक उनलाई उभिइरहेको देखिन्छ –

मलाई पेशाप्रति प्रेम जगाइदेऊ
हामी जीवनसँग टाढिएर ज्ञान लिन सक्दैनौँ ।
                कलेज एक यातना शिविर –६८
विचारको जगलाई आर्थिक सामाजिक अवस्था, राजनैतिक परिदृश्यहरु, वैयक्तिक क्षमताका तरङ्गहरु आदिइत्यादीले असर गर्दछन् । यिनका केही कवितामा विचार सघनताको व्याप्ति पाइन्छ र त्यस्ता केही कवितामा विचार, चुनावपछि, बजारमा आत्मा, आग्रह, चुनाब आदि पर्दछन् । कविताका यसको ज्यामितिय पक्षहरुको उनलाई कुनै मतलब छैन । कतिपय उनका कविता आख्यानका सूक्ष्म रुप हो कि झैँ अनुभूत हुन्छ । राज्यको जनताप्रतिको उदासिन स्थितिमा अलिक भल्गरजस्तो बिम्ब लिएर प्रहार उनी गर्छन् । उनी सोझै भन्छन् पहिरो र भेलले घर बगाएका बेला दुई चार थान चप्पल लिएर राहत वितरण गर्न पुग्ने राज्यलाई ,त्यो राहतले भन्दा हस्तमैथुनले दिने राहत बरु प्रभावकारी छ भनी सुझाउँछन् ।

लेखक प्रेमिल तपस्वी हुनसक्छन् । तर उनी यो तपस्याको रुप परिवर्तन गर्छन् र समाज अध्ययनको अराजक शैली अपनाउछन् । उनी यसकै निम्ति शायद् आफै हराएको आफैँले सूचना लेख्छन् –


म हराएको पछिल्लो खबर
यो चोकको सूचना पाटीमा टाँसिएको छ
                    सूचना –२१

सुवास भन्दै गर्छन् –म सधैँ पाठकको पक्षमा मात्रचाहीँ छैन । उनले यस्तो भन्दै गर्दा अलिक बौद्धिकता प्रदर्शनीको आडम्बरमा लागेका हुन् कि ? भन्ने प्रश्न व्युँझाउँछ । खनालका सङ्ग्रहित ४३ कविता पढ्दा जीवनमा प्रगतिशीलता रुचाउने र उज्यालोको आकाङ्क्षी कवि हुन् जस्तो अनुभव हुन्छ तर केही ठाउँमा उनी गजबले चिप्लिएका छन् । प्रगतिशील मान्यता राख्ने कवि जन्म एक दुर्घटना कवितामा यस्तो बोल्छन् –
यो साँचो हो
यो देशमा
यो समय
बाँच्ने हरेक मान्छेले
सोच्नु स्वभाविक छ–
‘म गलत समय किन जन्मिएँ ?’
                जन्म– एक दुर्घटना –८६

समय आफैँमा गलत हुन्छ या हुँदैन ? यो समयको छातीमा अव्यवस्थाको कीला ठोक्ने मानवीय दोषहरु हुन् कि होइनन् ? यी मानवीय दोष हटाउन मान्छे आफैँ तत्पर हुनु पर्छ कि पर्दैन ? अनि कवि मानवइतर प्राणी हो ? कि यसको रसायन फरक छ ? कवि यो कवितामा आफ्नो दायित्वबाट पछाडि हट्ने चेष्टामा देखिन्छन् । यस्ता रोइलोले हामीलाई कुनै फाइदा पु¥याउँदैन । तर ‘नयाँ वषर्’ शीर्षकको कवितामा उनी यही समयमा एक युगपुरुषको जन्मको आग्रह गरिरहेका देखिन्छन् । यसले उनी चिप्लिएर लडेपनि सजग भएर उठ्ने हिम्मत राख्ने व्यक्ति हुन् भन्ने अनुभव गराउँछ ।

उनी भौतिक विज्ञानमा स्नातकोत्तर हासिल गरेका व्यक्ति हुन्, तर लेख्छन् कविता । उनका केही कवितामा विज्ञानसम्बद्ध बिम्बहरु पनि आएका देखिन्छन् । तर यी असहज देखिँदैनन् । विज्ञानका बिम्बहरु घुसाउने नाममा यसका सिद्धान्त नै लेख्न थाल्दा त कविताको अनुहार बिग्रिँदो हो तर उनी सजगताका साथ त्यस्तो दुष्चेष्टामा चाहीँ छैनन् ।

उनी भौतिकवादी हुन् तर प्रतिकात्मक रुपमा भगवानलाई भेट्नुले उनलाई कहीँ न कतै आस्तिक हुन् भन्ने अनुभव गराउँछ । केही जाहेजजस्ता नलाग्ने ठाउँमा पनि यौनिक बिम्बहरुसँग खेल्न चाहनु , विज्ञानका जटिल पक्षहरुलाई कविताका शब्दहरुमा उतारेर कवितालाई सामान्य पाठकको पहुँचबाट टाढा राख्न खोज्नु उनका कमजोरी हुन् ।

‘विचारको उल्टो नदी’ ले कुनै परिभाषा खोज्दैन । बरु अर्थ भत्काउन सघाउला । पुनरनिर्माणको कडीमा केही भत्किनु र बन्नु सँगसँगै हुनु आवश्यक छ । उनी त्यसमा सजग देखिन्छन् । समाज विकासको आग्रहले रन्थनिएर हामीलाई जस्तै जिम्मेवारीको ज्वरो देशका शासकलाई आएको छ वा छैन उनी प्रश्न गरिरहेछन् –

यो देशको सरकार प्रमुख
कि उसलाई कहिल्यै आउँदैन
१०४ डिग्रीको ज्वरो ?            ( १०४ ज्वरो –२९ )

सुवास मकवानपुरको मात्र नभएर समग्र नेपाली साहित्य आकाशमा एक आशालाग्दा कविका रुपमा उदाएका छन् । यसको पुष्टि यिनको प्रकाशित कविता सङ्ग्रह ‘विचारको उल्टो नदी’ले गरेको छ ।

Friday, January 23, 2015

Chintanko Pinas

चिन्तनको पिनास
  • सुवास खनाल

यो भयानक हुँदोरहेछ
चिन्तनको पिनास

पिनास लागेपछि
प्रिय हुँदोरहेछ
–एकै किसिमको मात्र गन्ध

भुलिँदोरहेछ –
दुश्मनले पनि कहिलेकाहीँ
गाउन सक्छ सुमधुर गीत
वैरी मानिनेको आँगनमा पनि
हुर्किन्छ भन्ने –विचारको सयपत्री

चिन्तनको पिनासले
गर्दोरहेछ निर्माण जब्बर पर्खालहरू
जहाँ निषेधित हुने गर्छ
स्वच्छ हावाको आवतजावत
बन्द हुनसक्छ – वार्तालापका अनन्त श्रृङ्खला

चिन्तनको पिनास
गज्जबको रोग रहेछ
जहाँ अग्लाहरु होचा –होचा देखिन सक्छन्
मूल्यवानहरु शून्य ठहरिन सक्छन्
अजङका विचारहरु विचारविहीन लाग्न सक्छन्

पिनास परेपछि चिन्तनमा
अप्रिय लाग्छ चिन्तनको चौतारो
जहाँ भेट हुनसक्छ विचार
पूर्वका
पश्चिमका
उत्तरका
दक्षिणका . . . यावत्

समयको वैचारिक प्रयोगशालामा
विचारहरु आए , गए
आउँदैछन्, जाँदैछन्
आउनेछन्, जानेछन्
जमेको थाहा छैन पोखरीजस्तो
तर
पिनास बोक्नेहरु चिन्तनमा
जम्दैछन् कुवाजस्तो

समय प्रश्न गरिरहेछ –
जमेर भेट्ने हो कुन समुद्र ?

चिन्तनको पिनास सिर्फ रोग होइन
अभिघात जन्माउने भ्रुण हो समयको

सोच्नु जरुरी छ–
चिन्तनमा पिनास सदैव हानिकारक छ ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog