Tuesday, April 7, 2020

कोरोना कहर (लयात्मक कविता)

कोरोना कहर ( कान्तिपुर टिभीको ह्वाट द फ्लपमा वाचित )

जिब्रोजिब्रो कोरोना छ लाग्ने यसको डर
जब लाग्छ जिन्दगीको हुन्न रैछ भर

अरे हौ  देखिँदैन कसरी पो जुध्नु
अनेक थरी कुरा आउँछन् कुनचाहीँ बुझ्नु

दुख धेरै भाको छ गरिब गुरुवालाई
सधैँ मस्ती हुँदोरैछ काला बजारीलाई

हस्पिटलमा कोरोनाले मरे पो भन्छन्
मरेपछि कोरोना टेस्ट गरे पो भन्छन्

अनुहारभन्दा धेरै हात राम्रो भा ’छ
महामारी उब्जिनुमा गल्ती हाम्रो भा’छ

बानी हाम्रो कफ्र्यु तोड्ने गाको रै’नछ
दिमागमा बत्ती बल्ने भाको रैनछ

भेला भई तास खेली खोकी हाछ्युँ गर्ने
तिनै हुन् कोरोनाको बगलीमा पर्ने

ठूला अनि साना देश, धनी गरिब हैन
लान पाए सबलाई लान्छ भेदभाव छैन

ख्याल आफ्नो पु¥याएमा उति हुन्न डर
डुली डुली हिँड्नेको चाहीँ हुने छैन भर

देशका ठूलाहरुकै स्वभाव हाम्लाई सरेको छ
गल्ती गर्ने नस्विकार्ने बानी परेको छ

कोरोनाको औषधीमै घुस खानेहरू
इमान इज्जत बिक्री गरी सती जानेहरू

दुख पर्दा तिनलाई पनि उस्तै हुन्छ भोली
खानुपर्छ क्षण क्षण वचनको गोली

नडराई घरै बसौँ र सुरक्षा गरौँ
सफा होऊँ, हात धोऊँ आफ्नै भर परौँ

गारो धेरै हुन लागे जचाउनु पर्छ
पहिलो कुरा जीवनलाई बचाउनु पर्छ

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog