Thursday, October 21, 2021

जिन्दगी

   जिन्दगी

-बाँच्नु के हो ? 

-धेरै सजिलो, नमर्नु ।

-नमर्नु मात्र बाँच्नु रहेछ भने बाँच्नुमा यत्ति धेरै चिन्ता र सकसहरू किन छ ?

-बाँचिएकाले चिन्ता र सकसहरू भएका होइनन् , चिन्ता र सकसहरू भएकाले बाँचिएको हो ।

-अनि त्यो जिन्दगी कहाँ छ ? जिन्दगी अर्थात् सुख ,जिन्दगी अर्थात् खुसी, जिन्दगी अर्थात् उमङ्गको उहापोह । जिन्दगी अर्थात् आशा र ...... अर्थात् जिन्दगी ।

-जिन्दगी ... हो, ऊ त्यही चिन्ता र सकसहरूको पहाड पछाडी ,जुन हामी चढ्दैछौँ । र हामी अवश्य पुग्नेछौँ । जिन्दगी त्यत्ति सजिलो परिभाषाहरुमा बाँधिदो हो त हामीलाई जिउनु भन्दा सहज अर्को उपाय हुने थिएन ।


लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog