गोकर्ण माड्साब मैले कविता लेख्न छोडेको छैन
- साम्ब ढकाल
मैले बिर्सेको छैन गोकर्ण माड्साब
हिजैजस्तो लाग्छ तपाईँले भनेको
साम्ब -
तिम्रा कविता मान्छे नजिक भएर हिँड्दो रहेछ
कविता लेख्न नछोड है ।
कविताभन्दा कवि बढ्ता उफ्रेको
शब्दको जञ्जालमा मान्छेलाई फसाएको
व्यवहार एकथरि र लेख्ने अर्कै थरि गर्ने गरेको
अँह तपाईंलाई मन पर्दैनथ्यो
थाहा छ, माड्साब थाहा छ
मान्छे नभएको कविता तपाईँलाई मन पर्दैनथ्यो ।
जिन्दगीको नजिकबाट कुदेको दुःखको रापती
अभावैअभावको कोर्राले थला परेको सम्पूर्ण आयुको अतीत
आँसुको साँझ र विरहको बिहान भोग्नु भएको
गोकर्ण माड्साबलाई कविता असाध्यै प्यारो लाग्छ
कविको सत्सँग बेपत्ता न्यानो लाग्छ र त
भनिरहनु हुन्छ बेला बेलामा
साम्ब कविता लेख्न नछोड है ।
आँतभित्र बाउँडिएका यावत पीडाका गुजुल्टाहरू
सम्साँझै करेसामा जिस्क्याउन आउने समस्याका हुँडारहरू
निभ्न लागेका उमङ्गका फिलुङ्गाहरू
सबैबाट भुक्तमान यो साम्बको हालत देखेका
गोकर्ण माड्साबलाई
कविता गर्न छाड्छ कि भन्ने पीर लागेर त्यसो भनेका होलान्
यो साम्ब कविताको ध्याउन्नमा
नराम्रोसँग फसेको देखेका माड्साबले त्यस्तो त नठान्नु पर्ने हो
गोकर्ण माड्साब हेरि राख्नु होला
कविता लेख्न कहिल्यै छोड्दिनँ ।
म कविता विना बाँच्नै नसक्ने भैसकेको छु
म विना पनि कविता बाँच्न नसक्ने भएको छ
झन्डै श्वासप्रश्वासमा कविता चलिसकेको
र मेरो शरीरभित्रै रगतमै पनि कविता बगिसकेकोले
किन कविता लेख्न छोड्थेँ र गोकर्ण माड्साब !
मेरा कविताले यहाँका माटोमा बगेका आँसु र रगतको हिसाब माग्नै बाँकी छ
सीमानाहरू वेवारिस पर्नुका समवेदनालाइ जोगाउनु छ
मान्छेका सबै उद्वेगहरूलाइ सम्हाल्नु पनि छ
अद्यापि लेख्नै पर्ने कविता लेख्न सकेको छैन
मनै देखि चित्त बुझेको कविता बनाउन सकेकै छैन
गोकर्ण माड्साब, यत्तिका बाँकी कुरा असरल्लै छोडेर
कसरी म कविता लेख्न छोडूँ र !