Sunday, February 28, 2021

छुटेको एउटा यात्रीको सम्झनामा ।


 छुटेको एउटा यात्रीको सम्झनामा ।

सुवास खनाल

यति सकस त मैले कहिल्यै बेहारिनँ । यति क्रुर सत्यको साक्षी बस्नु पर्ला भन्ने कहिल्यै लागेन । उनको निम्ति यो सजिलो यात्रा बन्यो होला तर हाम्रो निम्ति यो अत्यन्तै पीडादायी बन्यो । एउटा सुन्दर सपना बोकेर यात्रारत ठिटो अकास्मात् कतै अल्पियो । ऊ कहाँ पुग्यो होला ?  उहाँ पनि उत्तिकै महत्वाकाङ्क्षी र सुन्दर सपनाहरूको भरिया बनिरहेको होला वा शून्यमा विलिन भएर अर्को चकमक संसार हेर्दै होला । ऊ कहाँ छ ? त्यो त साक्षात् प्रकृतिवत् यथार्थलाई थाहा होला तर यहाँ हामीले सहयात्राको अभिन्न मित्र गुमाएका छौँ । हाम्रो विचारमा सही थाप्ने वा मन नपरेका कुरामा सहज धारणा राख्ने त्यस्तै आफ्ना विचारहरूका पोका छलफलका निम्ति हामीतिर तेस्र्याउने पात्र थियो ऊ । हक्की थियो , मिलनसार थियो । बाहिर स्थिर थियो तर मन उसको भावात्मक वेगको तरङ्ग बोकी हिँड्न सिपालु रहेछ भन्ने महशूश मलाई हुने गथ्र्यो र त्यो भान अहिले पनि रहेकै छ । 

एउटा सानो दुर्घटनाको निहुँमा उसले अनन्त लोकको यात्रा तय ग¥यो । मृत्यु भएको दुई दिन अघि उसँग कुरा भएथ्यो । मैले गरेको फोनमा ऊ भन्दै थियो –‘दाइ ठीक हुँदै गएको छ । सम्भवत ः पर्सि डिस्चार्ज हुन्छु । सबै सामान्य छ ।’ दुई दिनपछि बिहान चिरन्जीवीको फोन आयो –‘मित्र गोविन्द चौलागाईँको फेसबुक स्टाटसअनुसार मनोज इज नो मोर ।’ यो त हुनै सक्दैन । मेरो मन भनिरहेको छ । हस्पिटलतिर बाइक लिएर हुइकिएँ । भावना पनि जान खोज्दै थिइन् । मैले नै रोकेँ । हेटौँडा हस्पिटल पुग्दै गर्दा मसान भाइसँग भेट भयो । उनी पनि उत्तिकै विस्मातमा उता लागिरहेथे । हस्पिटल पुग्दा भित्रबाट दिवङ्गत शरीर निकाल्ने तयारी भइरहेको थियो । बाहिर निकालियो । मित्र÷भाइको अनुहार हेर्ने समयमा देख्छु सबै उस्तै छ ,खुट्टामा गरिएको अप्रेसनमा भएको प्लास्टरबाहेक शरीरमा कहीँ चोट छैन । मात्र उसको धड्कन बन्द छ । उसको बोली बन्द छ । उसको आन्तरिक र बाह्य गति बन्द छ । अब कन्फर्म भएँ मनोज हामीसँग छैन ।

हस्पिटलबाट घाटतर्फको यात्रा तय गर्दैगर्दा भाइ गोकर्ण गौतमको फोन आयो । उनी भन्दै थिए– ‘दाइ मनोजबारे नराम्रो खबर सुने , के रहेछ कारण ? हामी त एसएलसी सँगै गरेको सिद्धार्थ स्कुलबाट । कस्तो नरमाइलो लागिरहेको छ । जिन्दगी केही रहेनछ दाइ ’ । मैले हस्पिटलको बाथरुममा मृत्यु भएको भनेँ । सम्भवत : लडेर हुनसक्ने तर डक्टरको पोस्टमार्टममा चाहीँ कार्डियो भास्कुलर डिस्टब्र्यान्स भनेर लेखेको जानकारी पाएको बताएँ । ‘जिन्दगी केही रहेनछ दाइ’ यति अनपेक्षित तर्क पेश गर्ने गोकर्ण पनि मनोज बितेको केही समयपछि सांसारिक लोकबाट बिदा भए । यी दुबै भाइहरू सिर्जनशील र क्षमतावान थिए । भित्रदेखि उर्जाका तेजहरू प्रस्तुत गर्थे । दुबै रहेनन् । छतिवन भूमिका युवा सर्जकहरू थिए । एउटा साहित्यिक पृष्ठभूमि निर्माण गरिरहेका र अर्का रङ्ग क्षेत्र र खोजमूलक पत्रकारितामा खरो उत्रिएका यी दुबै गुम्दै गर्दा बकैया ( छतिवन ) ले केही पूँजी अवश्य गुमाएको छ ।

मनोजसँग मेरो परिचय २०५६ सालतिर भएको हुनुपर्छ । छतिवनभित्रका बाल क्लब सञ्जाल निर्माण गर्ने सन्दर्भमा महेन्द्र मावि छतिवनमा हामी केही बाल क्लबका साथिहरू भेला भएका थियौँ । त्यसमा संयोजनकारी भूमिका निर्वाह शिक्षकहरू रमेश मोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल, परशुराम गौतम लगायतले गर्नुभएको थियो । म पनि कक्षा–८ मा पढ्दै थिएँ । हाम्रो गाउँ पावसमा पनि एउटा बाल क्लब गठन गरेका थियौँ । यसको संस्थापन समयमा अध्यक्षता दाजु गणेश बञ्जाराले गर्नुभएको थियो । कार्यभार हस्तान्तरण हुँदै त्यो समयमा अध्यक्ष हुन म पुगेको थिएँ । हामी बाल क्लब मार्फत फुटबल गेम सञ्चालन गर्ने , मुना ,सुनकेस्रा, बालकोसेली लगायत पुस्तकहरू किनेर अध्ययन गर्ने , धानको शिला खोजेर त्यसलाई बेचेर पैसा जम्मा गर्ने , म्याचबाट जितेका पैसाहरू जम्मा गर्ने जस्ता कामहरू गथ्र्यौँ । सामूहिक पैसालाई सिर्जनशील काममा प्रयोग गरिन्थ्यो । मनोजसँग सम्बन्ध बनाउने माध्यम यही बाल क्लब बन्न पुगेथ्यो । 

त्यसपछि झरनाका केही कार्यक्रममा गजल कविता सुनाउन आउँदा उनीसँग भेटघाट हुन्थ्यो । मनोज सानैदेखि क्षमतावान व्यक्ति थिए । उनका बुबा शिक्षक हुनुभएका कारण पढाइप्रति उनलाई केन्द्रित गराइनु स्वभाविक थियो । राम्रो शिक्षा दिलाउने उद्धेश्यले नै मनोजका बुवा बलराम ढकाल सरले कक्षा नौ दशको पढाइका निम्ति भने मनोजलाई हेटौँडाको सिद्धार्थ माविमा पठाउनुभयो । तत्क्षण उनीसँगको भेटघाट पातलो बन्यो । पछि जब कलेज अध्ययन समयमा हाम्रो भेट हेटौँडामा हुन थाल्यो ,त्यसपछि सम्बन्ध नवीकरण हुन पुग्यो र विस्तारित हुँदै गयो । गजल मञ्च मकवानपुरको स्थापना समयमा म संस्थापक सचिव थिएँ । यसका गाउँगाउँमा शाखाहरू निर्माण भएका थिए । मनोज हात्तिसुँढे शाखाका संयोजक थिए । गजल मञ्चले मासिक गजल यात्रा सञ्चालन गथ्र्यो ( यो संस्थाको यो निरन्तरता आजपर्यन्त कायम छ ) र त्यसमा उनको सहभागिता हुने गथ्र्यो । एउटा कार्यक्रममा उनी उत्कृष्ट गजलकार भई ‘गजलश्री’ बाट सम्मानित पनि भएका थिए । 

पछि अध्ययन क्रममा उनी काठमान्डु गए । काठमान्डु कोठामा रहँदा पनि उनको कोठामा सन्दर्भवश आवतजावत हुन्थ्यो । उनी एक्लै बस्दा पनि निकै मेहनत गरेर खाना पकाउँथे । तरकारीमा अदुवा –लसुन पिसेर हाली मिसाएर स्वादिलो पकाउँथे । हामी भने एक्लै बस्दा अलिक अल्छि गरी पकाउने अनुभव सँगालेका व्यक्ति थियौँ । उनी भातमा पनि अलिकति घिउ राखेर अलिक फरक ढङ्गले पकाउने आदती थिए ।

उनी विदेश जाने सन्दर्भ बन्यो । उनको लेख रचनाको एउटा डायरी मलाई जिम्मा लगाएका थिए । उक्त डायरीमा विशेषत ः गजलहरूको सङ्ग्रह रहेको छ । केही छोटा कविता पनि छन् । गजलहरू श्रृङ्गारिक र अन्य भावका छन् । गजलमा निराशाका अभिव्यक्तिहरू पनि देखिन्छन् । तर सो डायरीको बाहिरी कभरमा ‘मरेको मान्छे’ लेखेका छन् । उनले किन लेखे होलान् ती शब्द विन्यास ? दुबै पट्टी कभरमा लेखिएका ती शब्द समूहले मलाई अहिले सो डायरी देख्दा पनि भरङ्ग बनाउँछ । मनलाई असह्य गह्रुँगो बनाउँछ । उनी उताबाट फर्केपछि डायरी मसँग रहेको सम्झाएको थिएँ । घरमा पसेर लिने बताएका थिए । हुन त हाम्रो घरमा उनको आवतजावत हुन्थ्यो तर डायरी हस्तान्तरण हुन पाएन । उनले पनि सम्झेनन् , मैले नि पुस्तक ¥याकको कुनै कुनामा लुकेर बसेको उक्त डायरीमा उत्ती ध्यान पु¥याइनँ ।

प्रिय कवि भाइ उमेश जापान जानुअघि हामी फुर्सदका दिनहरूमा बिहान हेटौँडादेखिन् मनकामनासम्मको यात्रा तय गथ्र्यौँ । उमेश ,मनोज र म प्राय ः हुन्थ्याँै र यो तीनजनाको टोलीमा चार बनाउने काम कहिलेकाहीँ चिरञ्जीवीले गर्थे । कुनै समय मकवानपुर गढीमा केही साहित्यिक साथिहरूका साथ भएको ड्राइ पिकनिकका सन्दर्भमा उमेश, मनोज र म तीनै जनाले ललिपप खाँदै एउटा गाला फुलाएर तथा ललिपपको सिन्का मुख बाहिर देखाएर खिचेको फोटो कहिलेकाहीँ फेसबुकको रिमाइन्डरमा आइपुग्छ । मनोजकै उक्साहटमा त्यो फोटो खिचिएको थियो । चकचके मनोजको त्यो शैली र उसको हाँस्ने छुट्टै शैलीले अतीतको गर्तमा कहिलेकाहीँ निकै नराम्रोसँग धकेलिदिन्छ । उसँगको रमाइला साथहरूले चस्काइरहन्छ । 

उमेश जापान लागे , मनोज गाउँमा जापनिज भाषा पढाउन थाले । भेटघाट अलिक पातलो बन्यो । बाइकको ब्लुबुक रिन्यु गर्न हेटौँडादेखि वीरगञ्जसम्मको यात्रा नै पछिल्लो उनीसँगको अलिक लामो सवारी यात्रा बन्न पुग्यो । पहिले मोटो रहेका उनको ज्यान त्यतिबेला निकै घटेको थियो । पछि थाहा भयो सुगर ( मधुमेह ) भएको रहेछ । कम उमेरमै मधुमेह भएको थियो उनलाई ।

खुट्टाको सामान्य फ््रयाक्चर भएर हस्पिटलाइज्ड हुने बेलामा पनि उनका र मेरा केही छलफलहरू भएका थिए । हेटौँडामै अप्रेसन हुन सक्ने र परिस्थिति सामान्य नै रहेको उनको कुरा थियो ।  उनी आफैँले हेटौँडा हस्पिटलका हाडजोर्नी नशा रोग विशेषज्ञ डाक्टर रामचन्द्र सापकोटासँग सल्लाह गरी भर्ना भएका थिए । अस्पतालका अध्यक्षको नम्बर मैले पत्रकार दाजु सुरेश श्रेष्ठमार्फत पत्ता लगाएर उनलाई सम्प्रेषण गरेको थिएँ ।  अप्रेशन माइनर थियो । सफल पनि भएको हो । अघिल्लो दिन साथीहरूसँग अनलाइन लुडो खेलेर सुतेको साथिहरू बताउँछन् । भोलिपल्ट बिहान उठ्दा पनि सामान्य नै थिए । बाथरुम छिर्दा सहज छिरेका मानिस त्यहीँ उनको अन्तिम पल बित्छ भन्ने कसैले अनुमान गरेको थिएन । उनका निम्ति मरण असहज बनेन । तर हामी जो थियौँ उनको विभिन्न क्षणहरूका साक्षी ,त्यति अपत्यारिलो सत्यको पनि साक्षी बस्नु पर्ला भन्ने कहिल्यै सोचेनौँ । हामीसँग यो सत्यलाई स्विाकार्नुको विकल्प अर्को केही थिएन । 

साँचोमा भन्ने हो भने प्रिय मनोज ! जानु त छँदै थियो , तर तिमीले अलिक हतारै ग¥यौ । जाने बाटो त्यही हो तर तिमी चाँडै गयौ । तिमी जहाँ छौ , तिम्रो आत्माले शान्ति पाओस् । हाम्रा स्मरणहरूमा तिमी सधैँ रहीरहेका छौ र रहीरहनेछौ ।


(झरनामा प्रकाशित)


सम्झनाका पलहरूमा गणेश सर ।

 सम्झनाका पलहरूमा गणेश सर । सुवास खनाल साहित्यकार गणेश कुमार पौडेललाई मैले चिनेको बखत म कविता लेख्ने भइसकेको थिइनँ । छतिवनको गरगरेमा ग्रामीण...

Search This Blog