Thursday, June 18, 2020

गजल


सुवास खनाल

घाउ मनको चलाएर गयौ
आगो मनमा बलाएर गयौ

थाकेर मौन बाँचिरहेथेँ
दिल यो मेरो गलाएर गयौ

तिमीसँग टाढा बाँचिरहेँ म
प्रित मसँग नलाएर गयौ

नबोल्दा तिमी म हुन्छु खरानी
नबोली फेरी जलाएर गयौ

पुजेर मनमा तिमी नै राखेथेँ
मूर्ति मनको ढलाएर गयौँ


लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog