Thursday, June 18, 2020

गजल


सुवास खनाल

सारा भुलेर मेरो छेउ आयौ
यस्तो खुलेर मेरो छेउ आयौ

शून्य शून्य यो बगर जिन्दगीमा
रमाई डुलेर मेरो छेउ आयौ

छायाँ राम्रो लाग्छ तिमी मात्र होइन
गाढा घुलेर मेरो छेऊ आयौ

म भागी हिँडेथेँ दुखाएर स्वप्न
सँगै झुलेर मेरो छेउ आयौ

तिमी फूलजस्ती ,फूल तिमीजस्तै
क्या क्या फुलेर मेरो छेउ आयौ

लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog