यो जिन्दगी खै के जिन्दगी हरिभक्त कटुवाल ... यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्रै खोक्रिएर बाहिर–बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ आँखा चिम्लन पनि जग्जगी ! आँखा उघार्न पनि जग्जगी ! यो जिन्दगी खै के जिन्दगी ! पसलमा सोकेशभित्र सजाइराखेको काँचको चुरोजस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी रबरका सस्ता चप्पलजस्तै यो जिन्दगी बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी यो जिन्दगी खै के जिन्दगी !
Friday, April 10, 2020
यो जिन्दगी खै के जिन्दगी । -हरिभक्त कटुवाल । #NS_Television
यो जिन्दगी खै के जिन्दगी हरिभक्त कटुवाल ... यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्रै खोक्रिएर बाहिर–बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ आँखा चिम्लन पनि जग्जगी ! आँखा उघार्न पनि जग्जगी ! यो जिन्दगी खै के जिन्दगी ! पसलमा सोकेशभित्र सजाइराखेको काँचको चुरोजस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी रबरका सस्ता चप्पलजस्तै यो जिन्दगी बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी यो जिन्दगी खै के जिन्दगी !
समृद्ध समाजको असल यात्रा
समृद्ध समाजको असल यात्रा सुवास खनाल - ४ हप्ता अगाडि Facebook Twitter Pinterest WhatsApp Share Tweet Share Share अहिलेको समयलाई सूचन...
-
गोकर्ण माड्साब मैले कविता लेख्न छोडेको छैन - साम्ब ढकाल मैले बिर्सेको छैन गोकर्ण माड्साब हिजैजस्तो लाग्छ तपाईँले भनेको साम्ब - तिम्रा कवि...
-
वर्षादी दिनहरूमा रुझ्दा भिज्दा सुवास खनाल प्रकाश सायमी के होइनन् ? भनेर मैले यो लेख शुरु गरेँ भने मलाई सजिलो होला । एक सफल नाटककार,फि...
-
शिक्षण सजिलो जस्तो देखिए पनि प्राविधिक र जटिल कार्य हो । राज्य र कर्मचारीका नजरमा यो दोस्रो र तेस्रो दर्जाको पेसाको रुपमा चित्रण गर्ने प्...