झरना र यसको आकर्षण
–सुवास खनाल
सुरुसुरुमा झरना साहित्यिक परिवारको कार्यक्रममा जाँदा म कविता नसुनाई फर्किन्थँे । तर एउटा कार्यक्रममा मलाई छतिवनमा पढ्ने दाजुहरुले कविता पढ्न दिनुभयो । त्यो झरनाको बृहत साहित्यिक गोष्ठीको सन्दर्भ थियो । म त्यतिखेर कर्म प्राप्ति निमाबिमा पढ्थेँ । प्रतियोगितात्मक सो कार्यक्रममा मैले सौजन्यमा प्राप्त गरेको सो कविता पुरस्कृत भएन । जब कक्षा ९ अध्ययन गर्न थालेँ , त्यतिखेर म महेन्द्र मावि छतिवनको विद्यार्थी भइसकेको थिएँ । कक्षा ९ को सामाजिक विषयको गाइडमा मैले सो कविता देखँें । अनि थाहा भयो यो कविता त साथीहरुले सारेर मलाई सुनाउन दिएका रहेछन् ।
त्यसपछि मैले अलिक लामै समय झरनाको कार्यक्रममा रचना सुनाइनँ । तर कार्यक्रममा भने प्रायशः जाने गर्दथँे । घरमा बुवा ममीले कार्यक्रममा जाने तर रचना नसुनाउने गर्नु ठीक होइन भन्नुभयो । त्यसपछि मैले झरनाको प्रतियोगितात्मक कार्यक्रममा मासिक बालपत्रिका मुनाबाट ‘मेरो देशका नेपाल’ नामक कविता सारेर सुनाएँ । यो कविता प्रथम हुन पुग्यो । कविता त प्रथम भयो तर ममा छटपटी सुरु भयो । कारण कविता बाल पत्रिकाबाट चोरिएको थियो । कतै निर्णायकले थाहा पाएर बेइज्जती हुने पो हो कि भन्ने डर । अर्कातिर राति सपनमाा पनि पुरस्कार फिर्ता गर्नुपरेको देखेँ । यही सन्दर्भमा म बुवाको डायरी लुकीलुकी हेर्ने गर्दथँे । बुवाको डायरीको पहिलो पानामा ‘तपार्ईँ अर्काको डायरी खोलेर हेर्ने सज्जन मानिस होइन’ भनी लेखिएको हुन्थ्यो । म त्यही असज्जन मानिस थिएँ जो बुवाको डायरी लुकी लुकी हेथ्र्यो । त्यहाँ लेखिएको कविताको एक लाइन ‘ हेप्ने र हेपिने झन्डै उस्तै नै हुन् ’ भन्ने म सधैँ सम्झिरहन्छु ।
उहाँको डायरी खोलेर हेर्थेँ । झरनाको कार्यक्रममा तेस्रोपटक रचना सुनाउँदा बुवाको डायरीबाट कविता सारेर सुनाएँ । सो कविता पनि पुरस्कृत भयो यसरी चोर्दै सारेर सुनाएका कविताहरू पुरस्कृत हुँदै गएपछि ममा सङ्कट सुरु भयो अब मैले आफ्नै कविता सुनाउन सकिन भने पक्डाउ खान्छु र दण्डित हुन्छु भन्ने महसुस हुन लाग्यो । त्यस पछिका कार्यक्रमहरूमा मैले आफूले नै कविता लेखी सुनाउन थालेँ । सुरुवाती कविता २०५७ सालदेखि लेख्न थालेको हो । कविता लेखनको यो क्रम आज अद्यापि जारी छ । समयले दुई दशक काटी सकेछ ।
कविता लेखनको प्रभावलाई सम्झिँदा गाउँमा हामीले बाल क्लव बनाएका थियाँैं । विशेष गरी गणेश बञ्जारा दाजुको अग्रसरतामा बाल अधिकार क्लब छतिवन ८ पावस गठन भएको थियो । त्यस क्लबमा हामी मासिक ५–५ रुपैयाँ उठाएर पैसा जम्मा गथ्र्यौँ । त्यसबाट फुटबल किन्ने, मासिक बालपत्रिका मुना ,सुनकेस्रा किन्ने काम हुन्थ्यो । मुना ,सुनकेस्राजस्ता बालपत्रिका हामी पालैपालो अध्ययन गथ्र्याँै । त्यसको प्रभावले पनि लेखनतर्फ आफू उद्यत भएको हुनुपर्छ भन्ने लाग्छ । त्यतिमात्र नभएर छतिवनमा ग्रामीण संचार सेवा समाज थियो यसले बिभिन्न रचनाहरू सुनाउन प्रेरित गथ्र्यो । ग्रामीण सञ्चार सेवा समाजको सो कार्यक्रममा डरले काँप्दै माइकमा बोलेको झझल्को मष्तिष्कमा सधैँ रहीरहेको छ ।
झरना सम्झिँदा मेरो मेरो मानसपटलमा रमेशमोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल पर्शुराम गौतम लगायतको नाम सरसर्ती आउने गर्दछ । त्यसपछि हामीभन्दा अगाडि लेखन आरम्भ गर्नुभएका अनमोलमणि , अर्पण पराजुली, हरिहर खनाल ,तुलसी गिरी ,वासुदेव खनाल जनकराज सुवेदी ,अमृत फूयाँल, यादव दहाल लगायतको नाम सम्झनामा आउँछ । समवयी साथीहरु दीपक गौतम विश्वनाथ सञ्जेल, मसान उपासक, उमेश तिमल्सिना, चिरञ्जीवी लामिछाने, भावना सापकोटा विश्व राई, सन्तराम राई, गोविन्द चौलागार्इँ ,सरला बोलखे , सिर्जना सापकोटा, देवराज लामिछाने, लीला शिरिष रामशरण माझीहरू पनि मानसपटलको चक्कामा घुमिरहेका हुन्छन् ।
कक्षा आठ पढ्ने बेला हाकाहाकी रेडियो कार्यक्रम संचालक जोशिला देवकोटाबाट समाचार लेखन सम्बन्धी तालिम समेत प्राप्त गर्ने अवसर बनेको थियो । त्यसबाटै प्रेरित भई विद्यालयकालीन समयमा चितवन पोस्ट पत्रिकामा छतिवनबाट म आफुले साहित्यिक कार्यक्रमको रिपोर्टिङ गर्थें । यो कनेक्सन गराउने काम रमेशमोहन सरले गर्नु भएको थियो ।
हेटौँडामा देवप्रसाद श्रेष्ठ ,के एल श्रेष्ठ , दीपक श्रेष्ठ आदिले प्रकाशन गर्नु हुन पत्रिका कुराकानी साप्ताहिकका सम्पादक हालका बज्जिका भाषालाई स्थापित गर्न लाग्नु हुने अभियन्ता तथा लेखक सञ्जय साह हुनुहुन्थ्यो । उहाँले छतिवनका रचनालाई निकै महत्वका साथ छाप्नु हुन्थ्यो । रचना जम्मा गरेर बजार ल्याई दिने काम कि रमेश सरले गर्नुहुन्थ्यो या हामी हुलाकमा गएर खाममा टिकट टाँसी रचना सम्प्रेषण गथ्र्यौँ । पत्रिका पनि विद्यालयमा नै पुग्थ्यो र हामी दुई रुपैयाँ खर्च गरी उक्त पत्रिका किन्थ्यौँ । आफ्नो फोटोसहित रचना छापिएको पत्रिकाले हामीमा खुसीको पारो बढाउँथ्यो । पुराना दिनहरू सम्झिँदा समयले खुब नोस्टाल्जिक बनाउँछ ।
आज हामी जुन यात्रामा छौँ , त्यसमा हिजोको इतिहास जोडिएकै छ । मुहान विनाको नदीको परिकल्पना गर्नु मुर्खता हो । भोलि हामी जुन यात्रामा हुनेछौँ त्यो हिजो वा आजको निरन्तरता नै हुनेछ । छतिवन र झरना एक अर्काका पर्याय हुन् । बकैयाको सांस्कृतिक मूल्यलाई अगाडि बढाउन झरना साहित्यिक परिवारले ठूलो भूमिका खेलेको छ र खेल्ने नै छ । पछिल्लो समय युवा पुस्ताका साहित्यकार दीपक गौतमको नेतृत्वले झरनालाई प्रभावपूर्ण गति दिन सकेको छ । यो गतिको ओजलाई कायम गर्दै अगाडि बढाउनु जरुरी छ । देश सङ्घियतामा गएपछि बनेको गणतान्त्रिक नेपालको बकैया गाउँपालिका स्थानीय सरकारका प्रमुख दामोदर खनाल र उपप्रमुख सरला बोलखेको झरना प्रतिको विश्वास र माया पनि दर्बिलो देखिएको छ । त्यसले झरना संस्थागत हुन केही मार्गहरू तय भएका छन् । आगामी स्थानीय तहको चुनाबबाट निर्वाचित हुने जनप्रतिनिधिहरूले पनि यो पक्षलाई मनन गरी राष्ट्रभरी बकैयाको साँस्कृतिक मूल्यलाई स्थापित गर्न प्रभावपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।