Sunday, February 10, 2013

Poem


(यस कवितामा प्रयोग भएका नामहरु कुनै संयोग मात्र होइनन् ,वास्तविक हुन् )

झार

    सुवास खनाल

कसले झिकी लग्यो तिम्रा आँखा
र मान्छे किनबेच हुने बजारमा उभिएर
सोध्दैछौ दृश्यको मोल

कुन प्लास्टिकको बट्टामा बिर्को लायौ
तिमीले तिम्रो मष्तिष्क ?
र मक्किएको  त्यान्द्रोझैँ उभियौ
आत्महत्याको एक प्रहर अघिझैँ ।

कुन चिहानमा गाडिएको छ
तिम्रा इन्द्रियहरुको अस्तित्व
र रहरहरु बेचेर फर्किएजस्ता देखिन्छौ ?

कसले खुर्किएर लग्यो तिम्रो छाला
र तिमी तिम्रो आकारमा छैनौ

कहाँ हालेर हिँड्यौ त्यसबखत
तिमीले तिम्रो छाती
र झार बनेर जन्मियौ
देशहरुको अनगिन्ति जङ्गलको
यो एउटा देशमा

झारसँग बोट हुन्छ फल हुँदैन

झारसँग छाती पनि हुन्छ
छातीजस्तो हुँदैन
झारसँग मष्तिष्क हुन्छ
चेतना हुँदैन

झारसँग दोषहरु हुनसक्छन्
तुलनामा गुण हुँदैनन्

झारहरु उभिएकाजस्ता देखिन्छन्
उनीहरु उभिनु , उभिनुसिवाय अरु केही होइन

स्खलित मुद्रामा
टेलिभिजन स्क्रिनमा घिस्रिने
र अखवार फ्रन्ट पेजहरुमा पल्टिने
कुनै प्रचण्ड ,बाबुराम,
सुशील कोइराला,रामचन्द्र
माधव नेपाल, झलनाथ
विजय गच्छादार
आदि , आदि
किन आजभोलि
झारसिवाय अरु केही लाग्दैनन् ?

subaspoet@gmail.com

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog