मेरी आमा
-सुवास खनाल
मेरी आमा बिहान ब्युँझाउनु हुन्छ प्रत्येक दिन
उहाँको मुस्कानसँगै उघ्रिन्छ सूर्य बोकी आउने क्षितिज
चराले चारा टिपीसक्छन् घाम आइपुग्नुअघि
वस्तुभाउ अघाउछन् उहाँ अघाउनुअघि
बाँच्नु भएर मेरो आफ्नो समेत भविष्य
पत्ता लगाउनु हुन्छ समयको उबडखाबड
लाग्छ समयको जाँचकी पो हुनुहुन्छ कि ?
लाग्छ समयको ऐना पो हुनुहुन्छ कि ?
आमा
मैले पढ्नुपर्ने जिन्दगी तपाईंको
मैले सिक्नुपर्ने जिन्दगी तपाईंको
म अघाई दिँदा भोकै समेत अघाउनु हुने तपाईँ
म निदाई दिँदा मसँगै निद्रा पाउनुहुने तपाईं
म हाँसी दिदा पीडाको पहाड थिचेर मनमा
हाँस्न सक्नु हुने तपाईं
तपाईं किताबी ज्ञान नलिएरै पनि अज्ञानी हुनुहुन्न
म किताबी ज्ञान लिएरै पनि ज्ञानी बन्न सकेको छैन
आमा
तपाईंजस्तै जिन्दगी बाँच्न सकूँ म पनि
तपाईं जस्तै ज्ञानी बन्न सकूँ म पनि
My mother
-
Subash Khanal
My mother wakes the morning every day
The horizon with the sun rises with her smile
The birds get forage before the sun comes up
All domesticated get fed before she eats
By being my own future
She finds my waste of time
I believe her as examiner of time
I think her as a mirror of time
My mother,
The life I have to read is yours
The life I have to learn is yours
You who feel full when I feel full of my stomach
You who get your dream when I relax on my sleeping
When I laugh
You can laugh by hiding your mountain of pain
You are not ignorant without book knowledge
I am ignorant even with bookish knowledge
My mother,
I wish to live life like you
I wish to become as wise as you
subaspoet@gmail.com