Thursday, January 7, 2016

Poem

परिवर्तनको नाममा
सुवास खनाल
हरेक वर्षले बोक्दै आउँछ आफ्नो पकेटमा तीन सय पैसठ्ठी वटा दिन वा लिप वर्षमा खसाली हिँड्छ अर्को एउटा थप दिन हामी चाहिरहेछौँ हरेक दिनहरू निदाउँदै उडाउन सर्वाधिक निकम्मा रहन र शून्य सिर्जनाको उद्योग चलाउन अझै हामीलाई बहाउनु छ गफका आँधी तुफान -यो सरकारले केही गरेन - यो प्रधानमन्त्रीले देशलाई पतन गरायो - यसपालिको जाडो कति सार्हो - बुद्द फेरि जन्मिनुपर्छ -यो देशलाई हिटलर चाहिन्छ -वा जङ्गबहादुरको पुनरागमन समयको माग हो रू.१५ को चिया बहानामा उडाउँछ बाइकले रू.३५ को धुवाँ गफको पारो यति चढ्छ मानौँ आफैँले गर्ने हो अमेरिकाको राष्ट्रपतिको सिफारिस यहाँ भ्याउनु छ एउटै व्यक्तिले चोर र पुलिस दुबैको भूमिका निर्वाह गर्न हाम्रो ऐतिहासिक परम्परा हो विजय प्राप्ति इतिहासलाई कायम राख्न आत्मअभिमानको शिखर पुग्न हामीले राजनीतिलाई सातपुस्ता उतार्ने पहलमानी खेल बनाएका छौँ र चाहन्छौँ विजयी हुन यस नििम्त उक्लिनु छ सिन्डिकेटको सिँढी वा लिनुछ पालो प्रणालीको कुपन अग्रिम भुक्तानीमा डुलिहिँड्छ गुप्तचर समय स्खनलनको बीउ रोप्न परिवर्तनका मसिहाहरूलाई तैँ चुप मैँ चुप मैँ चुप तैँ चुप यस्तै शान्तिको खोजमा रहन्छौँ त्यसैले स्वभाविक बनेको छ यहाँ परिवर्तनको नाममा मात्र वर्ष र महिनाहरू फेरिनु मान्छेका उमेरहरू फेरिनु र हदै हुँदा व्यवस्थाका नामहरू फेरिनु यथार्थत : कहिले हो हामीले हामीलाई बुझ्ने ? कहिले हो हामीले हामीलाई चिन्ने ?

(२०७२ पौष २३ गते शनिबार शुक्रवार साप्ताहिकमा प्रकाशित )

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog