Sunday, March 2, 2014

सम्पादकीय

अक्षर साहित्यिक त्रैमासिक पत्रिका जुन व्यङ्ग्यकार आर. सी. रिजालको सम्पादन ,प्रकाशन , त्यस्तै कविहरु निमेष निखिल श्यामकुमार बानिँया सम्पादकका रुपमा रहेका छन् ,उक्त पत्रिकाको कार्तिक –पुष ,२०७० अङ्कमा  सम्पादकीय अक्षरश : मा मेरो आफ्नो प्रकाशोन्मुख कविताकृतिको पान्डुलिपि माथिको बहसबारे प्रकाशन भएको रहेछ ।यसका निम्ति पत्रिका परिवारलाई हार्दिक धन्यवादसहित यो सम्पादकीय ब्लगमा प्रकाशन गरेको छु ।

साहित्य सिर्जना सँगसँगै साहित्य सिर्जनामाथि बहसको सम्बृद्ध परम्परा विश्व साहित्यमा रही आएको छ । नेपाली साहित्यमा पनि त्यस्तो अभ्यास परम्परा रहँदै आएको छ । नेपाली साहित्यमा विशेषत : रचना प्रकाशनपश्चात् यस्ता अभ्यास हुने गरेको छ ।हिजोआज पुस्तकमाथि समीक्षा फेसनझैँ हुन थालेको छ । कतिपयले त पुस्तक प्रकाशनपछिको यस्तो अन्तरक्रिया वा भनौँ छलफल वा हल्लाखल्ला मच्चाउनु धेरै अर्थमा विज्ञापनबाजी र पुरस्कारको लालसा हो भन्ने पनि सुनिन थालेको छ ।

पश्चिमा जगतमा सम्पादक मण्डल तयार गरी वर्षौँसम्म पुस्तकमाथि समीक्षा गर्दै कमजोर पक्षलाई हटाउन पुनर्लेखन समेत गराउने जानकारी हुन्छ । महत्वका दृष्टिले पनि पुस्तक प्रकाशनपूर्व यस किसिमको अन्तरक्रिया हुनु ठीक ठहर्छ ।कारण कि पुस्तक प्रकाशन अगावै गरिएको यस्तो कार्यक्रमबाट आएको सुझावले लेखक कमजोर पक्ष हटाउन योग्य बन्दछ । यस्ता कार्यक्रमले पुस्तक प्रकाशन हुने सर्जकलाई मात्र नभई अन्य कवि लेखकहरुलाई पनि लेखनमा कस्ता कमजोरीहरु आउन सक्दा रहेछन् भन्ने जानकारी हुन्छ ।

हुन त लेखनमा लेखकले मनमा लागेको कुरा लेख्ने हो । यसले सबैको चित्त बुझाउन सक्छ भन्ने होइन ।तर पनि लेखक सामाजिक सदस्य हो र यही नाताले उसका सामाजिक उत्तरदायित्वहरु पनि हुने गर्दछन् ।लेखकीय मर्यादा र उत्तरदायित्व बोधमा भने यस किसिमको कार्यक्रम धेरै अर्थले उपर्युक्त ठहर्दछ ।धेरै समीक्षकले धेरै कोणबाट गरेको टिप्पणीले लेखकलाई फाइदा नै पु¥याउँछ ।

हाम्रोतिर समीक्षा पनि दुराग्रहको पारो चढेर आउने गरेको पाइन्छ । लेखकहरुमा यस्तो टिप्पणीलाई पत्तो पाउन सक्ने क्षमता विकास  हुनु जरुरी छ र त्यसबाट बच्दै लेखनको उत्कृष्टतालाई कायम गर्दै अघि बढ्नु जरुरी हुन्छ ।पाण्डुलिपिमाथि हुने यस्ता टिप्पणीका कार्यक्रमहरु धेरै अर्थबाट उपयुक्त टहरिन्छ ।

यस्तो कार्यक्रम मकवानपुरमा पहिलो नै हुनुपर्छ । सम्भवत : देशमै यसरी कार्यक्रम भएको हामीलाई ज्ञात छ्रैन ।झरना साहित्यिक परिवारले छतिवनमा जन्मिनुभएको युवा कवि सुवास खनालको निकट भविष्यमा प्रकाशन हुन लागेको कवितासङ्ग्रहको पाण्डुलिपिमा साहित्य सङ्गम मकवानपुरको सभाहलमा २७ पुस २०७० मा अन्तरक्रिया कार्यक्रम ग¥यो । उनको प्रकाशोन्मुख कविता सङ्ग्रहमाथि विभिन्न  साहित्यकारहरुले टिप्पणी गरे । मकवानपुरको यो कार्यक्रमले अन्य जिल्लाका लागि पनि उदाहरण हुन सक्तछ ।



Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog