Showing posts with label भिडियो सामाग्री. Show all posts
Showing posts with label भिडियो सामाग्री. Show all posts

Friday, April 10, 2020

अनुहारको भीडका ३ कविका ९ कविताहरु ।

New Nepali Poem || म कविता लेखिरहेको छैन || By Subas Khanal ।





म कविता लेखिरहेको छैन
सुवास खनाल
°°°
कविता लेख्नु जतिको सजिलो छैन
मैले मेरा जीवनका पदचापहरु सुन्नु
यतिखेर
विमार अामाको ऒखति खरिद गर्न
आइपुगेको छु अौषधि पसल
एकछिन अघि भेटिन्थेँ
सागवारीमा पानी हालिरहेको
परिवार र बालबच्चाको ओठमा मुस्कान उदाउन
मैले सिञ्चित गर्ने
पसिना जत्तिको मूल्यवान छैन कविता
यसकारण
म कविता लेखिरहेको छैन

कवितामा लेखिदिन सक्छु सजिलै
देश स्वर्ग बनाउने कथाहरू
बयान गर्न सक्छु
सपनाका अध्याय
पग्लिन सक्छु
कोमल शव्दहरुमा
निर्माण गर्न सक्छु
प्रेमको ताजमहल

तर मैले सोच्नु छ विपनामा
यसकारण
म कविता लेखिरहेको छैन

स्रमको युद्धमा टुग्याउनु दैनिकी
पढ्नु बाबाको अनुहारको खुसीको रंग
संगतमा अल्झिनु मान्छेहरूसॅग
र बुझ्नु प्रत्येक मान्छेका मान्छे भई बाॅचेका कथाहरू
यी जति सुन्दर छैनन्
मैले लेख्ने कविता

त्यसैले
म कविता लेखिरहेको छैन !

यो जिन्दगी खै के जिन्दगी । -हरिभक्त कटुवाल । #NS_Television



यो जिन्दगी खै के जिन्दगी हरिभक्त कटुवाल ... यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्रै खोक्रिएर बाहिर–बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ आँखा चिम्लन पनि जग्जगी ! आँखा उघार्न पनि जग्जगी ! यो जिन्दगी खै के जिन्दगी ! पसलमा सोकेशभित्र सजाइराखेको काँचको चुरोजस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी रबरका सस्ता चप्पलजस्तै यो जिन्दगी बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी यो जिन्दगी खै के जिन्दगी !

अरुण खतिवडाको संस्मरण संगालो 'पदचाप'को बिमोचन ।



२ कात्तिक, हेटौंडा । प्राध्यापक तथा कानुन व्यवसायी अरुण खतिवडाको संस्मरण संगालो पदचापको शनिबार हेटौंडामा बिमोचन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । #NS_Television #Arun_Khatiwada #पदचाप श्याप्रसाद शर्मा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद बिरोध खतिवडा, साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल, श्यामप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे तथा पुस्तका लेखक खतिवडाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । राधेश्याम बिजया फाउन्डेसनद्धारा प्रकाशित पुस्तकमा १६ वटा राजनितिक, समसामयिक बिषयहरु समेटिएका संस्मरणात्मक निबन्धहरु रहेका छन् । प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल, श्यामप्रसाद स्मृति प्रतिष्ठानका सदस्य ऋषिराम पोखरेल, झरना साहित्य समाजका पुर्व अध्यक्ष रमेशमोहन अधिकारी, रमेशमोहन अधिकारी, प्रलेष मकवानपुरकि अध्यक्ष शान्ति प्रियबन्दना लगाएतले पुस्तकका विषयमा समिक्षा गरेका थिए । कार्यक्रममा संगम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, साहित्यकार पुरुषोत्तम आचार्य एन. एस.टेलिभिजनका महेन्द्र ओझा लगाएतको उपस्थिति रहेको थियो ।

छुचुन्द्राहरूको सहर




छुचुन्द्राहरूको सहर

-सुवास खनाल
https://youtu.be/44QLlAfSDoM
सहरमा छुचुन्द्राहरू द्वारा तपाईँ कति सताइनुहून्छ ?

छुचुन्द्रालाई
बिरालाहरू सिकार गर्दैनन्
मान्छेहरू सोच्छन्
छुचुन्द्रा उत्ति विनाशक हुन्नन्

छुचुन्द्राहरू अप्ठेरोमा टाउको लुकाउँछन्
सप्ठेरोमा बढी देखिन्छन्
यी जे छुन्छन्
दूषित बनाउँछन्
यी जे आवाज निकाल्छन्
कर्कश लाग्छ

छुचुन्द्राहरू सधैँ फोहोरसँग अभ्यासी छन्

छुचुन्द्राका डेढअक्कलका कथाहरू छन्
सहरमा यसको कथा बिक्छ
श्रम र इमान्दारीतालाई
चाप्लुसीको दौडले जितेका
गणेश र कुमारका किस्साहरू झन् बढी बाँचेका छन् सहरमा

छुचुन्द्राहरु जीवभन्दा बढी चरित्रहरू हुन्
छुचुन्द्राहरू दगुरिरहेको समयका यथार्थहरू हुन्

शिकारका काविल हुन्छन् छुचुन्द्राहरू
सर्प आहारा बनाउने क्षमता बोक्छन्
तर
खतराको बाटो छान्दैनन्
बरु सखाप पार्छन् अनाज

अँध्यारोका हिमायती
अँध्यारो कै पुजक
छुचुन्द्राहरू
यो सहरमा
बग्रेल्ती कुदिरहेछन्

यो सहर
छुचुन्द्रा नियोजनको किन उपायहरू बुन्दैन ?

सुवास खनालका कविताहरुले प्रगतिशील वैचारिकता भित्र प्रयोगशील आग्रह राख्छन...

सुवास खनालका कवितामा निरा शर्माको चिरफार

कवि: सुवास खनाल एकल कविता साँझ || Full Episode



झरना साहित्य परिवारको आयोजना तथा एन.एस. टेलिभिजनको मिडिया भुमिकामा मकवानपुरे युवा कवि सुवास खनालको एकल कविता साँझ हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा कवि खनालको कविताको विषयमा साहित्यकारहरु निमेश निखिल, निरा शर्मा तथा घनश्याम घिमिरेले टिप्पणी गरेका थिए । न्युज क्लब नेपालमा भएको निकै शसक्त कविता लेख्ने खनाल मकवानपुरमा मात्र नभै नेपालभरनै चर्चामा रहने गरेका छन् । उनका कवितामा समाजमा भएका विविध पक्षहरुको चर्चा हुने गरेको छ । टिप्पणीकारहरुले कवि खनालको कविता निकै शसक्त भएको बताएका थिए । उनीहरुले कवि खनालले कवितामार्फत समाजमा भएका कुरितिलाई खबरदारी गर्ने, समाजको निर्माणमा सहयोगीको भूमिका खेल्ने तथा उत्सहा प्रदान गर्ने गरेको भन्दै खुसी ब्यक्त गरे । स्कुले जीवनबाटनै शसक्त कविता लेखन मार्फत मकवानपुरमानै चर्चा कमाउन सफल भएका कवि खनालले मकवानपुर बाहेक नेपालका अन्य जिल्लामा समेत आफुलाई कविता मार्फत चर्चामा ल्याउन सफल भएका छन् । संभवत उनी मकवानपुरका सबैभन्दा पुरानो तथा चर्चित साहित्य सस्था साहित्य संगमका सबैभन्दा कम उमेरका अध्यक्ष समेत हुन् । #NS_Television #Subas_Khanal #Nepali_Poem विज्ञान विषय लिएर अध्ययन तथा अध्यापन गराउने भएपनि उनको नेपाली साहित्यमा राम्रो दख्खल रहेको उपस्थित अन्य साहित्यकारहरुको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार तुल्सी थापाले खनालको कविताले समाजको अवस्था बोल्ने बताए । उनले भने : खनालको कविता निकै शसक्त र समाजप्रति जिम्मेवार हुन्छ । उनको कविता निकै उत्कृष्ट तथा शसक्त हुने भएरनै झरीको वावजुत पनि सयौ साहित्यकारहरु न्युज क्लबसम्म कविता सुन्नको लागि आएका थिए । साभार: -खबर ब्रेक #शब्दपथ झरना साहित्यिक परिवार मकवानपुरले हेटौंडामा सुवास खनालको 'एकल कविता साँझ' आयोजना गरेको छ । कार्यक्रममा कवि सुवास खनालले ३ चरणमा १३ वटा कविता वाचन गरेका थिए । खनालद्वारा पहिलो चरणमा वाचित ४ वटा कवितामा साहित्यकार तथा प्राध्यापक निरा शर्मा, दोस्रो चरणमा वाचित ५ वटा कविताहरुमा प्राध्यापक घनश्याम घिमिरे र अन्तिम चरणमा वाचित ४ वटा कविताहरुको समीक्षा साहित्यकार निमेष निखिलले गर्नुभएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले कवि सुवास खनालको व्यक्तिगत, पारिवारिक र काव्य जीवनबारे धारणा राख्नुभएको थियो । समीक्षकहरूले खनालका कविताहरूमाथि बोल्दै कविताहरू मौलिक, शासक वर्गलाई व्याङग्य गर्ने, वर्तमान् समाजको जल्दोबल्दो समस्याको उठान गर्ने, नवमार्क्सवादवाट प्रभावित, समस्यालाई चित्रण गरिएको, शोषित पीडितको आवाज बोल्ने, बिम्ब र प्रतीक नयाँ र सही ढङ्गले प्रयोग भएको, गहिरो जीवन दर्शन बोकेको, विद्रोही र व्यङ्ग्यभाव भएको र समकालीन चेतना रहेको भन्दै टिप्पणी गरेका थिए । झरनाका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कायक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न सङ्घ संस्था तथा वर्गहरूबाट पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चिरञ्जीवी लामिछानेले गर्नुभएको थियो ।

कवि: सुवास खनालका १३ कविताहरु ।



झरना साहित्य परिवारको आयोजना तथा एन.एस. टेलिभिजनको मिडिया भुमिकामा मकवानपुरे युवा कवि सुवास खनालको एकल कविता साँझ हेटौँडामा सम्पन्न भएको छ ।

कार्यक्रममा कवि खनालको कविताको विषयमा साहित्यकारहरु निमेश निखिल, निरा शर्मा तथा घनश्याम घिमिरेले टिप्पणी गरेका थिए । न्युज क्लब नेपालमा भएको कार्यक्रममा खनालले १३ वटा कविताहरु प्रस्तुत गरेका थिए ।

निकै शसक्त कविता लेख्ने खनाल मकवानपुरमा मात्र नभै नेपालभरनै चर्चामा रहने गरेका छन् । उनका कवितामा समाजमा भएका विविध पक्षहरुको चर्चा हुने गरेको छ ।
टिप्पणीकारहरुले कवि खनालको कविता निकै शसक्त भएको बताएका थिए । उनीहरुले कवि खनालले कवितामार्फत समाजमा भएका कुरितिलाई खबरदारी गर्ने, समाजको निर्माणमा सहयोगीको भूमिका खेल्ने तथा उत्साह प्रदान गर्ने गरेको भन्दै खुसी ब्यक्त गरे ।
स्कुले जीवनबाटनै शसक्त कविता लेखन मार्फत मकवानपुरमानै चर्चा कमाउन सफल भएका कवि खनालले मकवानपुर बाहेक नेपालका अन्य जिल्लामा समेत आफुलाई कविता मार्फत चर्चामा ल्याउन सफल भएका छन् । संभवत उनी मकवानपुरका सबैभन्दा पुरानो तथा चर्चित साहित्य सस्था साहित्य संगमका सबैभन्दा कम उमेरका अध्यक्ष समेत हुन् ।
#NS_Television #Subas_Khanal #Nepali_Poem
विज्ञान विषय लिएर अध्ययन तथा अध्यापन गराउने भएपनि उनको नेपाली साहित्यमा राम्रो दख्खल रहेको उपस्थित अन्य साहित्यकारहरुको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार तुल्सी थापाले खनालको कविताले समाजको अवस्था बोल्ने बताए । उनले भने : खनालको कविता निकै शसक्त र समाजप्रति जिम्मेवार हुन्छ । उनको कविता निकै उत्कृष्ट तथा शसक्त हुने भएरनै झरीको वावजुत पनि सयौ साहित्यकारहरु न्युज क्लबसम्म कविता सुन्नको लागि आएका थिए । साभार: -खबर ब्रेक
खनालद्वारा पहिलो चरणमा वाचित ४ वटा कवितामा साहित्यकार तथा प्राध्यापक निरा शर्मा, दोस्रो चरणमा वाचित ५ वटा कविताहरुमा प्राध्यापक घनश्याम घिमिरे र अन्तिम चरणमा वाचित ४ वटा कविताहरुको समीक्षा साहित्यकार निमेष निखिलले गर्नुभएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले कवि सुवास खनालको व्यक्तिगत, पारिवारिक र काव्य जीवनबारे धारणा राख्नुभएको थियो ।
समीक्षकहरूले खनालका कविताहरूमाथि बोल्दै कविताहरू मौलिक, शासक वर्गलाई व्याङग्य गर्ने, वर्तमान् समाजको जल्दोबल्दो समस्याको उठान गर्ने, नवमार्क्सवादवाट प्रभावित, समस्यालाई चित्रण गरिएको, शोषित पीडितको आवाज बोल्ने, बिम्ब र प्रतीक नयाँ र सही ढङ्गले प्रयोग भएको, गहिरो जीवन दर्शन बोकेको, विद्रोही र व्यङ्ग्यभाव भएको र समकालीन चेतना रहेको भन्दै टिप्पणी गरेका थिए ।
झरनाका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कायक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न सङ्घ संस्था तथा वर्गहरूबाट पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन चिरञ्जीवी लामिछानेले गर्नुभएको थियो ।

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog