Thursday, June 30, 2016

पुनर्निमाण

 पुनर्निमाण 

सरकार भन्छ –हुँदैछ पुनर्निमाण
संयन्त्र भन्छ –हुन्छ पुनर्निमाण

कम्पन थियो समयको
घर भत्कियो
मन भत्कियो
जग भत्कियो

अब हुनु छ पुनर्निमाण

यही नाममा
घर भत्किेनेले घर बनाउने भए
घर नभत्किनेले पनि घर बनाउने सोचे
सरकार कमिसन हाँसो हाँस्यो
संयन्त्र भित्रभित्रै मुस्कुरायो

इन्जिनियहरुलाई आँखामा बाँधिदिएर पट्टि
सहर घुमाइयो
गाउँ घुमाइयो

प्रतिवेदनमा
नचर्किनेको घर चर्कियो
चर्किनेको घर भत्कियो
भत्किनेको बरु के भयो ?

जुनै इन्जिनियरले
देख्यो घर भत्किएको
तर देखेन सोच भत्किएको

जबसम्म भत्किरहन्छ सोच
जति नै बनाए पनि घर
बन्दैन घर
जति नै बनाए पनि देश
बन्दैन देश ।

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog