Sunday, January 13, 2019

सहरले ढुङ्गा खान्छ

सहरले ढुङ्गा खान्छ

खान नपाएपछि के खान्छ सहरले ?

–सहरले ढुङ्गा खान्छ

घर पछि घर पछि घर पलाएको छ जग्गामा
श्रमीकहरू होइन
कमिसन चिन्नेहरूलाई बचाउने नियत पालेकोछ
सद्भाव बिर्सेर
मुटुमा सिउँडी रोपेको छ

ख्याल गरेर हेर्नुस्
सक्कली अनुहारहरू कम
र नकाबधारीहरू बढी भेटिन्छन् सडकमा
क्रय – विक्रयको
सम्बन्ध हुर्किरहेछ
सामाजिक अवयवमा

जब सहरले पैसा मात्र चिन्छ
र पैसाले मान्छे चिन्दैन
त्यसपछि के खान्छ सहरले ?
सहरले ढुङ्गा खान्छ

सहरले
मालपोत कार्यालय चिन्छ
नापी कार्यालय चिन्छ
बैङ्क चिन्छ
नक्सा र पुर्जाहरू चिन्छ
चेक र नगदहरू चिन्छ
जग्गा पनि चिन्छ
तर जग्गाको उब्जाउ चिन्दैन
जग्गाको उत्पादन चिन्दैन

त्यसपछि के खान्छ सहरले ?
–सहरले ढुङ्गा खान्छ

गाउँ सहरको सिकोमा छ
प्लटिङमा अनुवाद भइरहेको
उसको अनुहार
सहरझैँ देखिँदै गइरहेछ

सहर बन्न नसकेको
छटपटी टाँगेर छातिमा
गाउँ
पल्सर चढेर
सहर पुग्छ
र फर्किन्छ

ऊ पनि र्बििर्सँदै गइरहेछ श्रम
भुल्दै गइरहेछ उत्पादन

थुप्रै भोलिहरूमा
के खान्छ सहरले ?
के खान्छ देशले ?

विकल्प छैन
–खान नपाएपछि सहरले ढुङ्गा खान्छ

ढुङ्गा
ढाडमा खाए चोट लाग्छ
पेटमा भए अपच हुन्छ ।

सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog