Monday, November 16, 2015

Poem

सौजन्य

सुवास खनाल 

सौजन्यमा प्राप्त खुसी टाँसेका रहेछौँ अनुहारमा

तिम्रो नशामा कसैले मन्द विष बगाइ दिए जस्तो लाग्दै छ
रगतको तापमान घट्दै गएको छ
सौजन्यमा प्राप्त मुखुन्डो टाँसेर मष्तिष्क अनुहारमा
तिमी सोचलाई रेडिमेड हुर्काइरहेछौ

सम्भव छ आयातित बिचौलियाहरुले देश चलाइरहेछन्
यसैले चढ्ने छैनौ तिमी
प्राप्तिको कुनै शिखर
र विवश हुनेछौ इतिहासहरुमा मात्र गर्व गर्न

जस्तो कि
आयोजित छ कार्यक्रम
सौजन्यमा प्राप्त हल छ
सौजन्यमा उपलब्ध छ ब्यानर
सौजन्यमै प्राप्त छन् माइकिङ सिस्टम
यही यथार्थको तस्वीर खिच्दै बसेको देशको नाम जोडेर बाँचिरहेछ हाम्रो नागरिकता

जबसम्म झर्ने छैन
विचारमा टाँसिएको युगीन धूलो
जबसम्म हट्ने छैन
आँखामा लागेको पराधिन जालो
तिमी आफ्नो यथार्थलाई उपहास गर्दै बाँच्नेछौ
र तिमी आफ्नो आडम्बरलाई यथार्थ सम्झिँदै बाँच्नेछौ

जस्तो कि
सौजन्यमा प्राप्त खुसीसँग घमन्ड साट्नुको
परिणति हो यो समय ।

(भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको परिवेशमा लेखिएको कविता )



Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog