Saturday, August 21, 2010

COLLEGE POEM

कलेज : एक यातना शिविर       
                           
सुवास खनाल                                       

मलाई
कलेजको भित्ताभरिभरि
यातना शिविर लेख्नुको रहर छ


कलेज अध्ययन खप्न गइरहेछु

हरेक प्रोफेसर
पोडियम अघि उभिन्छ
र बाँड्छ स्लिपिङ्ग ट्याबलेट

यो कस्तो  दुर्दशा
पेशाप्रति घृणा सिक्न
म कलेज जाने गर्छु

“नपढेर हली बन्छौ ?"
प्रोफेसर : एक
“पढ्दैनौ भने गोठालो बन्छौ ?"
प्रोफेसर : दुई
“सिपाही बन्नु हो तिम्रो उद्देश्य ?"
प्रोफेसर : तीन
“राजनीति, यो वेश्याको खेल हो"
प्रोफेसर : चार
“खेलाडी बन्ने हो भने किन आउनु कलेज ?"
प्रोफेसर : पाँच
“यो पढाउने काम झन् ठीक छैन ?"
प्रोफेसर : छ
प्रोफेसर : सात
प्रोफेसर : आठ
.................
आदि आदि
                           
प्यारा गुरुहरू
मलाई हली बन्न सिकाइदेऊ
मलाई गोठालो बन्न सिकाइदेऊ
मलाई सिपाही बन्न सिकाइदेऊ
मलाई राजनीति गर्न सिकाइदेऊ
वा तिमीलेझैँ पढाउन सिकाइदेऊ


मलाई पेशाप्रति
प्रेम जगाइदेऊ

हामी जीवनसँग टाढिएर
ज्ञान लिन सक्दैनौँ  ।

No comments:

Post a Comment

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog