Tuesday, June 30, 2015

After accident

दूर्घटनापछि सुवास खनाल वा हिँडोस् समयले बजाउँदै खतराको अलार्म .......... नसकिउञ्जेल शरीरमा एक थोपा मात्र पनि रगत रहेसम्म ओठमा एक धर्को मात्र पनि मुस्कान वा च्यापुन्जेल फोक्सोले एक मुठ्ठी श्वास हामी खरानीबाट समेत उठ्नेछौँ हामी सजिलै यहाँ आइपुगेका होइनौँ र हामी सजिलै सजिलो कहीँ पुग्ने पनि छैनौँ जबसम्म फक्रिनेछन् रहरका गुराँस जबसम्म फुल्नेछन् सद्भावका सयपत्री उचालेर साहसको पाइताला हिँड्नु छ ,हिँडिरहनु छ कारणवश पसे होलान् आँखाहरुमा ओस् गाइए होलान् केही विरह गीत देखिए होलान् केही भयावह सपना एक रिल मात्र हुन् –यी जीवनगीतका जब सकिनेछन् यी सारा सुनिनेछ जीवनको आकर्षक धून फैलाएर हात नमागूँ जीवनको भिख गुमाएर साहस नहिँडूँ अधैर्यको बगरैबगर बरु हुर्काएर एक बीज सपना हिँडिरहूँ भविष्य बाटाहरुमा बरु ननिदाएरै एक रात कुरिबसूँ सुनौलो आगत ।

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog