जेखिमपूर्ण बौद्धिकता
पुस्तक समीक्षा
(नयाँ पत्रिका, २८ असार)
— महेश पौड्याल
पुस्तक :“विचारको उल्टो नदी”
(कवितासङ्ग्रह)
कवि : सुवास खनाल
प्रकाशक : निखिल प्रकाशन, हेटौडा
पृष्ठ: १२८
मूल्य : रू. २०१÷—
कवितामा हृदयविलासको प्राचुर्य र कोरा भावनात्मक अति–संवेगको बाहुल्यलाई न्यूनीकरण गरिनुपर्ने कुरालाई टट्कारो रुपमा बोध गरिँदै गरेको बेला कुसाग्र बौद्धिक चेतनप्रवाह र मूर्तिभञ्जनको घोषित अभिष्टबाट उठेको सुवास खनालको प्रथक कवितासङ्ग्रह “विचारको उल्टो नदी” तर्कैतर्कको कविता हो । कविताले गरेका तर्कहरूको आयतन लामो छ, जसले मूलतः राजनीति, समाजिक अव्यवस्था, आस्था–अनास्था र बौद्धिक अध्यासहरूमा विद्यामान कतिपय पुनारा र विपर्यासपूर्ण मान्यतामाथि हमला बोलेका छन् । कवि र कविताले बोक्नुपर्ने जिम्मेवारीप्रति अत्यन्त सचेत सुवास आफ्ना कवितालाई फगत कुण्ठाको विरेचन र कसैको प्रसस्तीगानका लागि खर्चिनु पर्ने भन्ने अतिरुमानी विचारको पनि विपक्षमा देखिन्छन् । उनी ठान्छन्, कविताले समाजसँग प्रत्यक्ष सम्वाद गर्नुपर्छ, र आम मान्छेको जीवनसँग सरोकार राख्नुपर्छ । जस्तो कि उनी लेख्छन् ः “यो स्वघोषणा÷मेरो कविता सुन्दर छैन÷तर यो प्रायोजित यान्त्रिक कविता पनि होइन ।”
सुवासका अधिाकांश कविताहरू पुराना तर विभेदकारी सिद्ध भइसकेका राजनैतिक, समाजिक, धार्मिक र बौद्धिक मान्यता र अभ्यासहरूमाथिको सीधा आक्रमण नै हो । उनी मानिसको चेतनालाई कैद गर्ने क्रूर शासन प्रणालीको विपक्षमा देखिने गरी उभिएका छन् । उनी लेख्छन्, “यो अत्याधिक असह्य हुन्छ÷जब गरिन्छ कैद – चेतना ÷ यो कि ÷ पिँजडा सुनकै किन नहोस् ।” केवल भोटका लागि गरिने राजनीति र भोटपछि कहिल्यै गाउँका समस्याहरूका सम्मुख आएर उभिने साहन गर्न नसक्ने निरीह नेतृत्वमाथि सुवास निर्मम रुपमा खनिएका छन “चुनावपछि, र “चुनाव” जस्ता कविताहरूमा । “एक दृश्य – घोडा नाच” शीर्षकको कवितामा माझी समुदायको पारम्परिक घोडा नाचलाई प्रतीक बनाएर सुवासले यस देशका राजनैतिक नेतृत्वले दिनहुँ मञ्चन गर्नेगरेको नाङ्गो र अभद्र प्रहसनमाथि आक्रमण बोलेका छन्, र विभेदकारी अर्थसामाजिक व्यवस्थाको अन्तिम किनारमा उभिएको एक आम नेपालीको दृष्टिविन्दुबाट यस प्रहसनलाई हेर्ने चेष्टा गरेका छन् । उनको राष्ट्रप्रेमको अवधारणा पनि समान्य मान्छेको दैनन्दिनको कर्मयोगी अनुभवमै आधारित छ, र आडम्बरी ओठे राष्ट्रवादको उनी घोर निन्दामा उतारु भएको प्रष्टै देख्न सकिन्छ । उनी “राष्ट्रप्रेम” शीर्षकको कवितामा लेख्छन्, “म सक्दिनँ ÷ बेसुरा बर्बराउँदै हिँड्न देशको नाम ÷ र मलाई, टाँसेर केही गर्नुछैन ÷ आफ्नो टोपीमा यो देशको नक्सा ÷ तर मलाई यो देश ÷ प्राणजत्तिकै प्रिय छ ।”
सुवासका कविताहरूको वैदिद्ध उत्कर्ष उनका केही यस्ता कविताहरूभित्र निहित छ, जसमा उनी केही स्थापित ज्ञानपरम्परा र बौद्धिक अभ्यासहरूको शल्यक्रिया गर्नमा व्यस्त देखिएका छन् । उनले मान्छेको वास्तविक महत्ता अर्थात “स्व” को शास्त्रीय परिभाषलाई पूर्णरुपले अस्वीकार गरेको पाइन्छ । उनी आफ्नो अस्तित्व, अरुका लागि यसको उपादेयताको कसीमा मात्रै मूल्याङ्कन गरिरहका भेटिन्छन् र अस्तित्वलाई एक निर्पेक्षभन्दा पनि सापेक्षित अवयव ठान्छन् । उनी आफूभित्रको शक्तिको बोध त्यो बेलामात्रै गर्छन् जब त्यस शक्तिलाई उनी “खान नपाएका अथाह मान्छेहरूलाई” क्याप्सुलको रुपमा बाँड्ने समाथ्र्य सँगाल्नेछन् । उनलाई आफ्नो जीवनको सार्थकता यस्तो एक शक्तिमा रुपान्तरित हुनमा निहित भएको प्रतीत हुन्छ, जहाँ उनको चेतना उडदै आएको एक अजङको पहाड हुनेछ जो जब थामिनेछ कहीं, कतै, “यिनीहरू” अर्थात यस देशको बागडोरलाई मनोमानी ढङ्गे प्रयोग गरेर सधैँ भोकको अविष्कार गर्नेहरूले थाम्न सक्ने छ्रैनन् । उनी कसैको नाउँमा टाँसिएको “स्व” लाई धुलोसमान पनि गन्दैनन्, र मान्छेको वास्तविक परिचय उसको चेतनको हदमा खेज्छन् । त्यस्तो चेतनाको अभावमा उनी मान्छेलाई “अनुहार भएरै अनुहार नहुने” ठान्छन् र भन्छन्, त्यस्तो अवस्था भनेको “सर्वाधिक दुखद् हुँदोरहेछ ।” यस्ता, देखिने भौतिक केही, तर चेतनशून्य मान्छेहरूलाई उनी झारसँग तुलना गर्छन् र भन्छन्, “हो तिमी को? ÷ जसको स्वरुप छ, अस्तित्व छैन ÷ तिमी नभएरै कोही हौ कि? ÷ वा भएरै कोही होइनौ कि?÷ मात्र तिमी झारजत्तिको किन लागिरहेछौ?”
“कलेज : एक यातना–शिविर” र “विचार” सुवासको बौद्धिक प्राचुर्यको उत्कर्ष स्थापित गर्न सफल कविता हुन् । पहिलो कवितामा उनी शिक्षाका नाउँमा जीवनका हरेक्ष क्षेत्रभित्र निहित आआफ्नो विशिष्ट महत्ताप्रति क्रमशः विकास गरिँदै लगिने वितृष्णाबाट आक्रान्त छन् र शिक्षा पूर्णतः जीवनवादी हुनुपर्ने तर्क गर्छन् । कलेज शिक्षाका नाउँमा विद्यार्थीहरूलाई एकपछि अर्को पेशाबाट विमूख गराउँदै केवल एक आदर्शवादको जोखिमपूर्ण बाटोमा डो¥याउँदै लाने अन्धपरम्पारमाथि उनले मुक्का प्रहार गरेका छन् । “विचार” कवितामार्फत उनी सम्पूर्ण विभेदकारी, विखण्डनकारी, पाखण्डी र आदर्शवादी विचारका विरुद्ध एक विचारको उल्टो नदी बगाइरहनु अर्थात विद्रोह गरिरहनु आवश्यक छ भन्ने तर्क गर्छन्, र यो सङ्ग्रह सुवासको त्यसै विद्रोहको घोषणापत्र पनि हो ।
यी बलशाली र कुसाग्र तर्क, आक्रमण र वकालतका लागि सुवासले, यद्यपि एक जोखिपूर्ण शैली अपनाएका छन्, जसलाई बौद्धिक मापदण्डहरूको आधारमा मिहिन ढङ्गले विश्लेषण गुर्न एक आनिवार्य आवश्यकता भएको छ । खुकुरीको धारमा हिँड्छ सुवासको कवित्व एक स्टन्टको शैलीमा, र त्यसले आफैंलाई पनि काटिरहको हुनसक्ने कुराबाट विमूख हुनुले सुवासभित्रको कवि अझै परिपक्व भएको छैन भन्ने कुराको स्पष्ट बोध गराउँछ । सङ्ग्रहभित्र जताततै छरिएका छन् अनेकानेक प्रश्नहरू, जसको सम्यक, सालिन र तर्कपूर्ण उत्तर सुवासले दिनै पर्नेछ । ती केही प्रतिनिधि प्रश्नहरू यस प्रकार हुनसक्छन् । “प्रेमको मूल्यमा कविता” शीर्षकको भूमिकामा समालोचक, अन्य कवि, र पाठक सबैमाथि कुनै न कुनै प्रकारको प्रहार उनले गरेका छन् । सबै समालोचकलाई स्तुतिवादी वा घोर विरोधीको कित्तामा उभ्याएर उनले नेपाली समालोचनाको वृत्तमा केही वस्तुनिष्ठ समालोचक पनि छन् भन्ने कुराको हेक्का राख्नु मुनासिप हुनेछ । उनले समालोचनाको सम्पूर्ण सत्तालाई यसरी बडारेका छन्, “केही प्रयत्नरत रहे पनि फेरि उही भासमा डुब्न आइपुगेका दृष्यहरूमात्र विद्यमान छन् ।” यो एक हताको टिप्पणी हो । पाठकको हकमा उनी भन्छन्, “कवितालाई सधैँ आमपाठकीय अवधारणाबाट मात्र म हेर्न सक्दिनँ ।” पाठक प्रतिक्रियामै आधारित रिडर्स रेस्पोन्सको सिद्धान्त पनि त उत्तिकै शक्तिशाली मानिएको छ ।
“कतिपय पक्षमा कविता आदर्शको भित्ताजस्तोमात्र उभिएको देख्दछु” भनेर आशर्दवादलाई गाली गर्ने उनले जोन किट्सजस्ता कविको विचारमा यस तर्कको पुष्टी खोजेर आफैँलाई जोखिममा पारेका छन् । जोन किट्सले कवितालाई कहिल्यै पनि जीवनको यर्थाथ चित्रण गर्ने क्यान्भास बनाएनन् । बरु कविताको माध्यमबाट यर्थाथबाट उन्मुक्ति खेजेको भन्दै आलोचकहरूले उनलाई “एस्केपिस्ट” भनेर आलोचना गरेका थिए ।
अन्य केही अहम प्रश्नहरू पनि छन् । देश, समाज र संसारमा दोष छ, बेमेल छ, विभेद छ, अत्याचार छ । तर यी सबै दोषहरूका भागी भगवान, सत्ताधारी, शासक, व्यापारी, प्रोफेसर र पुञ्जीपतिहरूमात्रै हुनु, र अफूचहिँ कहीँनिर पनि ती दोषको किञ्चित रुपमा पनि भागी भएको कुरा स्वीकार नगुर्न लेखकीय इमान्दारी होइन । ईश्वर र सत्ताधारीमाथिको आक्रमण पटकपटक दोहोरिरहेको छ उनको सङ्ग्रहभरि । कतिपय कविताले कुनै नयाँ कथ्य प्रस्तुत गर्दैनन् । “दसैँ अर्थात् सुख÷दुःख” शीर्षकको कविता “दसँै हो कि दशा” भन्ने उक्तिको सपाट पुनर्कथन हो । “रोटी” शीर्षकको कवितामा उनी दावी गर्छन्, “कुनै मजदुरको अनुहारको बत्ती ÷जब निभ्दछ रोटी चामल नपाएरै ÷ त्यहीँ सक्लिकन्छ ÷ विद्रोहको दियो” तर यो पुरानो, शास्त्रीय माक्र्सवादी उक्ति हो, जुन जति सार्विक भए पनि नयाँ होइन, र उच्च बौद्धिकताको दावी गर्ने सुवासजस्ता कविले लेख्नुपर्ने आर्थराजनैतिक कखरा पनि होइन । “छाला” शीर्षकको कवितामा उनले “छालाको मूल्यले मान्छेको मूल्य बोक्ने युग हो यो” भनेर सम्पूर्ण रङ्गभेद विरोधी आन्दोलन, सहादत र प्राप्तिका मूल्यहरूलाई धुलोमा मिसाएका छन् । “प्राणहीन कविता” शीर्षकको कवितामा उनी घोषणा गर्छन्, “कविताको शक्ति! बालुवाको महल वा धुलोमा लेखिएको अक्षर???” तर उनले पढेकै हुनुपर्ने हो सेम्युल टेलर कलेरिजको विश्वप्रसिद्ध र समयातीत कविता “कुब्ला खाँ” जसमा सङ्गीत कलाको सामथ्र्यले हावामै नयाँ महल सिर्जना गर्ने तर्क गरेर यर्थाथको धरातलभन्दा माथि पनि हुन्छ उच्च कल्पनाशीलताको शक्ति भन्ने तर्क दिएका छन् । “सूचना” शीर्षकको कवितामा उनी आस्तिकहरूमाथि यसरी निर्मम प्रहार गर्छन् ः“कतै एक्लै कराइरहेको कागको आवाजजस्तो ÷ भजन गाउन थाल्छन् मन्दिरका पुजारीहरू ।” अखिर अनास्था पनि तर्क हो, र आस्था पनि, र यस्ता उक्तिले ती अनेकानेक मान्छेलाई चोट पु¥यानेछ, जो जीवनलाई अध्यात्मको मार्गबाट बोध गर्ने कोशिस् गरिरहेकाछन् । बैद्धिक वहसमा कुनै पनि अतिवादको समर्थन गर्न सकन्नि । उनका अधिकवितात्मक कवितामा र पुस्तकको भूमिकामा आफूले लेख्ने गरेको कविता नै श्रेष्ठ र उच्चस्तरको कविता भएको परोक्ष दावी भेटिन्छ । यो एक अपरिपक्व र अहमवादी दावी हो ।