Thursday, January 14, 2021

ग़ज़ल [सुवास खनाल इफेक्ट ]

 
ग़ज़ल [सुवास खनाल इफेक्ट ]

Dhanraj Giri
 

---------------------------------
भत्काएर हज्जार दरवार लाख बने आज
परिवर्तन भन्न पनि लागेको छ लाज !!!!
शहीदमाथि शहीद थप्यो पापी समयले
ताज़ा फूल कुल्चिने भो माली तिम्रो काज
एक मुकुट खोसेको हो राम्रो होला भनी
हज्जारको टाउकोमा आज हेर ताज !
उड़े उड़े बचेरा ती पुगे धेरै टाढा
चारा खोजी रोए यता उता मख्ख बाज़
सही काम गरी कुबेर हुनुपर्छ मान्छे
लुटी लुटी देश लुटी बने "धनराज !"


  कवि सुवास खनाल : जीवन, व्यक्तित्व, साहित्यिक यात्रा र कृतित्व १. परिचय नेपाली समकालीन साहित्यको पछिल्लो पुस्तामा सुवास खनाल कविता, कथा,...

Search This Blog