आत्मकथा हाबी ( नागरिक न्युजबाट साभार )
२०७१ सालमा नेपाली साहित्य बजारमा आत्मकथा खूब बिके। साहित्यका रचनात्मक किताबको चर्चा निकै कम भयो। ठूला मान्छेका 'आत्मश्लाघाुले भरिएका 'आत्मकथाुले साहित्यको बजार कब्जा गर्योक। 'तपाईं कथा सुनाउनुस्, हामी लेखिदिन्छौँु भन्दै 'सेलिब्रिटीुका कथाको किनबेच शृंखला चल्यो। गोस्ट राइटिङको शृंखलामा विनोद चौधरी, हरिवंश आचार्यको चर्चा सेलाउन नपाउँदै रुकमाङ्गद कटवाल देखापरे र वर्षैभरि उनको आत्मकथाको चर्चा भइरह्यो।
वरिष्ठ पत्रकार किशोर नेपालको 'मेरो समयु, पत्रकार विजयकुमारको 'खुसी'ले पनि बजार तताए। दुवै किताबलाई समीक्षकहरूले सह्राए पनि। तर, साहित्यिक कृति यो वर्ष 'बेस्ट सेलरु बन्न सकेनन्।
अघिल्लो सालमा झैँ किशोर–किशोरीका दुई नांगा शरीरबीचको निःशब्द आवेगलाई लक्ष्य गरी लेखिएका 'यौन–साहित्यु यस वर्ष खासै देखिएन। मोडल स्मिता थापाको चुहिँदै गरेको बैँसालु तस्बिरको कभर भएको किताब 'खेलौनाुको अघिल्लो साल निकै बिक्री र हल्ला भएको हो। अघिल्लो वर्षमा नै किशोर–किशोरी लक्षित प्रेम उपन्यास 'समर लभुको व्यापक चर्चा भएकै हो। त्यसका लेखक सुबिन भट्टराईको 'समर लभुको सिक्वेल भनेर यस वर्ष छापिएको किताब 'साया' पनि चर्चाको केन्द्रमै रह्यो।
यसै वर्ष गान्तोकका लेखक प्रज्वल पराजुलीको अंग्रेजीबाट नेपालीमा अनुदित कथासंग्रह 'गोर्खाकी छोरी' नेपाली बजारमा आयो। पत्रपत्रिकाले उनलाई चर्चाको चुलीमा पुर्या्ए पनि उनका कमजोर कथाले पाठकलाई निराश बनाए।
नेपाली साहित्यमा यस वर्ष आएका किताब, केन्द्रमा भएका छलफल, प्रवेश भएका पत्रिकाका 'भ्यालू जजमेन्टु गर्ने हैसियत म राख्दिनँ। तर, साहित्यका केही महत्वपूर्ण गतिविधिका साक्षी चाहिँ हुँ म। 'आत्मकथाुले यो वर्ष नेपाली साहित्यलाई डुबाउनै खोजेको भन्ने पनि होइन। नेपाली समाजमा गम्भीर साहित्य पढिन थालेको धेरै भएको पनि त छैन। अनि, आम पाठकको ध्यान नै सेलिब्रिटीका भित्री, गुप्त रहस्यका कथा खोज्नेतिर हुन्छ। र, त उनीहरूका आत्मकथा गोदामबाट रित्तिरहन्छन। अपवादबाहेक साहित्यका राम्रा किताब चाहिँ छापिएका एक हजारप्रति पनि अँध्यारो गोदाममा बोरामा बन्द भएर बसिरहन्छन। त्यसो त यस वर्ष साहित्यमा दीर्घ अस्तित्व नै कायम गर्नेगरी कुनै पनि किताब आए भन्ने मलाई लाग्दैन।
०००
नेपालमा पुरस्कारको संख्या लगातार बढ्दो छ। तर, अपवादबाहेक धेरै पुरस्कारले आफ्नो गरिमा कायम राखिरहन सकेका छैनन्। एकातर्फ प्रज्ञाले राष्ट्रिय कविता महोत्सवजस्ता कर्मकाण्डीय कार्यक्रममा दिने गरेको सरकारी पुरस्कार छ। अर्कातर्फ मदन पुरस्कार छ, जसमाथि लेखक वा संस्थाहरूको निजी परियोजनालाई दिइने आरोप छ।
यस वर्ष घोषणा भएको ०७० सालको मदन पुरस्कारप्राप्त राधा पौडेलको युद्ध–संस्मरण 'खलंगामा हमला' निकै कमजोर र कमसल लेखन हो। मदन पुरस्कारबाट पास भएर मात्रै नहुने रहेछ, पाठकको कठघरामा पनि पास हुनु जरुरी रहेछ। यस किताबले मदन पुरस्कारको 'ग्ल्यामरु र 'चार्मुलाई थोरै पनि 'क्यासु गर्न सकेन।
मोहन मैनालीको नियात्रा 'मान्ठा डराएको जुगु, खगेन्द्र संग्रौलाको संस्मरण 'बाल्यकालका पदचापहरू', कुमार नगरकोटीको निबन्धसंग्रह 'अक्षरगन्जु, राजन मुकारुङको निबन्धसंग्रह 'फेरिँदो सौन्दर्यु, नारायण ढकालको कथासंग्रह 'इन्द्रजालु, विश्व साइकल यात्री पुष्कर शाहको यात्रा–डायरी 'संसारलाई साढे पाँच फन्को', विप्लव ढकालको कवितासंग्रह 'च्याउको जंगलु, श्रवण मुकारुङको निबन्धसंग्रह 'भावालयु, जनकराज सापकोटाको निबन्धसंग्रह 'जीवन कतिपयु, श्याम साहको कथासंग्रह 'अब्बा', मनोज बोगटीको कवितासंग्रह 'काफरे अमेरिका' यस वर्षका रुचाइएका किताब हुन्।
यसै वर्ष रिप्रिन्ट भएका विमल निभाको कवितासंग्रह 'आगोनेर उभिएको मानिसु, आहुतिको उपन्यास 'स्खलनु, हाङयुग अज्ञातको कवितासंग्रह 'करङको हिरासतु, हेमन यात्रीको कवितासंग्रह 'पहाड मसितै यात्रा गर्छु लाई पनि पाठकले राम्रै सत्कार गरे।
दीपशिखाको 'रात फुलेको यामु, आन्विका गिरीको 'मान्छेको रङु, कल्पना बान्तवाको 'कायाकल्पु, बच्चु विकको 'फकिरु लगायत उपन्यास पनि पाठकका आँखामा जँचे।
कृष्ण अविरलको 'रक्तबीजु, डा। तारालाल श्रेष्ठको 'अल्भि्करहने अतीत बल्झिरहने वर्तमानु, देश सुब्बाको 'भयवादु, निरूपा प्रसुनको 'तिम्रो लोग्ने र मु, पुण्यप्रसाद प्रसार्इंको 'यस आई क्यानु, जीवनकुमार प्रसाईंको 'जीवन जिउने काइदा'जस्ता किताब पनि यस वर्ष बजारमा छापिएर आए।
हामीकहाँ कविता धेरै लेखिन्छ, थोरै पढिन्छ भन्ने टिप्पणीमा कति सत्यता छरु त्यसको निर्क्याैल हुन बाँकी छ। यद्यपि, यस वर्ष पनि कवितासंग्रह भने मनग्गे छापिए। सरुभक्तको 'बांगाटिंगा धर्साहरू', आहुतिको 'गहुँगोरो अफ्रिका', भूपाल राईको 'आगोले जन्मोत्सव मनाउँदैनु, हाङयुग अज्ञातको 'होङकोङु, मुनाराज शेर्माको 'शब्दहरूको याक्सा', रामगोपाल आशुतोषको 'ईश्वर र फूलहरू', अर्जुन खालिङको 'गोयाङको सुगन्धु, जेनन नेपालको 'एस्ट्रेमा कविता', सुमनराज श्रेष्ठको 'सपनाको ह्याङओभरु, सुवास खनालको 'विचारको उल्टो नदी', चन्द्र रानोहँछाको 'थिबिया चराको गीतु, गिरिजा अधिकारीको '२५ प्रतिवादु, दीपा एवाईको 'श्वेत आकांक्षा'लगायत कविताका किताब बजारमा देखिए।
किताबको विज्ञापनको यस वर्ष पनि बाढी नै आयो। किताब बिक्री होस्रनहोस्, पत्रपत्रिकाका पृष्ठमा त्यसका विज्ञापन छापिई नै रहे। प्रकाशकहरूले पाँचतारे होटलमा लेखकको नलेखिएको किताबको 'आकर्षक रोयल्टी अग्रिम दिएर हामी छाप्दै छौँ' भन्ने टाइपको विज्ञापनदेखि किताबका विमोचन कार्यक्रम र पार्टीहरूसम्म आयोजना गरे।
किताबको प्रर्वद्धन व्यावसायिक रूपमा त गर्नुपर्छ। तर, व्यावसायिक हुने तरिका के होलारु प्रकाशकबीच अघोषित शीतयुद्ध चलिरहेको छ भन्ने कुरा एउटा प्रकाशकले छाप्न भनेर ठिक्क पारेको लेखकलाई अर्को प्रकाशकले 'आकर्षक रोयल्टीु देखाएर लगिरहेको वा एउटा प्रकाशकले छापिसकेको किताबलाई एक–दुई वर्षमै अर्को प्रकाशनगृहबाट छापिहाल्ने कार्यबाट देखिन्छ। प्रकाशन संस्थाहरूको यस्तो प्रवृत्ति यस वर्ष पनि सतहमा देखिए। उनीहरूले कन्टेन्ट छनोट, किताब डिजाइन, मार्केटिङ आदिमा स्वस्थ प्रतिस्पर्धा गरेको कम देखियो।
यस वर्ष पनि बोक्रो आकर्षक तर गुदी कमसल भएका थुप्रै किताब पसलहरूका र्याइकमा झुन्डिए। तर, तिनलाई पढ्न पाठकले खासै जाँगर देखाएनन्।
०००
प्रकाशन संस्था फाइन प्रिन्टले हरेक वर्ष आयोजना गर्दै आएको 'लिटरेचर फेस्टिभलु यो वर्ष पनि गर्योश। भारतीय रजनीतिज्ञ तथा लेखक शशि थरुरलगायतको सेसनले निकै चर्चा बटुल्यो। नेपाल प्रज्ञा प्रतिष्ठानमा दसैँको पूर्वसन्ध्यामा आयोजना गरिएको फेस्टिभलमा लेखकहरूले पाठकबाट आएका गम्भीर तथा सतही प्रश्नमाथि छलफल गरे। लगभग उही समयमा याम्बुरी बुक प्वाइन्ट र घोस्ट राइटिङ कम्पनीको सहकार्यमा बृहत् पुस्तक प्रदर्शनी र महोत्सव आयोजना भएको थियो।
झापाको काँकडभिट्टामा महिना दिनअघि सम्पन्न 'कला–साहित्य उत्सवुको चर्चा मिडियामा व्यापक भयो। उत्सवले उठाएका विषय र गरेका विमर्श वास्तवमै बलिया थिए। हरेक साताजसो बुद्धिजीवीहरूले मिडियाहरूमा उत्सवको 'रिभ्यू' लेखिरहे। गम्भीरता र गुणस्तरका हिसाबले उत्सव भव्य भएको सबैको साझा निष्कर्ष थियो।
०००
वर्षभरि हुने पुस्तक विमोचन, एकल कविता वाचन वा साहित्यका कुनै विषयमा हुने परिचर्चा कार्यक्रमबारे यहाँ चर्चा गरिसाध्ये हुँदैन। किनभने, त्यस्ता प्रकृतिका कार्यक्रम हरेक दिनजसो वा सातामा चारपाँचपटक भई नै रहका हुन्छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव असारबाट सारेर माघमा आयोजना गरियो र परम्परागत 'फ्रेमुमै गरिएको महोत्सव यो वर्ष पनि गतिलो हुन सकेन। कार्यक्रममा कविताबारे कार्यपत्र पढ्ने कामबाहेक अर्को नवीनता देखिएन।
नेपाली साहित्यकारबीच हुने व्यापक गुटबन्दीबारे 'ब्रोडसिटु पत्रिकाको मुखपृष्ठमै फोटो र समाचार छापिएको पनि यसै साल हो। काठमाडौँ खाल्डोका खास–खास थलोमा साहित्यिक गुटबन्दीको भौतिक स्वरूप र गतिविधि देख्न पाइन्छ पनि।