Friday, July 15, 2011

My poem.

कविता


भत्किनु ,भत्किनु र भत्किरहनु
बाँचेको समय

सुवास खनाल

स्वभाविक छ
भत्किनु
तर अस्वभाविक छ
भत्किनु , भत्किनु र भत्किरहनु

प्रश्न जाहेज छ
भत्काइरहनु मात्र ठीक हो भने
निर्माण किन आवश्यक छ ?



अहिले पत्रिकाहरू
भत्केका तस्विर छापिरहेका छन्
टेलिभिजन
भत्किनु ठीक वा बेठीक बहस चलाइरहेछ
कोलम्निस्टहरू
भत्किनुकै पक्ष, विपक्षमा
विचार विमर्श गरिरहेछन्
चित्रकार
कोरिरहेछ भविष्य भत्किरहेको
भयावह चित्र
फोटो पत्रकार सबभन्दा बिकाउ
फोटो खिच्ने धुनमा छ –भत्काइकै



फरक फरक भत्काइका
आयोजक ,समर्थक
नेताहरू
कार्यकर्ताहरू
कुन भत्काइ ठीक
कुरा उठाइरहेछन्

हो सबैसबैसँग
भत्काइकै आग्रहहरू छन्
हो सबैसबै अलापिरहेछन्
भत्काइका
ससाना साम्प्रदायिक धुनहरू

हो भत्किनुनै ठीक हो भने
बन्नु किन आवश्यक थियो ?
हो चर्किनु नै सुन्दरता हो भने
कुरुपता के को अर्थ हो ?

यो अहिलेको युग
बेचिरहेछ संवेदना
जोगाइरहेको छैन
यो अहिलेको समय
टुक्रिरहेको छ क्षणक्षण
जोडिइरहेको छैन

तर एउटा घर
पूर्ण निर्माणले राम्रो देखिन्छ
न कि एकएक इँट्टा इँट्टामा ।


subaspoet@gmail.com
+9779755000088







कविता




भत्किनु ,भत्किनु र भत्किरहनु

बाँचेको समय



सुवास खनाल



स्वभाविक छ

भत्किनु

तर अस्वभाविक छ

भत्किनु , भत्किनु र भत्किरहनु



प्रश्न जाहेज छ

भत्काइरहनु मात्र ठीक हो भने

निर्माण किन आवश्यक छ ?



अहिले पत्रिकाहरू

भत्केका तस्विर छापिरहेका छन्

टेलिभिजन

भत्किनु ठीक वा बेठीक बहस चलाइरहेछ

कोलम्निस्टहरू

भत्किनुकै पक्ष, विपक्षमा

विचार विमर्श गरिरहेछन्

चित्रकार

कोरिरहेछ भविष्य भत्किरहेको

भयावह चित्र

फोटो पत्रकार सबभन्दा बिकाउ

फोटो खिच्ने धुनमा छ –भत्काइकै



फरक फरक भत्काइका

आयोजक ,समर्थक

नेताहरू

कार्यकर्ताहरू

कुन भत्काइ ठीक

कुरा उठाइरहेछन्



हो सबैसबैसँग

भत्काइकै आग्रहहरू छन्

हो सबैसबै अलापिरहेछन्

भत्काइका

ससाना साम्प्रदायिक धुनहरू



हो भत्किनुनै ठीक हो भने

बन्नु किन आवश्यक थियो ?

हो चर्किनु नै सुन्दरता हो भने

कुरुपता के को अर्थ हो ?



यो अहिलेको युग

बेचिरहेछ संवेदना

जोगाइरहेको छैन

यो अहिलेको समय

टुक्रिरहेको छ क्षणक्षण

जोडिइरहेको छैन



तर एउटा घर

पूर्ण निर्माणले राम्रो देखिन्छ

न कि एकएक इँट्टा इँट्टामा ।







subaspoet@gmail.com

+9779755000088

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog