Thursday, January 14, 2021

ग़ज़ल [सुवास खनाल इफेक्ट ]

 
ग़ज़ल [सुवास खनाल इफेक्ट ]

Dhanraj Giri
 

---------------------------------
भत्काएर हज्जार दरवार लाख बने आज
परिवर्तन भन्न पनि लागेको छ लाज !!!!
शहीदमाथि शहीद थप्यो पापी समयले
ताज़ा फूल कुल्चिने भो माली तिम्रो काज
एक मुकुट खोसेको हो राम्रो होला भनी
हज्जारको टाउकोमा आज हेर ताज !
उड़े उड़े बचेरा ती पुगे धेरै टाढा
चारा खोजी रोए यता उता मख्ख बाज़
सही काम गरी कुबेर हुनुपर्छ मान्छे
लुटी लुटी देश लुटी बने "धनराज !"


लेखक सुवास खनालको परिचय

एक स्केच - सुवास खनाल  -उमेश तिमल्सिना  नेपाली कविता लेखनमा क्रियाशील नाम हो ।  सपनाका अवयव –२०७७ प्रकाशनपूर्व उनको २०७१ सालमा विचारको उल्टो...

Search This Blog