Wednesday, April 8, 2020

गजल

गजल




















सुवास खनाल

उस्तै उस्तै समुन्द्रका छाल उस्तै उस्तै
सबैसबै मान्छेका सबाल उस्तै उस्तै

खुसी पर्व मनाउन रोज्यौँ नयाँ युग
सम्झना छ बाँच्नुको बेहाल उस्तै उस्तै

शुभ कार्य गर्नलाई खोजौँ सुसमय
किन यो सधैँझैँ आलटाल उस्तै उस्तै

आफैँलाई नसपारे भन्छन् जोसुकैले
खाने कुरा फरक न हो थाल उस्तै उस्तै

केही गर्न सकेमात्र नाम कहलिन्छ
सबैका निम्ति आखिर काल उस्तै उस्तै

subaspoet@gmail.com

लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog