Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Thursday, October 21, 2021

जिन्दगी

   जिन्दगी

-बाँच्नु के हो ? 

-धेरै सजिलो, नमर्नु ।

-नमर्नु मात्र बाँच्नु रहेछ भने बाँच्नुमा यत्ति धेरै चिन्ता र सकसहरू किन छ ?

-बाँचिएकाले चिन्ता र सकसहरू भएका होइनन् , चिन्ता र सकसहरू भएकाले बाँचिएको हो ।

-अनि त्यो जिन्दगी कहाँ छ ? जिन्दगी अर्थात् सुख ,जिन्दगी अर्थात् खुसी, जिन्दगी अर्थात् उमङ्गको उहापोह । जिन्दगी अर्थात् आशा र ...... अर्थात् जिन्दगी ।

-जिन्दगी ... हो, ऊ त्यही चिन्ता र सकसहरूको पहाड पछाडी ,जुन हामी चढ्दैछौँ । र हामी अवश्य पुग्नेछौँ । जिन्दगी त्यत्ति सजिलो परिभाषाहरुमा बाँधिदो हो त हामीलाई जिउनु भन्दा सहज अर्को उपाय हुने थिएन ।


Wednesday, April 8, 2020

काउन्सेलिङ लेक्चर

काउन्सेलिङ  लेक्चर

सुवास खनाल

‘ बाबा मलाई दशैँमा जिन्स ज्याकेट किनिदिनु है ’
–जेठो छोराको अफर ।
‘बाबा मलाई टिसर्ट पाइन्ट ’
–कान्छोको प्रस्ताव
‘सधैँ किनिदिएको जस्तो साडीले काम चल्दैन ’
–श्रीमतीको सोच र त्यसैअनुरुपको अनुरोध
उसले बुवाआमाका इच्छा पनि सोच समझमा ल्यायो । अनि अनि आफ्नो प्राइभेट बोर्डिङको सामान्य जागिर र त्यसको तनखा सम्झियो । सहरको बसाइ उसै महङ्गो ।
उसले धेरैबेर सोचेपछि सबैलाई एकैठाउँमा राखेर अघिल्लो सालको दशैँमाझैँ काउन्सेलिङ कक्षा चलाउने निधोमा पुग्यो । तर उसको मन भित्रभित्र भने गह्रुङ्गो भइरह्यो ।

दशैँको आयु

दशैँको आयु

आश्विन २०, २०७६ मा साप्ताहिकमा प्रकाशित 


सुवास खनाल


ऊ सहर बस्थ्यो । दशैँमा गाउँ पस्यो । पढ्न बसेको थियो । दशैँमा त गाउँ जानैपर्छ भन्ने सम्झियो र गाउँ गयो । यसरी जाँदा उसले गाउँमा दाजुहरू भेटेन । सबै विदेश उडेका थिए । कतिका त श्रीमान श्रीमति नै विदेश । बच्चाबच्ची र बुढाबुढी मात्र घरमा । पिङ खेल्ने ठाउँमा सुगठिला ज्यान भएका भाइहरू भेटेन ,ती सबै विदेश पसेका थिए । गाउँमा मेलापर्ममा मान्छे पाइन्न भन्ने सुनिन थालेको पायो । हुँदाहुदा गाउँका नातामा टाढैका तर सबैले उही नामले चिनिने जन्तरे काका बित्दा लाशलाई काँध हाल्ने चार मलामी धौ धौले जुटेको कथा सुन्यो । यता टीका लगाएर आशीश दिने हातहरू रित्ता भएको देख्यो  । उता विदेशमा खाली बस्ने निधारहरूबारे चिन्तन गर्यो र अन्तमा अब यही तालले दशैँका आयु लामो नहुने निष्कर्श निकाल्यो । उसले सोच्यो  –दशैँलाई विजयको प्रतीक भन्दा विछोडको स्मरण गर्ने दिन को रुपमा परिभाषा दिनुपर्ने बाध्यता । उसले आफू पनि विदेश नजाने र अरुलाई पनि देशमै केही गर्न प्रेरित गर्ने सोच सँगाल्यो । उसलाई लाग्यो –सबैमा यही सोच आए दशैँको आयु बढ्नेछ ।


Wednesday, September 6, 2017

राजनैतिक सहमति ।

राजनैतिक सहमति । (लघुकथा)
उनीहरूले 'हो ' भने । यिनीहरूले 'होइन 'भने । हो र होइनका बीच ठूला बहसहरू भए । पत्रिकामा बहसहरू छापिए । रेडियो र टेलिभिजनमा केही दिन गरमागरम अन्तरवार्ताहरू बजे । जनताहरू सकसमै थिए । उनीहरू निष्कर्ष आउँछ भन्नेमा विंवस्त थिए र रेडियोमा कान टाँसिरहेका , पत्रिका र टिभीमा आँखा टाँसिरहेका भेटिन्थे । चिया पसलमा दुई चार कप चिया बढी बिके । बेलुकी दारू पसलको बहस पनि यही विषयमा निष्कर्षविहीन टुङ्गिन्थे । केही दिनपछि'हो ' भन्ने र 'होइन ' भन्ने पक्षबीच राजनैतिक सहमति भो भन्ने सुनियो । जनताहरू 'हो' र 'होइन' मध्ये एक के हो भन्ने जान्न चाहन्थे ।सहमतिपश्चात् टेलिभिजन अन्तरवार्तामा दुबै पक्ष उपस्थित भएका कारण म पनि उत्सुक भएर सुन्दै ,हेर्दै थिएँ । दुबै भन्दै थिए । हामीबीच सहमति भयो । हामी निष्कर्षमा पुग्यौँ । निष्कर्ष यो रह्यो - यो विषय कहिले 'हो 'कहिले 'होइन' र फेरि कहिले 'होइन' कहिले 'हो' । यसैगरि बुझिदिनु होला ।

Sunday, July 7, 2013

Micro Story

जिन्दगी
  •  बाँच्नु के हो ?
  • धेरै सजिलो ,नमर्नु ।
  • नमर्नु मात्र बाँच्नु रहेछ भने बाँच्नुमा यत्ति धेरै चिन्ता र सकसहरू किन छ ?
  • बाँचिएकाले चिन्ता र सकसहरू भएका होइनन् , चिन्ता र सकसहरू भएकाले बाँचिएको हो ।
  •  अनि त्यो जिन्दगी कहाँ छ ? जिन्दगी अर्थात् सुख ,जिन्दगी अर्थात् खुसी, जिन्दगी अर्थात् उमङ्गको उहापोह । जिन्दगी अर्थात् आशा र ...... अर्थात् जिन्दगी ।
  •   जिन्दगी ?  हो,ऊ छ- त्यही चिन्ता र सकसहरूको पहाड पछाडी ,जुन हामी चढ्दैछौँ । र हामी अवश्य पुग्नेछौँ ।

Wednesday, January 26, 2011

LAGHUKATHA



सुवास खनाल

भविष्यवाणी


चितवन जिल्लाको कसरा घुम्ने सिलसिलाकै कुरा हो । पात्रका रूपमा हामी केही व्यक्तिहरू छौँ । कसरा भन्नासाथ तपाईँहरू पक्का सम्झनुहुन्छ , चितवन राष्ट्रिय निकुञ्जको जङ्गल र घडियाल गोहीको प्रजनन केन्द्र । त्यहाँ चेकपोष्ट रहेछ , भनूँ न जङ्गल प्रवेश अगाडि सामान्य सोधपुछ । मोटरसाइकल र यसदेखि उपल्लो दर्जाका सवारी साधनहरूलाई जङ्गल प्रवेशका निम्ति सामान्य करजस्तो केही रकम पनि लाग्दोरहेछ । अब त्यहाँ कर उठाउने ठाउँमा एउटा पार्टिसन गरेर दुइतिर दुइथरी कर्मचारीहरू बसेको अनुभूत हुनपुग्यो माथिका पात्रहरूलाई ।
एउटाले कुरा उठायो – यहाँ दुईथरी कर्मचारी बस्दारहेछन् क्यार,एकथरिले बर्दी भिरेका छन् । अर्काथरिले छैनन् ।
अर्कोले जोड्यो –हुनसक्छ सवारी दर्ता गर्दा पनि दुईतिर गरेका छन् ।
तेस्रोले भन्दै हिँड्यो –एकथरि सुरक्षा कर्मचारी हुन् क्यारे ,अर्काथरी राष्ट्रिय निकुञ्जका कर्मचारी ।
चौथोले भन्यो –सोधौँ न सबै त्यहीँ छन् थाहा पाउन सकिहालिन्छ नि ।
पछिल्लोले जवाफ फर्कायो –हामी नेपालीहरू कत्राकत्रा कुरामा त भविष्यवाणी गर्न सक्छौँ र गर्ने गरेका छौँ । यति सानो कुरामा नसक्ने ह्वौँ र ? खास सोधिरहनु पर्दैन , भविष्यवाणी गरौँ अनि हिडौँ ।

शायद् हामी सबै उसैको कुरामा सहमत भयौँ क्यारे । बाइक स्टार्ट ग¥यौँ र पहिलेकै गतिमा बत्तियौँ ।

छतिवन –८ पावस ,मकवानपुर
हाल भरतपुर चितवन
subaspoet@gmail.com

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog