Wednesday, April 8, 2020

गजल

गजल












सुवास खनाल

रुप रङ्ग उही हो नाम फेर्छन् मान्छेहरू
पुज्ने ईश्वर फरक छैन धाम फेर्छन् मान्छेहरू

छलछाम सबैको दिनचर्या बनेको छ
हुने आखिर उही हो काम फेर्छन् मान्छेहरू

झुक्याउन सिपालु छन् हर समय झुक्याउँछन्
लेखिन्छ उही कुरा खाम फेर्छन् मान्छेहरू

अविश्वासी दुनियाँ यो विश्वास रत्तिभर छैन
बेचिन्छ  एउटै वस्तु दाम फेर्छन् मान्छेहरू

तन बेच्छन्, मन बेच्छन् ,बेच्छन् आफन्तजन सारा
बेची आफ्नै गाउँघर ,गाम फेर्छन् मान्छेहरू


लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog